गोकर्णेश्वर मन्दिर खुला दिसामुक्त क्षेत्र घोषणा

गोकर्णेश्वर मन्दिर खुला दिसामुक्त क्षेत्र घोषणा

SAMSUNG
  • Get News Alerts

baleno
tata

भाद्र कृष्ण औँसीका दिन गोकर्णेश्वर महादेव मन्दिरमा दिवंगत पितृका नाममा तर्पण, सिदादान र श्राद्ध गर्न आउने भक्तजनलाई सहयोग पु¥याउने उद्देश्यले तयारी सुरु भएको छ ।

मन्दिर क्षेत्रलाई सफा राख्न गोकर्णेश्वर नगरपालिकाले आज मन्दिर क्षेत्रलाई खुला दिसामुक्त क्षेत्र घोषणा गरेको छ ।

गोकर्णेश्वर नगरपालिका– ४ मा रहेको ब्रह्माले स्थापना गरेको विश्वास गरिने यो धार्मिकस्थलमा भदौ कृष्ण औँसीका दिन तर्पण, सिदादान र श्राद्ध गरेमा घर, मामाघर र ससुरालीतिरका सात÷सात पुस्ता पितृले मोक्ष पाउने धार्मिक विश्वास छ । मेलाको तयारीका लागि मन्दिरलाई आज गोकर्णेश्वर नगरपालिकाले खुला दिसामुक्त क्षेत्र घोषणा गरेको नगरप्रमुख सन्तोष चालिसेले जानकारी दिए।

गोकर्णेश्वर मन्दिरमा भव्य मेला लाग्ने भएकाले यस औँसीलाई गोकर्णे औँसी पनि भनिन्छ । यस वर्ष यो औँसी भदौ ५ गते सोमबार परेको छ । बाबुको मुख हेर्ने औँसी पनि भनिने यस दिन गोकर्णमा लाखौँ भक्तजनको भीड लाग्छ ।

औँसीको तयारीका लागि जोरपाटी नारायणटार वाग्मती पुलदेखि गोकर्णेश्वर महादेव मन्दिर स्थलसम्मको वाग्मती कोरिडोरमा ग्राभेल हाली खाल्डाखुल्डी पुरिएको नगरपालिकाका उपप्रमुख शान्ति नेपालले बताइन् । रासस

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

थप समाचार

  • प्रविणलाई प्रहरीले गोली हाने कि आफैंले?

    प्रविणलाई प्रहरीले गोली हाने कि आफैंले? लागुऔषध कारोबारी आरोपित प्रवीण खत्री मारिएको ललितपुर, कुसुन्तीको घटनास्थल। ललितपुर, कुसुन्तीमा मारिएका प्रविण खत्रीलाई 'सादा पोसाकका प्रहरीले घरमै आएर गोली हानी हत्या गरेको' भन्दै उनको परिवारले मंगलबार उजुरी दिएको छ। प्रविणका बाबु प्रमोदले ललितपुर ...

  • फुलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा बाढीपीडितहरुलाई राहत सामाग्री हस्तान्तरण

    फुलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा बाढीपीडितहरुलाई राहत सामाग्री हस्तान्तरण फुलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा सिरहाको इटारी–प्रसाहीमा बाढी पिडितहरुलाई अत्यावाश्यक राहत सामाग्रीहरु हस्तान्तरण गरेको छ। ट्रष्ट्का उपाध्यक्ष एवम् सांसद डा.वीरेन्द्र प्रसाद महतोले पीडितहरुलाई आज एक कार्यक्रमकावीच राहत सामाग्रीहरु हस्तान्त...

  • खोकनामा साइकल जात्रा

    खोकनामा साइकल जात्रा

    भुईँचालोबाट क्षतिग्रस्त काठमाडौं उपत्यकाका तीन वटा सम्पदाको पुनःनिर्माणमा बल पुर्‍याउँदै पर्यटन प्रवद्र्धनमा सघाउ पुर्‍याउन शनिबार काष्ठमण्डपदेखि खोकनासम्म साइक्लिङ गरिएको छ। सेन्टर फर कन्जरभेसन अफ नेचर, कल्चर एण्ड इथ्निसिटी टु प्रोमोट टुरिज्म इन नेपाल (कन्सेप्ट नेपाल) र खोकना पुनःनिर्माण तथा पुनःस्र्थापना समितिले आयोजना गरेको ‘राइड काष्ठमण्डप टु खोकना’मा करिब डेढ सय साइकले सहभागि भए । 

  • रसियाली शहरमा छुरी प्रहारबाट आठ घाइते

    रसियाको दुर्गम उत्तरी सहरमा भएको एक छुरी आक्रमणमा परी कम्तीमा आठ व्यक्ति घाइते भएका छन्। एक व्यक्तिले आठ जना व्यक्तिलाई छुरी प्रहार गरेको बताइएको छ। सो आक्रमणपछि प्रहरीले ती व्यक्तिलाई कारबाहीको क्रममा गोली प्रहार गरेको बताइएको छ।

  • माई खोलाले बगाएर एकको मृत्यु

    माई खोलाले बगाउँदा आज झापा गाउँपालिकाका ४५ वर्षीय यादव पोखरेलको मृत्यु भएको छ।

Hyundai

लोकप्रिय

apex

सूचनापाटी

vianetwlink