पौरख: ‘डबल डिग्री होल्डर’ कवाडी फर्निचरवाला

पौरख: ‘डबल डिग्री होल्डर’ कवाडी फर्निचरवाला

SAMSUNG
  • Get News Alerts

baleno
tata

दोलखा सुन्द्रावतीका रामशरण दाहाल र म। नाताले हामी फुपू चेला–मामा चेला हौं। उमेरमा करिब ६ महिनाको अन्तर छ हाम्रो। तैपनि हामी एक अर्कालाई दाइ सम्बोधन गर्छौं। म पनि तपाईं भन्छु, उनी पनि तपाईं भन्छन्। कुनैबेला तँ–तँ पनि चल्थ्यो हाम्रो।

दिनमा एकदुईपटक कामै नपरे पनि फोन नगरी चित्त बुझ्दैन। समग्रमा भन्दा अति निकटतम दाजुभाइ हौं हामी। उमेरसमूह पनि मिल्दोजुल्दो भएकाले होला, एक–अर्काका गोप्यभन्दा गोप्य कुरा पनि साटिएका छन्।

नाताले निकटतम मात्रै होइन, सोच–विचार पनि मिल्छ हाम्रो। कामको सम्मान गर्नुपर्छ भन्नेमा हामी दुवैको सोच मिल्छ।

निकटतम नाता भए पनि हाम्रो मित्रता १७/१८ वर्ष भएपछि मात्र गाढा बनेको हो। उनी काठमाडौं बसेर पढ्थे, म गाउँ। त्यसैले कहिलेकाहीँ मात्रै भेट हुन्थ्यो। जब म प्लस टु सकेर काठमाडौं आएँ, तब हाम्रो भेट बाक्लो हुन थाल्यो।

अनौठा थिए उनी। बाइक थिएन, तैपनि हेल्मेट थियो उनीसँग। हेल्मेट झुन्ड्याएर हिँड्दा मान्छेले हेर्ने दृष्टि नै फरक हुन्छ भन्थे उनी। त्यसैले तीनधारा संस्कृत छात्रावासदेखि बानेश्वर म बस्ने कोठासम्म बेलाबेलामा हेल्मेट मात्रै झुन्ड्याएरै आउँथे। उनीसँगका यस्ता अनौठा सन्दर्भ त कति हुन् कति।

काम गर्न कहिल्यै लाज नलाग्ने उनलाई। एकदिन कताबाट हो कुन्नि, सुन्धारातिरका कपडा साहुसँग सम्पर्क गरेछन्। ती साहुकहाँबाट उधारोमा कपडा ल्याउने अनि बिकेको कपडाका आधारमा पैसा बुझाउने। करिब ६ महिनाजति उनकै योजनामा हामीले सुन्धाराको फुटपाथमा कपडा बेच्यौं। त्यतिबेला मलाई चाहिँ अलि लाज लाग्थ्यो। ब्याचलर्स दोस्रो वर्षमा पढ्थेँ, अनि प्लस टुका विद्यार्थीलाई ट्युसन पढाउँथेँ। कुनै विद्यार्थीले फ्याट्ट देखिहाल्ने पो हो कि भन्ने डरले मास्क लगाएर घोसेमुन्टो लगाउँदै ‘पाँच सयको दाम, दुई सयमा दुई सयमा’ भन्दै कराउँथेँ।

रामशरण दाइ मरीमरी हाँस्दै भन्थे, ‘दाइ, लाज मानेर काज चल्दैन। कि त फुटपाथमै नबस्नुस्, नत्र भने राम्ररी व्यापार गर्नुस्। के यो चोरेको हो र लाज मान्नलाई?’

