किन बगाउन सक्दैन हावाले काठमाडौंकाे प्रदुषण?

किन बगाउन सक्दैन हावाले काठमाडौंकाे प्रदुषण?

SAMSUNG
  • Get News Alerts

baleno
प्रदुषण थिग्रिएको बेला 'मर्निङ्ग वाक' नहिडेकै बेश
tata
राजा ज्ञानेन्द्र आफ्नो शासनको अन्त्यतिर जनचाहना बुझ्न भनेर कुपण्डोलदेखि पाटन दिउँसो पैदल हिँडेका थिए। मैले त्यसको लगत्तै काठमान्डू पोस्टमा एउटा लेख लेखेको थिएँ, 'द आफ्टरनून वाक।' लेखको सुरु नै ज्ञानेन्द्रको आलोचनाबाट भएको थियो, 'आफ्टरनून वाक' र २१सौ शताब्दीमा तानाशाही व्यवस्था दुवै नमिल्ने कुरा हुन्। तर, ज्ञानेन्द्रलाई ती दुवै मन पर्छन्।   
 
अहिले आएर थाहा भयो, उपत्यकाको जलवायुका कारणले यहाँ हिउँदमा मर्निङ्ग हैन, 'आफ्टरनून वाक' नै हितकर रहेछ। 
 
बिहान हिँड्नु स्वास्थ्यका दृष्टिले खराब हो रे भन्ने केही अगाडिदेखि नै फाट्टफ़ुट्ट सुनेको र पढेको थिएँ। उपत्यकाको जलवायु र प्रदुषण बीचको सम्बन्धको पितृ भने मलाई प्रोफेसर रामप्रसाद रेग्मीले बुझाएका हुन्। केही दिनअघि सांसद गगन थापाले नेतृत्व गरेको 'बस्न लायक काठमाडौं' अभियानले दरबार मार्गको 'सिटी म्युजियम' मा प्रदुषण सम्बन्धी सानो छलफल आयोजना गरेको थियो। मैले पहिलो पटक 'रेग्मी सर' लाई भेटेको त्यहीँ हो। उपत्यकाको प्रदुषणबारे उनको प्रस्तुति देखेर म चकित परेँ। धेरै कुरा म पहिलो पटक सुन्दै थिएँ। सबै बुझिनँ।   
 
केही दिनपछि समय मिलाएर हानिएँ, कीर्तिपुरस्थित भौतिक शास्त्र विभागमा जहाँ 'रेग्मी सर' पढाउँछन्। उपत्यका र देशकै जलवायु सम्बन्धी अहोरात्र अनुसन्धान गर्छन्।
 
उनले अनुसन्धान गरिरहेको कोठामा ३ घण्टा राखेर मलाई जलवायु र प्रदुषणबारे पाठ पढाए। उनकै दुईजना पूर्णकालीन बिद्यार्थी पनि साक्षी बसे। अहिले यो आलेख तयार पार्दा मलाई जाँच दिएजस्तो भान भएको छ।  
 
हिउँदमा उपत्यकाको प्रदुषण बुझ्न पहिले यहाँको भू-बनोट र जलवायु प्रणाली बुझ्नुपर्छ। 
 
हामीले खाल्डो भन्ने गरेको यो उपत्यका साँच्चै नै कचौरा जस्तो छ। वरिपरि अग्ला-अग्ला पहाड छन्। बाहिरबाट आउने हावा यिनै पहाडले छेक्छन्। 
 
धन्न काठमाडौँमा हावा छिर्ने तीनओटा बाटा छन्- चोभार हुँदै बागमतीले बनाएको गल्छी, चन्द्रागिरि र नागार्जुनबीचको थानकोट/भीमढुङ्गा भंझ्याङ, र नागार्जुन-ककनी बीचको मुड्कु-तीन पिप्ले भञ्ज्याङ।
 
मुख्य रुपमा बागमती गल्छी भएर दक्षिणी हावा र थानकोट/भीमढुङ्गा भएर पश्चिमी हावा प्रणाली काठमाडौँमा सक्रिय हुन्छन्। उपत्यकाको हावामा तैरिएर रहेको धुलोमुलो उढाएर लाने यिनै दुई हावा प्रणालीले हो।
 
दुर्भाग्यवश, बिहान लगभग ११:३० बजेपछि मात्र दक्षिणी र पश्चिमी वायु उपत्यका प्रवेश गर्छन्। यी दुई मार्गबाट बिहानै प्रवेश गर्ने त काठमाडौंमा थप प्रदुषण गर्ने सवारी साधन मात्रै हुन्। 
 
