बुङ्मतीमा बच्चा स्याहार्दै एउटा ‘भगवान’

बुङ्मतीमा बच्चा स्याहार्दै एउटा ‘भगवान’

SAMSUNG
  • Get News Alerts

baleno
tata
अनिल आचार्य दिसापिसाब गरेको पत्तै पाउँदैनथे।
 
स्कुलमा उनले जब फोहोर गर्थे,पाले आइपुग्थे दयाराम महर्जन छेउ र भन्थे, ‘सर तपाईँको जजमानले फोहोर गरेको छ।’
 
त्यो पाले सधैँ यसो भन्थे। 
 
एकदिन दयारामले बोलाएर भने, ‘तिमी किन यसो भन्छौँ?’
 
पालेः तपाईंलाई पैसा आउँछ नियसो गरेको, त्यसैले त्यो तपाईँको जजमान भयो।
 
दयाराम : ल आजदेखि तिमी गर न त, म गर्दिन, पैसा आयो भने तिमी नै राख।
 
त्यसपछि पालेले त्यसो भन्न छोडे।
 
त्यो बेला स्कुलमा ६-७ जनाजति अपांग बच्चा थिए।
 
२०५१-५२ सालतिर होला,आफ्नो भेगमा कति अपांग रैछन् भनेर जान्न मन लाग्यो र उनी एक्लै हिँड्न थाले डाटा कलेक्सन गर्न।
 
बडीखेल भन्ने ठाँउमा एउटा सानो बच्चा बाटोमा सर्पझै घिस्रिदै थियो। गाउँलेले भने, ‘त्यो हिँड्न सक्दैन, ‘लठेप्प्रो’ पनि छ।’ दयाराम महर्जन उसकी आमा खोज्दै खेतमा गए।
 
तपाईँको बच्चा म लैजान्छु भनेर सोधे।
 
अनिलकी आमाले सजिलै भनिन्– हुन्छ।
 
त्यसपछि अनिलका आमा, बाबा र स्कुलका शिक्षक सबै उनै हुन्।
 
ललितपुरको, सुकुम्बासी बस्तीको एउटा छाप्रोमा, सानो बच्चालाई पटुकाको एक छेउले बाँधेर अर्को छेउले खाटमा बाँधिएको थियो।
 
बाआमा काममा गएका हुँदा हुन्, ढोकामा कुकुर थियो उनलाई हेर्ने।
 
ती बच्चा थिए– संजीव थापा, जसले आँखा देख्न सक्दैनथे।
 
यस्तो बेहाल देख्दा महर्जनलाई आफैले त्यो बच्चालाई लैजाउँ जस्तो हुन्थ्यो ।
 
ल्याए ।
...
 
२०४६ सालतिर उनले यही स्कुल (आदर्श सौल माध्यामिकविद्यालय) मा पढाउन भर्खर सुरु गरेका थिए । यो त्यही स्कुल हो जहाँ उनले ८ कक्षा सम्म पढेका थिए ।
 
एक दिन जीवन ढंगोल नाम गरेका विद्यार्थी पढ्न आए । उनी आँखा देख्न सक्दैनथे ।
ब्रेल लिपिमा किताबको कुरा त छोडौँ, ब्रेल जान्ने पनि कोही थिएन। 
 
दयारामले कतै पढेका मात्रै थिए लुइस बे्रलको बारेमा ।
 
उनले आफुले एसएलसी दिएको स्कुलमा देखेका थिए ब्रेल लिपि, दृष्टीबिहीन बिद्यार्थी र शिक्षक । उनले ब्रेल सिक्न थाले । र जीवनलाई पढाउन पनि ।
 
उनलाई यसरी ब्रेल सिक्दा रमाइलो लाग्यो किनभने सबैले अचम्म मानेर हेर्थे । उनलाई आनन्द पनि भयो रे किन भने यो सबैले गर्न सक्ने काम थिएन ।
 