वास्तवमा उनको तर्क सही र जायज थियो। अहिले उनले सेकेन्डह्यान्ड फर्निचरको काम गर्दा म त्यही दिन सम्झन्छु, जुन दिन उनी भन्थे, लाज मानेर काज चल्दैन। उनको यो सिद्धान्त भनाइमा मात्रै होइन, गराइमा पनि लागु भएको छ। काम गरेर खान केको लाज? यही सोचकै उपज हो अहिले उनी मास्टर डिग्री सकेर पनि फर्निचर टाकटाक टुकटुकको काममा लागेका छन्।

दुई–दुईवटा विषयमा मास्टर डिग्री छ उनको। संस्कृत साहित्य र समाजशास्त्र। पढाइअनुसारको काम भनेर मात्रै बसेका भए कि त उनी यतिबेला कतै संस्कृत प्रवचन दिएर बसेका हुन्थे कि कुनै एनजिओ आइएनजिओका गोष्ठीमा भेटिएका हुन्थे! या त उनी ती दुवै नपाएपछि यतिबेला बेरोजगार युवाहरूकै लाइनमा हुन्थे।

उनी अहिले न बेरोजगार छन् न त आफ्नो पढाइ क्षेत्रको काममा नै। उनी अहिले यस्तो काममा छन्, जुन काम पढेलेखेका कमै मात्र युवाहरूको रोजाइमा पर्छ। काम हो, टुटेफुटेका, भाँच्चिएका, अरूले प्रयोग गरेका काठका सामग्री मर्मतसम्भार गर्ने, रङरोगन गर्ने र तिनैको खरिद विक्री गर्ने। उनकै शब्दमा भन्दा अहिले उनले गरिरहेको काम हो– कवाडी फर्निचरको काम। अरूले प्रयोग गरिसकेका फर्निचरका सामग्री खरिद गर्ने र त्यसको विक्री गर्ने काम। ‘डबल डिग्रीहोल्डर’ रामशरणको मात्र होइन, ब्याचलर्स डिग्री गरेकी उनकी श्रीमतीको दैनिकी पनि यसैमा बितिरहेको छ।

श्रीमान–श्रीमती दुवैजना काठमाडौंको भीमसेनगोलामा रहेको सेकेन्डह्यान्ड फर्निसिङ हाउसमा भेटिन्छन् आजकाल। धुसै्रफुस्रै अवस्थामा कहिले काठमा आरा लगाइरहेको त कहिले रङ दलिरहेको अवस्थामा देख्न सकिन्छ उनीहरूलाई। कहिले ठेलामा खाट, दराज, सोफाजस्ता सामानहरू लोड गर्दै गरेको अवस्थामा त कहिले अनलोड गर्दै गरेको अवस्थामा।

कामले काम सिकाउँदो रहँछ। सेकेन्डह्यान्ड फर्निसिङ सुरु गर्दा आरा समात्न आउँदैनथ्यो रामशरणलाई। तर, अहिले सानोतिनो काठ मिस्त्री नै भएका छन् उनी। भन्छन्, ‘पहिले एकातिर ठोक्न लागेको किला ठोकिनसक्दै बाङ्गिएर अर्कैतिर पुग्थ्यो, एक ठाउँ काट्न लाग्यो, जिप्टिएर आरा भनेको ठाउँमा नै आउँदैनथ्यो। तर, अचेल त्यस्तो हुँदैन। म त अचेल सानोतिनो काठ मिस्त्री नै बनेको छु।’

सेकेन्डह्यान्ड फर्निसिङको काम एकपटक गरेर छोडेका व्यक्ति हुन् उनी। लगभग पाँच वर्ष पहिले काठमाडौंकै जयवागेश्वरीमा सेकेन्डह्यान्डको काम गरेका थिए। कमाइ राम्रै थियो। करिब पाँच महिना काम गर्दा एउटा मोटरसाइकल किन्न र डेढ लाख रुपैयाँजति वचत गर्न भ्याएका थिए उनले।