बिहानको घामले तराई र धादिङको हावा तातेपछि मात्रै त्यो माथि उठेर दक्षिण र पश्चिमबाट काठमाडौँ उपत्यका छिर्ने हो। त्यसपछि यी दुवै हावप्रणाली मिसिएर उपत्यकाको पूर्वतिर लाग्छन्। यो हावाको वेग लगभग  ४ देखि ५ मिटर प्रतिसेकेण्ड हुन्छ। 
 
१२ बजेसम्ममा घाम लागेको दिन उपत्यकाको मौसम तातिसकेको हुन्छ। हावा स्थिर भए पनि त्यो तातेपछि प्रदुषण बोकेर माथि उठ्न थाल्छ। 'पूर्वतिर बग्दै गरेको पश्चिम र दक्षिणबाट आएको हावाले उपत्यकाको प्रदुषण पनि बोकेर जान्छ', प्रोफेसर रेग्मी भन्छन्, 'करिव १ बजेतिर काठमान्डौको प्रदुषण हावाले बनेपातिर 'फ्लस' गर्छ (फ्याकिदिन्छ)।'
 
त्यसैले १२ देखि १ बजेको समय काठमाडौं उपत्यकाभित्र सबैभन्दा कम प्रदुषण रहने समय हो। हिँड्नका लागि सबैभन्दा उपयुक्त समय पनि-- जाम् है 'आफ्टरनून वाक' !
 
प्रत्येक दिन करिव ७५ प्रतिसत प्रदुषण मात्रै बनेपामा फ्याँक्न सक्छ उपत्यकामा दिउँसो चल्ने हावाले। २५ प्रतिसत भने उपत्यका भित्रै बस्छ। यसरी प्रत्येक दिन थुप्रदैँ जाने धुलो-धुवा नै उपत्यकाको एउटा मुख्य समस्या हो।
 
साँझ हुँदै जाँदा पश्चिम र दक्षिणबाट आउने हावाको गति कमजोर हुँदै जान्छ। छ बजे सम्ममा यो गति प्रतिसेकेण्ड १ मिटरमा झरिसकेको हुन्छ। त्यसपछि यो कमजोर हावा प्रणाली उपत्यका भित्रै घुमेर बस्न थाल्छ। 'साँझ यो हावा प्रदुषण बोकेरै भैंसेपाटी, लुभु, भक्तपुर-खरीपाटी, डाँछी, बौद्ध, बालाजु हुँदै घडीको सुईको उल्टो दिशामा उपत्यका भित्र घुमेर बस्छ', रेग्मी भन्छन।  
 
साँझ ८ बजे सम्ममा उपत्यकाको हावा प्रणाली लगभग स्थिर भैसकेको हुन्छ। हावा नै शेष हुने भने हैन। करिव ०.५ मिटर प्रतिसेकेन्डको गतिमा यो बग्छ। यति धिमा गतिमा बगेपछि त्यसले प्रदुषण बाहिर फ्याक्न सक्दैन। धुलोधुवा हावामै तैरिएर बस्छ। 
 
घाम लागेको दिन बिहान नौ बजेदेखि हावा तात्न थाल्छ र माथि उठ्ने क्रम सुरु हुन्छ। हावा जति माथि उठ्छ, त्यति नै प्रदुषण पनि फैलिएर वायुमण्डलमा बस्छ। तापक्रम जति बढ्छ, प्रदुषण त्यति नै माथिसम्म फैलिएर बस्छ। यसले गर्दा घाम लागेपछि हिंड्दा प्रदुषणको प्रभाव शरीरमा कम पर्छ। 
   
बिहानै हुस्सु र शीत परेको बेला हिड्नु स्वास्थका हिसाबले सबभन्दा हानिकारक हो। यो बेला हावामा पानीको मात्रा धेरै हुन्छ र 
हावामै तैरिएर रहेको नाइट्रोजन अक्साइड र सल्फरडाआइअक्साइडले पानीसँग प्रतिक्रिया मार्फत नाइट्रिक एसिड र सल्फ्युरिक एसिड बनाउछन्।
 
यी एसिड मानिसको स्वास्थ्यका लागि हानिकारक हुन्।
  
काठमाडौँमा भित्रिने हावाको फरक-फरक तापक्रम पनि उपत्यकाको खराब हावा-पानीको अर्को कारक हो। 
 
बागमती गल्छी हुँदै भित्रिने हावा थानकोट-भिमढुंगाबाट भित्रिने हावाभन्दा चिसो हुन्छ। तराई काठमाडौंवाट धादिङको तुलनामा धेरै होचो छ। तराईको सतहबाट माथि उठ्दै काठमाडौँ छिर्दा त्यो हावा धादिङबाट छिर्ने हावाभन्दा चिसो भैसकेको हुन्छ। 
 