दिनभरि स्कुलमा अरु सपाङ्ग विद्यार्थीलाई पढाए । बिहान बेलुका र फुर्सद हुँदा जीवनलाई ।
 
स्कुल जाने बाहेक सधैँ जसो उनले कि ब्रेल सिक्थे । कि त जीवनलाई पढाउँथे ।
 
जीवनका बाबा आमा भन्थे ‘यस्तो सिकेर के हुन्छ ? लेख्न पढ्न जान्दैन ।’
 
उनीहरु जीवनलाई भजन मण्डलीमा पठाँउथे । बरालिएर हिँड्न छाड्दिन्थे ।
 
दयाराम भन्थे –पढ्यो भने उसले आफैलाई पाल्न सक्छ ।
 
उसको परिवारले भन्थे–उसलाई उसको भाइले पालिहाल्छ नि, ऊ कसरी आफुलाई पाल्ला?
 
दयारामले बरालिएको जीवनलार्ई समातेर स्कुल ल्याउँथे, उसैको घरमा लगेर कहिले,आफ्नो घरमा ल्याएर पढाउँथे । यसरी एकवर्ष पढाएपछि जीवनलाई उनले एकैचोटि ४ कक्षामा राख्दिए ।
 
उसले राम्रो पढ्न थाल्यो । ठाउँ ठाउँमा हुने हाजिर जवाफमा भाग लिन लाउँथे ।जीवन कहिले फेल भएन, त्यसको आनन्द उसलाई भन्दा बढी दयारामलाई हुन्थ्यो ।
 
जीवनको परिवारलाई ब्रेल अक्षर पनि अक्षर हुन भनेर दयारामले विश्वास दिलाउन सकेनन । जब जीवनले एसएलसी सकेर त्यही स्कुलमा पढाउन थाले बल्ल उनको परिवारले पत्याए ।
 
...
 
२०४९ सालतिर होला, कान नसुन्ने विद्यार्थीहरु आए । उनीहरुलाई पढाउन त सांकेतिक भाषाको जरुरी हुन्छ । दयाराम बहिरा संघमा गए ।
 
त्यहाँबाट आएका मान्छेहरुले सबै शिक्षकशिक्षिकालाई सांकेतिक भाषा सिकाइदिए । ती कान नसुन्ने विद्यार्थीहरुलाई फर्काउनु परेन ।
 
जब, अनिललाई उनले ल्याए,फिजियोथेरापी सिक्नपर्‍यो । त्यो पनि सिके । १७ वर्ष अघि बाटामा घिस्रिँदै गरेको त्यही अनिल अहिले ठमठमी हिड्न सक्छ ।
 
त्यति बेला बाबुआमा नभएका भएपनि टाढा भएकाअपाङग बच्चाहरु अरु पनि थिए जसलाई दयारामले कमलविनायकको पाटीमा राख्थे । एउटा कोठा थियो । त्यहीँ उनले अनिल जस्तै हातखुट्टा चल्न नसक्नेलाई फिजियो थेरापी गराउँथे ।
 
जीवनहरुका लागि पाठ्यपुस्तक ब्रेलमा ‘ट्रान्सलेट’ गर्थे। तीबच्चाहरुलाई आफैले पकाएर खुवाउने, सफा गर्दिने, नुवाइदिने खेल्नेर पढाउने गर्थे।
 
बिहानै ४ बजे बुङ्मतीको आफ्नो घरबाट निस्किन्थे र पुग्थे बेलुका १० बजे।
 
समाजमा त के के भनेनन्? बहुलायो समेत भने। उनले सुनेन ती कुरा। उनलाई लाग्थ्यो यी बच्चाहरुले पढ्न पाउनुपर्छ बस्।
 
घरमा पनि, सुरु सुरुमा बज्यैसँग कम्ता झगडा परेन यसरी अर्काका बच्चा समाल्दै हिँड्दा। तर कहिलै विचलित भएनन् र आफ्नो काम गरिरहे।
 
