नाइजेरियामा फैलियो अनौठो रोग, दर्जनौंको मृत्यु

नाइजेरियामा फैलियो अनौठो रोग, दर्जनौंको मृत्यु

SAMSUNG
  • Get News Alerts

baleno
tata

 नाइजेरियामा द्रूत गतिमा फैलिने ‘अनौठो रोग’ का कारण दर्जनौं नागरिकको मृत्यु भएपछि रोगको बिषयमा अनुसन्धान सुरु गरिएको यहाँका अधिकारीले जनाएका छन् ।

शुरुमा पखाला, रगतसहित वान्ता, उच्च ज्वरो जस्ता लक्षणका कारण विरामी पर्ने यसै समस्याका कारण विरामीमा अत्यन्त कमजोरी देखिने र दुई चार दिनभित्र ज्यानै गुमाउने समस्याले विगत तीन हप्तामा ५० जनाको मृत्यु भएको छ । शुक्रबारसम्म रोगका कारण मृत्यु हुनेको सङ्ख्या ५० पुगेको द गार्जियन दैनिकले जनाएको छ ।

शुरुमा कोगी राज्यको पश्चिमी क्षेत्रका तीन गाउँमा एक बालकमा उक्त समस्या देखिएको र रोगका कारण गत साता उसको मृत्यु भएको थियो । सो गाउँमा पुगेको चिकित्सकसहितको स्वास्थ्य टोलीले गाउँमा पुगेर नमूना ल्यावमा पठाएको थियो । नमूना परीक्षणबाट गाउँमा अफ्रिकी मुलुकमा देखापर्ने गरेको लास्सा ज्वरो वा रक्तस्रावसम्वन्धी समस्या नभेटिएको बताउँदै उक्त रोग नयाँ प्रकृतिको भएको बताइएको छ ।

यस बिषयमा प्रभावित क्षेत्रमा पुगेका मेडिकल कन्सल्टेन्ट जेनेटे हाथोर्नले बिहीबार सञ्चारकर्मीसँग भने, “समस्या लास्सा ज्वरोका कारण भएको नभएको तर साच्चै के समस्या हो भन्नेमा हामीलाई थाहा हुन सकेको छैन । हामी अझै अन्तिम निष्कर्षमा पुग्न सकेका छैनौ‌ं।”

विश्व स्वास्थ्य सङ्गठनका प्रभावित क्षेत्रमा उपलव्ध प्रतिनिधिले विरामीबाट नमूना सङ्कलन गरी थप परीक्षणका लागि पठाएकाले रिपोर्टपछि मात्र रोग पत्ता लाग्ने बताए। 
कोगी राज्यका स्वास्थ्य प्रमुख साका आउदुले गाउँको अवस्था ‘गम्भीर’ भएको बताए। सरकारले यसबारे पूर्ण जिम्मेवारी लिँदै अवस्थालाई छिट्टै नियन्त्रणमा ल्याइने बताए । उनले रोगको छिट्टै निधान हुने बताए । रासस/सिन्ह्वा

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

थप समाचार

  • प्रविणलाई प्रहरीले गोली हाने कि आफैंले?

    प्रविणलाई प्रहरीले गोली हाने कि आफैंले? लागुऔषध कारोबारी आरोपित प्रवीण खत्री मारिएको ललितपुर, कुसुन्तीको घटनास्थल। ललितपुर, कुसुन्तीमा मारिएका प्रविण खत्रीलाई 'सादा पोसाकका प्रहरीले घरमै आएर गोली हानी हत्या गरेको' भन्दै उनको परिवारले मंगलबार उजुरी दिएको छ। प्रविणका बाबु प्रमोदले ललितपुर ...

  • फुलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा बाढीपीडितहरुलाई राहत सामाग्री हस्तान्तरण

    फुलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा बाढीपीडितहरुलाई राहत सामाग्री हस्तान्तरण फुलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा सिरहाको इटारी–प्रसाहीमा बाढी पिडितहरुलाई अत्यावाश्यक राहत सामाग्रीहरु हस्तान्तरण गरेको छ। ट्रष्ट्का उपाध्यक्ष एवम् सांसद डा.वीरेन्द्र प्रसाद महतोले पीडितहरुलाई आज एक कार्यक्रमकावीच राहत सामाग्रीहरु हस्तान्त...

  • खोकनामा साइकल जात्रा

    खोकनामा साइकल जात्रा

    भुईँचालोबाट क्षतिग्रस्त काठमाडौं उपत्यकाका तीन वटा सम्पदाको पुनःनिर्माणमा बल पुर्‍याउँदै पर्यटन प्रवद्र्धनमा सघाउ पुर्‍याउन शनिबार काष्ठमण्डपदेखि खोकनासम्म साइक्लिङ गरिएको छ। सेन्टर फर कन्जरभेसन अफ नेचर, कल्चर एण्ड इथ्निसिटी टु प्रोमोट टुरिज्म इन नेपाल (कन्सेप्ट नेपाल) र खोकना पुनःनिर्माण तथा पुनःस्र्थापना समितिले आयोजना गरेको ‘राइड काष्ठमण्डप टु खोकना’मा करिब डेढ सय साइकले सहभागि भए । 

  • रसियाली शहरमा छुरी प्रहारबाट आठ घाइते

    रसियाको दुर्गम उत्तरी सहरमा भएको एक छुरी आक्रमणमा परी कम्तीमा आठ व्यक्ति घाइते भएका छन्। एक व्यक्तिले आठ जना व्यक्तिलाई छुरी प्रहार गरेको बताइएको छ। सो आक्रमणपछि प्रहरीले ती व्यक्तिलाई कारबाहीको क्रममा गोली प्रहार गरेको बताइएको छ।

  • माई खोलाले बगाएर एकको मृत्यु

    माई खोलाले बगाउँदा आज झापा गाउँपालिकाका ४५ वर्षीय यादव पोखरेलको मृत्यु भएको छ।

Hyundai

लोकप्रिय

apex

सूचनापाटी

vianetwlink