प्रविणलाई प्रहरीले गोली हाने कि आफैंले?

SAMSUNG
  • Get News Alerts

baleno
tata

लागुऔषध कारोबारी आरोपित प्रवीण खत्री मारिएको ललितपुर, कुसुन्तीको घटनास्थल।


ललितपुर, कुसुन्तीमा मारिएका प्रविण खत्रीलाई 'सादा पोसाकका प्रहरीले घरमै आएर गोली हानी हत्या गरेको' भन्दै उनको परिवारले मंगलबार उजुरी दिएको छ।

प्रविणका बाबु प्रमोदले ललितपुर प्रहरी परिसरमा दिएको उजुरीमा 'घरमै बसिरहेका बेला सादा पोसाकका प्रहरीले हत्या गरेको' आरोप लगाउँदै घटना छानबिन गर्न माग गरिएको छ।

सोमबारको उक्त घटनामा प्रविणसँग दुईवटा पेस्तोल फेला परेको प्रहरीको दाबी छ। उनका बाबुले भने प्रहरी दाबी झूटो भएको बताएका छन्। घटना बेला प्रविणसँग हतियार नभएको र उनलाई प्रहरीले नै कन्चटमा गोली हानी मारेको उजुरीमा उल्लेख छ।

प्रहरीले भने प्रविणसँग हतियार भएकोबारे उनकी श्रीमतीलाई समेत थाहा भएको बताएको छ। महानगरीय प्रहरी अपराध महाशाखा प्रमुख एसएसपी दिनेश अमात्यले उनीसँग हतियार भएको र घरमा छापा मार्ने क्रममा प्रहरीमाथि नै गोली चलाउँदै भागेको दाबी गरेका छन्।

'उनले गोली चलाएपछि हाम्रा प्रहरीले पनि एक राउन्ड हवाइ फायर गरे,' उनले भने, 'प्रहरीले हवाइ फायर गर्नासाथ प्रविणले दुवै हातमा बन्दुक लिएर दुईतिरबाट आफ्नै कन्चटमा गोली हाने।'

उनी लागुऔषधका दुर्व्यसनी र हतियार कारोबारी भएको प्रहरी दाबी छ।

यो घटनामा प्रहरीमाथि शंका नगर्न आग्रह गर्दै एसएसपी अमात्यले भने, 'एक-दुई दिनभित्र पोस्टमार्टम रिपोर्ट आउँछ, त्यसपछि दूधको दूध, पानीको पानी भइहाल्छ।'

प्रहरीले प्रविणको शव पोस्टमार्टमका लागि पाटन अस्पतालबाट टिचिङ अस्पताल महाराजगन्ज पठाएको छ। पोस्टमार्टमबाट शरीरमा के के चोट लाग्यो, कहाँ कहाँ लाग्यो र कस्तो प्रकारले लाग्यो भन्ने सबै पत्ता लाग्ने अमात्यले बताए।

'प्रविणको मृत्यु प्रहरीको गोलीबाट भयो कि उनीसँगै बरामद भएको पेस्तोलबाट निस्किएको गोलीले भन्ने पोस्टमार्टम रिपोर्टबाट थाहा भइहाल्छ,' उनले भने।

उनका अनुसार पोस्टमार्टम रिपोर्टमा टाढाबाट गोली हानिएको हो कि नजिकबाट भन्ने प्रस्ट हुन्छ। गोली लागेको ठाउँको घाउ जाँचेर यो खुट्टयाउन सकिने टिचिङ अस्पताल, फोरेन्सिक ल्याबका एक कर्मचारीले बताए।

आफन्तले भने उनको शरीरका अन्य भागमा चोटपटक नभएको र दायाँ कन्चनबाट गोली भित्र पसेको बताएका छन्।

प्रहरीका अनुसार ३२ वर्षीय प्रविणलाई लागुऔषध दुर्व्यसनबाट छुटाउन पटक-पटक पुनर्स्थापना केन्द्रमा राखिएको थियो। लामो समय घरमै राखेर निगरानी गर्दा उनले तलतल सहन नसकेर धाराको टुटीसमेत खाएको प्रहरीले जनाएको छ। पछि अप्रेसन गरेर उक्त टुटी निकालिएको थियो।

प्रहरीले केही दिनअघि एक लागुऔषध दुर्व्यसनीलाई पक्राउ गरेको थियो। उनैले दिएको सुराकीका आधारमा छापा मार्न प्रविणको घर पुगेको अनुसन्धानमा संलग्न एक प्रहरी अधिकारीले जानकारी दिए।

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

थप समाचार

  • फुलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा बाढीपीडितहरुलाई राहत सामाग्री हस्तान्तरण

    फुलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा बाढीपीडितहरुलाई राहत सामाग्री हस्तान्तरण फुलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा सिरहाको इटारी–प्रसाहीमा बाढी पिडितहरुलाई अत्यावाश्यक राहत सामाग्रीहरु हस्तान्तरण गरेको छ। ट्रष्ट्का उपाध्यक्ष एवम् सांसद डा.वीरेन्द्र प्रसाद महतोले पीडितहरुलाई आज एक कार्यक्रमकावीच राहत सामाग्रीहरु हस्तान्त...

  • खोकनामा साइकल जात्रा

    खोकनामा साइकल जात्रा

    भुईँचालोबाट क्षतिग्रस्त काठमाडौं उपत्यकाका तीन वटा सम्पदाको पुनःनिर्माणमा बल पुर्‍याउँदै पर्यटन प्रवद्र्धनमा सघाउ पुर्‍याउन शनिबार काष्ठमण्डपदेखि खोकनासम्म साइक्लिङ गरिएको छ। सेन्टर फर कन्जरभेसन अफ नेचर, कल्चर एण्ड इथ्निसिटी टु प्रोमोट टुरिज्म इन नेपाल (कन्सेप्ट नेपाल) र खोकना पुनःनिर्माण तथा पुनःस्र्थापना समितिले आयोजना गरेको ‘राइड काष्ठमण्डप टु खोकना’मा करिब डेढ सय साइकले सहभागि भए । 

  • रसियाली शहरमा छुरी प्रहारबाट आठ घाइते

    रसियाको दुर्गम उत्तरी सहरमा भएको एक छुरी आक्रमणमा परी कम्तीमा आठ व्यक्ति घाइते भएका छन्। एक व्यक्तिले आठ जना व्यक्तिलाई छुरी प्रहार गरेको बताइएको छ। सो आक्रमणपछि प्रहरीले ती व्यक्तिलाई कारबाहीको क्रममा गोली प्रहार गरेको बताइएको छ।

  • माई खोलाले बगाएर एकको मृत्यु

    माई खोलाले बगाउँदा आज झापा गाउँपालिकाका ४५ वर्षीय यादव पोखरेलको मृत्यु भएको छ।

  • हृदयघातबाट बच्न मुटुका यस्ता उपचार हुन्छन् नेपालमा

    हृदयघातबाट बच्न मुटुका यस्ता उपचार हुन्छन् नेपालमा

    नब्बे प्रतिशतभन्दा बढी अवरोध छ भने, व्यायाम गर्दा, हिंड्दा वा भर्‍याङ चढ्दा नै छाती भारी हुने र वा स्वाँ–स्वाँ हुने हुन्छ। एकछिन आराम गर्नासाथै सामान्य हुन्छ। त्यो अबरोध बढेमा आराम गरेको बेलापनि छाती भारी वा स्वाँ– स्वाँ हुन्छ।

Hyundai

लोकप्रिय

apex

सूचनापाटी

vianetwlink