तर, उतिबेला त्यसलाई निरन्तरता दिन सकेनन्। कारण– मनमा डबल डिग्रीहोल्डर हुँ भन्ने अहम् र सङ्कोचले घर बसाएपछि उनले त्यो काम छोडिदिए। सँगै पढेका साथीहरुले भनेछन्, ‘पढेलेखेको मान्छेले के काम ग¥या यस्तो?,’ साथीहरुको प्रश्नले उनमा हीनताबोध गरायो।

सेकेन्डह्यान्ड फर्निचर छोडेपछि पढाउने काममा लागे। राजधानीको भानुभक्त उच्चमाविमा नेपाली विषय पढाए केही समय। तर, पढाएको पैसाले मोटरसाइकलमा तेल हाल्न र खाजा खर्चभन्दा थप केही हुने नदेखेपछि पढाउन पनि छोडे। त्यसपछि पुस्तक वितरणको काममा लागे। केही लेखकका पुस्तक लिएर स्कुल–स्कुल, कलेज–कलेजमा जानु र पुस्तक बेच्नु उनको दैनिकी बन्न थाल्यो। तर, यसले मात्रै सन्तुष्टि मिलेन उनलाई।

‘डबल डिग्री गरिसकेको मेरो पहिचान के त?,’ सोचमग्न हुन थाले उनी। फेरि जागिरै खाने भूत चढ्यो। अर्को एउटा स्कुलमा नेपाली विषय पढाउन राजी भए। तर, उनलाई लाग्यो, ‘मलाई यहाँ जति पैसा दिइन्छ त्यो पैसाले त म केही गर्नै सक्दिनँ। होस् ... पढाउँदिनँ।’

पैसा सम्झँदा जागिर खानै मन नलाग्ने, पढाइ सम्झँदा जागिर नखाई मन नमान्ने। यस्तो दोधारमा परे उनी। श्रीमान–श्रीमतीको सल्लाह भयो– के गर्ने त अब? ‘दुवै पढेलेखेका छौं। ठूलो व्यापार गर्न लगानी छैन। जागिर खायो, घर व्यवहार धान्न सकिँदैन,’ दुवैजना जागिर होइन, आफैंले केही उद्यम गर्ने निधोमा पुगे।

तर, के?

पाँच वर्षअघि गरेको सेकेन्डह्यान्ड फर्निचरलाई सम्झिए रामशरणले। श्रीमतीलाई भने, ‘त्यही फर्निचरको काम गरौं। कमाइ राम्रो हुन्छ। दुःखचाहिँ गर्नुपर्छ।’ दुःख गर्न दुवैजना राजी भए।

हातमा डबल डिग्री भए पनि रामशरणले त्यो डिग्रीलाई बिर्सिदिए अनि तयार भए सेकेन्डह्यान्ड फर्निचर कारोबारको काम गर्न। करिब ३० हजार रुपैयाँमा उनले व्यवसाय सुरु गरे। रामशरणको भनाइमा महिनामा करिब ८० हजार कमाइ गर्छन्। कुनैकुनै बेला त एक लाखभन्दा बढी कमाइ हुने उनी बताउँछन्।

उनी भन्छन्, ‘विदेशमा गए पनि कमाइ यहाँभन्दा धेरै हुने होइन, त्यहाँ पनि मेरो डिग्रीअनुसारको काम मैले पाउने होइन। त्योभन्दा त मलाई यहाँ नै कैयौं गुणा राम्रो छ। काम गर्न डिग्रीले रोक्दैन। डिग्रीले छेक्दैन। म अब यो व्यवसायलाई नै माथि पु¥याउँछु।’

उनका केही योजना छन्। अलि ठूलो कम्पाउन्ड भएको जग्गा भाडामा लिने। त्यहाँ व्यवस्थित खालको टहरो हाल्ने। अनि सेकेन्डह्यान्ड मार्केट खोल्ने। जहाँ सेकेन्डह्यान्ड फर्निचर मात्र होइन, उपयोगी हरेक सेकेन्डह्यान्ड सामान राख्ने। मोबाइल, ल्यापटप, मोटरसाइकल, भाँडालगायत। एकपटक प्रयोग भएका सामान जुन फेरि प्रयोग गर्न मिल्छ, त्यस्ता सबै सामान त्यो बजारमा राख्ने उनको योजना छ।

