जिपको ठक्करबाट घाइते युवकको मृत्यु

जिपको ठक्करबाट घाइते युवकको मृत्यु

SAMSUNG
  • Get News Alerts

baleno
tata

 पूर्वपश्चिम राजमार्गअन्तर्गत सिरहाको कर्जन्हा गाउँपालिका– २ मा जिपको ठक्करबाट गम्भीर घाइते भएका एक युवकको गए राति उपचारका क्रममा मृत्यु भएको छ ।

सडक विभागको बा २ झ २९६६ नंको जिपले ज ८ प १२६८ नंको मोटरसाइकललाई ठक्कर दिँदा गम्भीर घाइते भएका मोटरसाइकल चालक धनुषाको नानुपट्टी– ७ निवासी ३५ वर्षीय नवीन राईको विराटनगरस्थित नोबेल अस्पतालमा उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय मिर्चैयाले जनाएको छ । ठक्कर दिने गाडी र चालक प्रहरीको नियन्त्रणमा छन् ।

यसैबीच विषालु सर्पको डसाइबाट सिरहाको सखुवानान्करकट्टी गाउँपालिकामा एक बालकको मृत्यु भएको छ । खेल्ने क्रममा अचानक सर्पले डस्दा गाउँपालिका– १ निवासी पर्शुराम सदायका छोरा ११ वर्षीय भागवतको उपचारका लागि लहानस्थित रामप्रसाद उमा स्मारक अस्पताल ल्याउने क्रममा बाटामै मृत्यु भएको प्रहरी चौकी सीतापुरले जनाएको छ । रासस

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

थप समाचार

  • प्रविणलाई प्रहरीले गोली हाने कि आफैंले?

    प्रविणलाई प्रहरीले गोली हाने कि आफैंले? लागुऔषध कारोबारी आरोपित प्रवीण खत्री मारिएको ललितपुर, कुसुन्तीको घटनास्थल। ललितपुर, कुसुन्तीमा मारिएका प्रविण खत्रीलाई 'सादा पोसाकका प्रहरीले घरमै आएर गोली हानी हत्या गरेको' भन्दै उनको परिवारले मंगलबार उजुरी दिएको छ। प्रविणका बाबु प्रमोदले ललितपुर ...

  • फुलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा बाढीपीडितहरुलाई राहत सामाग्री हस्तान्तरण

    फुलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा बाढीपीडितहरुलाई राहत सामाग्री हस्तान्तरण फुलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा सिरहाको इटारी–प्रसाहीमा बाढी पिडितहरुलाई अत्यावाश्यक राहत सामाग्रीहरु हस्तान्तरण गरेको छ। ट्रष्ट्का उपाध्यक्ष एवम् सांसद डा.वीरेन्द्र प्रसाद महतोले पीडितहरुलाई आज एक कार्यक्रमकावीच राहत सामाग्रीहरु हस्तान्त...

  • खोकनामा साइकल जात्रा

    खोकनामा साइकल जात्रा

    भुईँचालोबाट क्षतिग्रस्त काठमाडौं उपत्यकाका तीन वटा सम्पदाको पुनःनिर्माणमा बल पुर्‍याउँदै पर्यटन प्रवद्र्धनमा सघाउ पुर्‍याउन शनिबार काष्ठमण्डपदेखि खोकनासम्म साइक्लिङ गरिएको छ। सेन्टर फर कन्जरभेसन अफ नेचर, कल्चर एण्ड इथ्निसिटी टु प्रोमोट टुरिज्म इन नेपाल (कन्सेप्ट नेपाल) र खोकना पुनःनिर्माण तथा पुनःस्र्थापना समितिले आयोजना गरेको ‘राइड काष्ठमण्डप टु खोकना’मा करिब डेढ सय साइकले सहभागि भए । 

  • रसियाली शहरमा छुरी प्रहारबाट आठ घाइते

    रसियाको दुर्गम उत्तरी सहरमा भएको एक छुरी आक्रमणमा परी कम्तीमा आठ व्यक्ति घाइते भएका छन्। एक व्यक्तिले आठ जना व्यक्तिलाई छुरी प्रहार गरेको बताइएको छ। सो आक्रमणपछि प्रहरीले ती व्यक्तिलाई कारबाहीको क्रममा गोली प्रहार गरेको बताइएको छ।

  • माई खोलाले बगाएर एकको मृत्यु

    माई खोलाले बगाउँदा आज झापा गाउँपालिकाका ४५ वर्षीय यादव पोखरेलको मृत्यु भएको छ।

Hyundai

लोकप्रिय

apex

सूचनापाटी

vianetwlink