मान्छेहरु भन्ने गर्थे– मन्दिर (कमलविनायक)को पाटीमा यस्ता बच्चा राखेको छ, भक्तजनहरु शुभ होस भनेर आउँछन, तर उनीहरुले यस्ता लुले खुडेँहरु देख्नुपर्छ शुरुमै अशुभ हुन्छ यसलाई यहाँबाट लखेट्नै पर्ने भो।
 
‘पैसा माग्न लगाएर खान्छ भन्नेहरु पनिथिए,’दयारामले सम्झे, ‘माग्न लगाएर मैले खाने पैसा उठ्न पनि त पर्‍यो, बुझ्दै नबुझ्ने मान्छेहरुसँग केही भन्नु थिएन मलाई मैले आफ्नो काम कहिले छोडिन।’
 
यी बच्चाहरु देखाएर कहिलै कसैसँग आफैले पैसा मागेनन् रे । कसैले दिए भने नाईँ पनि भनेनन्। ‘हो, मच्छिन्द्रनाथको जात्रा हुने बेला चन्दा चाहिँ मागेँ,’ उनले भने, ‘नभए मैले कसैसँग व्यक्तिगत वा सामूहिक रुपमा पैसा मागेको छैन।’
 
कमलविनायकको मन्दिरमा भएको पाटी पुल्चोक तिरका एकजना सज्जनले बनाएका थिए। त्यो कोठाउनैले चलाउन दिएका हुन् दयारामलाई।
 
‘उहाँको छोरा बोल्न र सुन्न नसक्ने थियो मैले उसैको घरमा गएर पढाउँथे पछि ऊ बित्यो,’उनले भने, ‘छोरा बितेपछि, उहाँले ल यी अपाङ्ग बच्चाहरुलाई यहीँ राख भनेर दिनु भएको थियो।’
 
धेरै पछि हो, त्यही पाटीको एउटा कोठामा सबै काम गरेको देखेर दयारामका साथी रमेश महर्जनले भने, ‘खोकनामा एउटा कोठा लेउ र त्यहीँ राख यीनीहरुलाई म भाडा तिर्दिन्छु ।’
 
अहिले पनि होस्टेलको लागि कसैले चामल दिन्छन्, कसैले कपडा, बच्चाहरुको लागि लुगा, कपि कलम, ब्रेलकपि आदि सहयोग आइरहन्छ।
 
यसरी आफै सहयोग गर्नेहरु धेरै छन् । २०५४ सालमा उनैको पहलमा अरु मान्छेहरु पनि मिलेर संस्था खोले –अपाङग सेवा संघ । अब, दयाराम एक्लै हुनुपरेन ।
 
उनी भन्छन्, ‘संस्था भएपछि वैधानिक रुपमा पनि विश्वास बढ्दै गयो। त्यसपछि धेरै सजिलो भयो।’
 
पछि स्वीजरल्याण्डको एक संस्थाले आदर्श कौल प्रा.विको भवन बनाउनका लागि पैसा दियो । अहिले जर्मनीको फुटोरा फाउन्डेसनले होस्टेल बनाउनका लागि डेढ करोढ दिने भएको छ ।
 
केही समय पहिले, दुई तीनजना बच्चा आए जसले सुन्न र आँखा देख्न सक्दैनन्। यस्ता बच्चाहरुलाई पढाउन उनले सक्दैनथे। फर्काइदिए ।
 
अहिले दयारामलाई यही कुराले पिरोलेको छ – सुन्न र देख्न नसक्नेहरुका लागि पढाउन पाए हुन्थ्यो।
 
...
 