दुई–दुई विषयमा मास्टर्स डिग्री सकेका उनले के जागिर पाउँदैनथे? पक्कै पाउँथे। वास्तवमा उनको कामबाट लोभिएको हुँ म। उनको पढाइ र काम गराइ, जसलाई लेखनका माध्यमबाट प्रस्तुत गर्न सकियो भने अरूमा कामप्रतिको सम्मानभाव जाग्ला भन्ने लागेर उनलाई मेरो पुस्तक ‘नेपालमै सकिन्छ’मा समावेश गरेको हुँ।

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

थप समाचार

  • प्रविणलाई प्रहरीले गोली हाने कि आफैंले?

    प्रविणलाई प्रहरीले गोली हाने कि आफैंले? लागुऔषध कारोबारी आरोपित प्रवीण खत्री मारिएको ललितपुर, कुसुन्तीको घटनास्थल। ललितपुर, कुसुन्तीमा मारिएका प्रविण खत्रीलाई 'सादा पोसाकका प्रहरीले घरमै आएर गोली हानी हत्या गरेको' भन्दै उनको परिवारले मंगलबार उजुरी दिएको छ। प्रविणका बाबु प्रमोदले ललितपुर ...

  • फुलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा बाढीपीडितहरुलाई राहत सामाग्री हस्तान्तरण

    फुलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा बाढीपीडितहरुलाई राहत सामाग्री हस्तान्तरण फुलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा सिरहाको इटारी–प्रसाहीमा बाढी पिडितहरुलाई अत्यावाश्यक राहत सामाग्रीहरु हस्तान्तरण गरेको छ। ट्रष्ट्का उपाध्यक्ष एवम् सांसद डा.वीरेन्द्र प्रसाद महतोले पीडितहरुलाई आज एक कार्यक्रमकावीच राहत सामाग्रीहरु हस्तान्त...

  • खोकनामा साइकल जात्रा

    खोकनामा साइकल जात्रा

    भुईँचालोबाट क्षतिग्रस्त काठमाडौं उपत्यकाका तीन वटा सम्पदाको पुनःनिर्माणमा बल पुर्‍याउँदै पर्यटन प्रवद्र्धनमा सघाउ पुर्‍याउन शनिबार काष्ठमण्डपदेखि खोकनासम्म साइक्लिङ गरिएको छ। सेन्टर फर कन्जरभेसन अफ नेचर, कल्चर एण्ड इथ्निसिटी टु प्रोमोट टुरिज्म इन नेपाल (कन्सेप्ट नेपाल) र खोकना पुनःनिर्माण तथा पुनःस्र्थापना समितिले आयोजना गरेको ‘राइड काष्ठमण्डप टु खोकना’मा करिब डेढ सय साइकले सहभागि भए । 

  • रसियाली शहरमा छुरी प्रहारबाट आठ घाइते

    रसियाको दुर्गम उत्तरी सहरमा भएको एक छुरी आक्रमणमा परी कम्तीमा आठ व्यक्ति घाइते भएका छन्। एक व्यक्तिले आठ जना व्यक्तिलाई छुरी प्रहार गरेको बताइएको छ। सो आक्रमणपछि प्रहरीले ती व्यक्तिलाई कारबाहीको क्रममा गोली प्रहार गरेको बताइएको छ।

  • माई खोलाले बगाएर एकको मृत्यु

    माई खोलाले बगाउँदा आज झापा गाउँपालिकाका ४५ वर्षीय यादव पोखरेलको मृत्यु भएको छ।

Hyundai

लोकप्रिय

apex

सूचनापाटी

vianetwlink