पोखरा माछापुच्छ्रे गाउँपालिकामा बाढीपहिरोबाट पाँच करोडको क्षति

पोखरा माछापुच्छ्रे गाउँपालिकामा बाढीपहिरोबाट पाँच करोडको क्षति

SAMSUNG
  • Get News Alerts

baleno
tata

 कास्की जिल्ला, माछापुच्छ्रे गाउँपालिका वडा नं ५ रिभान पात्लेमा गएको बाढीपहिराले १३ घरपरिवारको पाँच करोड रुपैयाँभन्दा बढीको क्षति पुर्‍याएको छ ।

गत साउन २४ गते राति हुम्दी खहरे खोलामा आएको बाढीपहिरो गाउँमा पसेपछि देवीलाल लामिछानेको सबैभन्दा बढी एक करोडको क्षति पुर्‍याएको वडाध्यक्ष जुमबहादुर गुरुङले जानकारी दिए । बाढीपीडित लामिछानेका घर र बिरुवाको नर्सरीमा पूर्ण क्षति पुगी एक गाई र ५०० कुखुरा बगाएको छ ।

बाढीले प्रवीण लामिछाने, गंगा आचार्य, रेशम लामिछाने, प्रह्लाद लामिछाने, सन्तुमाया लामिछाने, हिमाल भुसाल, गंगाबहादुर विक, प्रेमबहादुर विक, नरबहादुर विक, कमला परियार, डम्बरबहादुर विक र खेमकुमारी विकको चार करोड जतिको क्षति पुगेको छ ।

यसैबीच ट्रेकिङ एजेन्सी एशोसिएसन अफ नेपाल ९टान० ले त्यस ठाउँका बाढीपीडितलाई ५५ हजार ५ सय ५५ रुपैयाँ सहयोग गरेको छ । प्रजिअ तारानाथ अधिकारी र संस्थाका अध्यक्ष दीपकराज अधिकारी बाढीपहिरोस्थल रिभानमै पुगी वडाध्यक्ष गुरुङलाई राहत रकम हस्तान्तरण गरेका थिए।

त्यस्तै साबिक धिताल गाविस घर भई हाल दक्षिण कोरियामा बस्दै आउनुभएका सन्देश गुरुङले एक बोरा चामल, हेम्जा युनाइटेड क्लबले १० हजार, गाउँपालिकाको नवज्योति एकता युवा क्लब तथा आमा समूहबाट २० हजार र चित्रेस्वाँरा पाख्रीबोट युवा क्लब र आमा समूहले आठ हजार १ सय २५ सहयोग गरेको वडाध्यक्ष गुरुङले जानकारी दिए । रासस

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

थप समाचार

  • प्रविणलाई प्रहरीले गोली हाने कि आफैंले?

    प्रविणलाई प्रहरीले गोली हाने कि आफैंले? लागुऔषध कारोबारी आरोपित प्रवीण खत्री मारिएको ललितपुर, कुसुन्तीको घटनास्थल। ललितपुर, कुसुन्तीमा मारिएका प्रविण खत्रीलाई 'सादा पोसाकका प्रहरीले घरमै आएर गोली हानी हत्या गरेको' भन्दै उनको परिवारले मंगलबार उजुरी दिएको छ। प्रविणका बाबु प्रमोदले ललितपुर ...

  • फुलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा बाढीपीडितहरुलाई राहत सामाग्री हस्तान्तरण

    फुलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा बाढीपीडितहरुलाई राहत सामाग्री हस्तान्तरण फुलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा सिरहाको इटारी–प्रसाहीमा बाढी पिडितहरुलाई अत्यावाश्यक राहत सामाग्रीहरु हस्तान्तरण गरेको छ। ट्रष्ट्का उपाध्यक्ष एवम् सांसद डा.वीरेन्द्र प्रसाद महतोले पीडितहरुलाई आज एक कार्यक्रमकावीच राहत सामाग्रीहरु हस्तान्त...

  • खोकनामा साइकल जात्रा

    खोकनामा साइकल जात्रा

    भुईँचालोबाट क्षतिग्रस्त काठमाडौं उपत्यकाका तीन वटा सम्पदाको पुनःनिर्माणमा बल पुर्‍याउँदै पर्यटन प्रवद्र्धनमा सघाउ पुर्‍याउन शनिबार काष्ठमण्डपदेखि खोकनासम्म साइक्लिङ गरिएको छ। सेन्टर फर कन्जरभेसन अफ नेचर, कल्चर एण्ड इथ्निसिटी टु प्रोमोट टुरिज्म इन नेपाल (कन्सेप्ट नेपाल) र खोकना पुनःनिर्माण तथा पुनःस्र्थापना समितिले आयोजना गरेको ‘राइड काष्ठमण्डप टु खोकना’मा करिब डेढ सय साइकले सहभागि भए । 

  • रसियाली शहरमा छुरी प्रहारबाट आठ घाइते

    रसियाको दुर्गम उत्तरी सहरमा भएको एक छुरी आक्रमणमा परी कम्तीमा आठ व्यक्ति घाइते भएका छन्। एक व्यक्तिले आठ जना व्यक्तिलाई छुरी प्रहार गरेको बताइएको छ। सो आक्रमणपछि प्रहरीले ती व्यक्तिलाई कारबाहीको क्रममा गोली प्रहार गरेको बताइएको छ।

  • माई खोलाले बगाएर एकको मृत्यु

    माई खोलाले बगाउँदा आज झापा गाउँपालिकाका ४५ वर्षीय यादव पोखरेलको मृत्यु भएको छ।

Hyundai

लोकप्रिय

apex

सूचनापाटी

vianetwlink