अर्काका अपाङ्ग बच्चालाई बाटोमा देख्दा उठाउन उनलाई कहिले अप्ठेरो भएन ।उनले ती बच्चाहरुको फोहोर सफा गर्न कहिलै हिचकिचाएनन् ।
 
एउटी आमाले झैँ अपाङग नानीहरुलाई स्याहार गर्न उनलाई केहीले छेकेन – लाज, घिन, अहम केहीले पनि छेकेन ।
आफ्नै छोरी लिँदा भने उनलाई कसोकसो अप्ठेरो भयो रे ।
 
‘श्रीमतीसँग त बोलचाल नै हुदैनथ्यो । अहिलेको जस्तो जमाना हो र ? अति लाजलाग्ने, खै भाईहरु त बोल्थ्यो म मात्रै त्यस्तो,’ उनले लजाँउदै सम्झेँ, ‘छोरी जन्म्यो, उसलाई काखमा लिन त कसो कसो अप्ठेरो पो भयो।’
 
दयारामले अरुका छोराछोरी लिने बेलामाझैँ सोधेछन्, ‘मैले काखमा लिन हुन्छ ?’
 
उनी मज्जाले हासेँ पुराना दिन सम्झेर, एकदम निस्फिक्री र अबोध।
...
 
धेरै कुरा बनाएर बोल्ने बानी रैनछ उनको । आफुले गरेको कामको घमण्ड पनि देखिदैन कतै अनुहारमा कुराकानीमा । एकदम सादा छन्।
 
मान्छेहरु आजकाल भन्छन रे–यति गरेपछि धर्म गर्न पर्दैन।
 
उनले भने – मलाई थाहा छैन मैले के गरेँ । मैले त यी बच्चाहरुले पढ्न पाउनु पर्छ भन्ने ठानेर गरेको कामहो । शिक्षाको लागि काम गर्दा धर्म पनि हुने भएछ, भने त खुसीको कुरा हो नी हैन?
 
पत्रकार रवीन्द्र मिश्रले ‘मैले एउटा भगवान भेटेँ’ भनेर लेखेको सुनाएँ उनलाई।
 
खुसीभए । र भने ‘मैले अपाङगहरुलाई पढाउने काम गरेको हुँ, धेरै मान्छेले अरुको सेवा गर्छन्, मैले अपाङग बच्चाहरुको गरेँ त्यही फरक त हो नि ।’
 
उनलाईलाग्दो रैछ यो धेरै ठूलो काम होइन, यति त गर्नुपर्छ ।
 
यतिका काम गर्दा आफ्नो व्यक्तिगत जिन्दगीमा कति कुरा छुटे । त्यसमा दयारामलाई पछुतो छैन ।
 
‘त्यसरी हिसाब राख्ने हो भने धेरै छुट्यो । त्यो नछुटेको भए यो छुट्थ्यो नि त । म त खुसीहुन्थेँ होला । तर यति धेरैमान्छेहरु खुसी हुन्थेनन कि’
 
उनको परिवारको निजी स्कुलपनि छ ।
 
उनी भन्छन्, ‘प्राइभेट स्कुलतिर लागेको भए यो सरकारी स्कुल बन्दैनथ्यो । त्यो भन्दा त यै कुरा ठूलो हो नि ।’
 
दयारामले ०४६ साल अघि सोचेका थिएनन् जीवनमा अरुका लागि केही गरुँला । केही उद्देश्य र योजना थिएन । संझदा उनी आफै अचम्म मान्छन् रे । यो सब कसरी भयो भनेर ।
 
उनी बेलुका घर हिँड्ने बेलामा, होस्टेलका बच्चाहरु भन्छन रे म पनि घर जाने ।
 
दयारामको घरलाई उनीहरुले आफ्नो घर मान्दा रैछन् ।
 
‘घर जाने भनेर पछि लाग्छ, मान्दै मानेन भने लैजान्छु’ उनले भने 
‘मेरो छोरीले सँगै राख्छे ।’
 
