फुलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा बाढीपीडितहरुलाई राहत सामाग्री हस्तान्तरण

SAMSUNG
  • Get News Alerts

baleno
tata

फुलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा सिरहाको इटारी–प्रसाहीमा बाढी पिडितहरुलाई अत्यावाश्यक राहत सामाग्रीहरु हस्तान्तरण गरेको छ।

ट्रष्ट्का उपाध्यक्ष एवम् सांसद डा.वीरेन्द्र प्रसाद महतोले पीडितहरुलाई आज एक कार्यक्रमकावीच राहत सामाग्रीहरु हस्तान्तरण गरेका छन्।

प्रति परिवार खाधान्नमा २५ केजी चामल, चिउरा, दाल तथा ओढने कम्बल, ओछ्याउने तन्ना (जाजिम) र त्रीपालसहितको राहत सामग्री बितरण गरिएको हो।

राहत वितरण कार्यक्रमलाई सम्बोधन गर्दै सांसद महतोले तराईमा सरकारले बाढी समस्याको दिर्घकालिन समाधानको लागि गम्भिरता अपनाउनुपर्ने बताए।

देशको पहाडमा पहिरो र तराईमा बाढी पछिल्ला केही वर्षयता हरेक वर्ष आउने नियमित प्राकृतिक प्रकोप बनिसकेकोले यसबाट बच्नको लागि सरकारले बेलैमा दिर्घकालिन समाधान खोज्नुपर्ने उनको भनाई थियो।

सांसद महतोले अघि भने,‘हामी जतिबेला दुःख पर्छ त्यतिवेलामात्रै तात्ने गर्छौ, हरेक वर्ष यसबारेमा चर्चा हुने गर्छ, जब बाढीले आफ्नो विकराल स्वरूप देखाउँछ, ठूलो धनजनको क्षति गर्छ, बाढी सकिँदै गएसँगै यस्ता चर्चापनि विस्तारै सेलाउँदै गएको हामीले देखेका छौं।’

बाढीको प्रकोप विगत केही दशकयता झन् उग्र भएर आइरहेको कहालीलाग्दो अवस्था केलाउँदै समाजसेवी समेत रहेका डा. महतोले तराई मधेशमा विशेषगरी बाढी प्रभावित जिल्लाहरुमा सरकारले सुरक्षित ठाउँमा एकीकृत बस्ती बसाल्नुपर्नेमा जोड दिए।

सरकारले बाढी प्रभावित जिल्लाहरुमा बेलैमा ध्यान–दृष्टि पुर्याउन नसक्दा अहिले यत्रो मात्रामा धनजनको क्षति हुन पुगेको गुनासो पोख्दै सांसद महतोले यस्तो पीडाको घडीमा स्वदेश र विदेशमा रहेका सम्पूर्ण नेपालीहरुले एक जुट भएर पीडितहरुको दुःखमा मल्हम लगाउन आफूले सकेको सहयोग गर्नुपर्ने सुझाव दिए।

उनले भने,‘हेर्नुहोस, तपाई हामीले जे पाएका छौं, यही समाजबाट पाएका हौं, त्यसैले अहिले समाजमा यत्रो ठूलो विपद् आईपरेको छ, यस्तो दुःखमा हामीले जे सक्छौं दिलभित्रबाटै सहयोग गर्नुपर्छ।’ उनले मुलुकमा आईपरेका विपद्हरुमा ट्रष्टले विगतमा समेत आफ्नो क्षमताले भ्याएसम्म सहयोग गर्दै आईरहेको जनाउँदै बाढी पीडितहरुको लागि पनि छिट्टै विशेष प्याकेजको घोषणा गर्ने विश्वास दिलाए।

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

थप समाचार

  • प्रविणलाई प्रहरीले गोली हाने कि आफैंले?

    प्रविणलाई प्रहरीले गोली हाने कि आफैंले? लागुऔषध कारोबारी आरोपित प्रवीण खत्री मारिएको ललितपुर, कुसुन्तीको घटनास्थल। ललितपुर, कुसुन्तीमा मारिएका प्रविण खत्रीलाई 'सादा पोसाकका प्रहरीले घरमै आएर गोली हानी हत्या गरेको' भन्दै उनको परिवारले मंगलबार उजुरी दिएको छ। प्रविणका बाबु प्रमोदले ललितपुर ...

  • खोकनामा साइकल जात्रा

    खोकनामा साइकल जात्रा

    भुईँचालोबाट क्षतिग्रस्त काठमाडौं उपत्यकाका तीन वटा सम्पदाको पुनःनिर्माणमा बल पुर्‍याउँदै पर्यटन प्रवद्र्धनमा सघाउ पुर्‍याउन शनिबार काष्ठमण्डपदेखि खोकनासम्म साइक्लिङ गरिएको छ। सेन्टर फर कन्जरभेसन अफ नेचर, कल्चर एण्ड इथ्निसिटी टु प्रोमोट टुरिज्म इन नेपाल (कन्सेप्ट नेपाल) र खोकना पुनःनिर्माण तथा पुनःस्र्थापना समितिले आयोजना गरेको ‘राइड काष्ठमण्डप टु खोकना’मा करिब डेढ सय साइकले सहभागि भए । 

  • रसियाली शहरमा छुरी प्रहारबाट आठ घाइते

    रसियाको दुर्गम उत्तरी सहरमा भएको एक छुरी आक्रमणमा परी कम्तीमा आठ व्यक्ति घाइते भएका छन्। एक व्यक्तिले आठ जना व्यक्तिलाई छुरी प्रहार गरेको बताइएको छ। सो आक्रमणपछि प्रहरीले ती व्यक्तिलाई कारबाहीको क्रममा गोली प्रहार गरेको बताइएको छ।

  • माई खोलाले बगाएर एकको मृत्यु

    माई खोलाले बगाउँदा आज झापा गाउँपालिकाका ४५ वर्षीय यादव पोखरेलको मृत्यु भएको छ।

  • हृदयघातबाट बच्न मुटुका यस्ता उपचार हुन्छन् नेपालमा

    हृदयघातबाट बच्न मुटुका यस्ता उपचार हुन्छन् नेपालमा

    नब्बे प्रतिशतभन्दा बढी अवरोध छ भने, व्यायाम गर्दा, हिंड्दा वा भर्‍याङ चढ्दा नै छाती भारी हुने र वा स्वाँ–स्वाँ हुने हुन्छ। एकछिन आराम गर्नासाथै सामान्य हुन्छ। त्यो अबरोध बढेमा आराम गरेको बेलापनि छाती भारी वा स्वाँ– स्वाँ हुन्छ।

Hyundai

लोकप्रिय

apex

सूचनापाटी

vianetwlink