उनले आफु मात्रहोइन परिवार पनि बाँडेका छन् उनीहरुसंग ।
 
परिवारका मान्छेहरुलाई कहिले काहिँ त पुरै समय घरमा बसोस भन्ने लाग्दो हो । त्यो दयारामले बुझ्छन् ।
 
तै पनि असक्त बच्चाहरुका पनि त उनी अभिभावक हुन । आमा, बा र गुरु हुन ।तिनैकाअभिभावक हुनुलेनै जित्छ र उनी ढिलो घर पुग्छन् । घरकालाई यो सब बानी परेको छ ।
 
चाडपर्वमा विदामा, आफ्ना बच्चाहरुलाई लिन आईपुग्छन् बाआमा! तर बच्चाहरु मान्दैनन् । मैले कति गरेर फकाँउछु जाउ भनेर तर मान्दैनन् । अनिबा–आमा रुदैँ फर्किन्छन्।
 
hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

थप समाचार

  • प्रविणलाई प्रहरीले गोली हाने कि आफैंले?

    प्रविणलाई प्रहरीले गोली हाने कि आफैंले? लागुऔषध कारोबारी आरोपित प्रवीण खत्री मारिएको ललितपुर, कुसुन्तीको घटनास्थल। ललितपुर, कुसुन्तीमा मारिएका प्रविण खत्रीलाई 'सादा पोसाकका प्रहरीले घरमै आएर गोली हानी हत्या गरेको' भन्दै उनको परिवारले मंगलबार उजुरी दिएको छ। प्रविणका बाबु प्रमोदले ललितपुर ...

  • फुलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा बाढीपीडितहरुलाई राहत सामाग्री हस्तान्तरण

    फुलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा बाढीपीडितहरुलाई राहत सामाग्री हस्तान्तरण फुलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा सिरहाको इटारी–प्रसाहीमा बाढी पिडितहरुलाई अत्यावाश्यक राहत सामाग्रीहरु हस्तान्तरण गरेको छ। ट्रष्ट्का उपाध्यक्ष एवम् सांसद डा.वीरेन्द्र प्रसाद महतोले पीडितहरुलाई आज एक कार्यक्रमकावीच राहत सामाग्रीहरु हस्तान्त...

  • खोकनामा साइकल जात्रा

    खोकनामा साइकल जात्रा

    भुईँचालोबाट क्षतिग्रस्त काठमाडौं उपत्यकाका तीन वटा सम्पदाको पुनःनिर्माणमा बल पुर्‍याउँदै पर्यटन प्रवद्र्धनमा सघाउ पुर्‍याउन शनिबार काष्ठमण्डपदेखि खोकनासम्म साइक्लिङ गरिएको छ। सेन्टर फर कन्जरभेसन अफ नेचर, कल्चर एण्ड इथ्निसिटी टु प्रोमोट टुरिज्म इन नेपाल (कन्सेप्ट नेपाल) र खोकना पुनःनिर्माण तथा पुनःस्र्थापना समितिले आयोजना गरेको ‘राइड काष्ठमण्डप टु खोकना’मा करिब डेढ सय साइकले सहभागि भए । 

  • रसियाली शहरमा छुरी प्रहारबाट आठ घाइते

    रसियाको दुर्गम उत्तरी सहरमा भएको एक छुरी आक्रमणमा परी कम्तीमा आठ व्यक्ति घाइते भएका छन्। एक व्यक्तिले आठ जना व्यक्तिलाई छुरी प्रहार गरेको बताइएको छ। सो आक्रमणपछि प्रहरीले ती व्यक्तिलाई कारबाहीको क्रममा गोली प्रहार गरेको बताइएको छ।

  • माई खोलाले बगाएर एकको मृत्यु

    माई खोलाले बगाउँदा आज झापा गाउँपालिकाका ४५ वर्षीय यादव पोखरेलको मृत्यु भएको छ।

Hyundai

लोकप्रिय

apex

सूचनापाटी

vianetwlink