चिसो र तातो हावा फरक फरक सतह बानाएर वायुमण्डलमा बस्छन्। बागमती गल्छीबाट आएको हावा सबैभन्दा तल बस्छ, थानकोट- भीमढुंगाबाट आएको अलिक तातो हावा त्यो भन्दा माथि बस्छ। त्यसपछि फुलचोकी, नागार्जुन डाँडाभन्दा माथि झनै स्थिर हावाको सतह बस्छ। यी फरक-फरक हावाका सतहले उपत्यकामा प्रदुषण थिचेर राख्न भूमिका खेल्छन्।   
 
काठमाडौँको प्रदुषण हावाले बनेपामा फ्याँकिदिन्छ भने के बनेपा काठमाडौँ भन्दा प्रदुषित सहर हो? होइन।
 
बनेपाको भू-बनोट काठमाडौंको जस्तो कचौरा आकृतिको छैन, जहाँ प्रदुषण जमेर बस्छ। 'बनेपामा फ्याकिएको प्रदुषण सुनकोशीको गल्छी हुँदै उत्तरतिर लाग्छ', प्रोफेसर रेग्मी भन्छन।
 
बरु काठमाडौं उपत्यकालाई बाहिर हुने प्रदुषणको पनि खतरा छ। तराईमा उद्योग वा डढेलोको प्रदुषण हावाले सिधै काठमाडौं ल्याउँछ। 
 
सन् २००१/२००२ सम्म ईमाडोल उपत्यकाको सबै भन्दा प्रदुषित क्षेत्र थियो। ईटाभट्टा त्यही सबै भन्दा धेरै थिए।
ईटा बनाउने माटोको अभाव हुँदै गएपछि, तीमध्य धेरै भट्टा थानकोटपारि धादिङ सरे। त्यहाँका स्थानीयले ठूलो बिरोध गरे तर, काठमाडौंको साथ पाएनन्। सायद काठमाडौंले सोच्यो, प्रदुषण उपत्यका बाहिर गयो, सन्चै भयो।
 
'पश्चिमबाट आउने हावाले ईटाभट्टाको प्रदुषण सीधै काठमाडौंको मुख्य सहरी भागमा पुर्‍याउँछ,' रेग्मी भन्छन्, 'बरु पहिले त इमाडोल हुँदै त्यो हावा बनेपातिर फ्याँकिन्थ्यो।'
hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

थप समाचार

  • प्रविणलाई प्रहरीले गोली हाने कि आफैंले?

    प्रविणलाई प्रहरीले गोली हाने कि आफैंले? लागुऔषध कारोबारी आरोपित प्रवीण खत्री मारिएको ललितपुर, कुसुन्तीको घटनास्थल। ललितपुर, कुसुन्तीमा मारिएका प्रविण खत्रीलाई 'सादा पोसाकका प्रहरीले घरमै आएर गोली हानी हत्या गरेको' भन्दै उनको परिवारले मंगलबार उजुरी दिएको छ। प्रविणका बाबु प्रमोदले ललितपुर ...

  • फुलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा बाढीपीडितहरुलाई राहत सामाग्री हस्तान्तरण

    फुलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा बाढीपीडितहरुलाई राहत सामाग्री हस्तान्तरण फुलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा सिरहाको इटारी–प्रसाहीमा बाढी पिडितहरुलाई अत्यावाश्यक राहत सामाग्रीहरु हस्तान्तरण गरेको छ। ट्रष्ट्का उपाध्यक्ष एवम् सांसद डा.वीरेन्द्र प्रसाद महतोले पीडितहरुलाई आज एक कार्यक्रमकावीच राहत सामाग्रीहरु हस्तान्त...

  • खोकनामा साइकल जात्रा

    खोकनामा साइकल जात्रा

    भुईँचालोबाट क्षतिग्रस्त काठमाडौं उपत्यकाका तीन वटा सम्पदाको पुनःनिर्माणमा बल पुर्‍याउँदै पर्यटन प्रवद्र्धनमा सघाउ पुर्‍याउन शनिबार काष्ठमण्डपदेखि खोकनासम्म साइक्लिङ गरिएको छ। सेन्टर फर कन्जरभेसन अफ नेचर, कल्चर एण्ड इथ्निसिटी टु प्रोमोट टुरिज्म इन नेपाल (कन्सेप्ट नेपाल) र खोकना पुनःनिर्माण तथा पुनःस्र्थापना समितिले आयोजना गरेको ‘राइड काष्ठमण्डप टु खोकना’मा करिब डेढ सय साइकले सहभागि भए । 

  • रसियाली शहरमा छुरी प्रहारबाट आठ घाइते

    रसियाको दुर्गम उत्तरी सहरमा भएको एक छुरी आक्रमणमा परी कम्तीमा आठ व्यक्ति घाइते भएका छन्। एक व्यक्तिले आठ जना व्यक्तिलाई छुरी प्रहार गरेको बताइएको छ। सो आक्रमणपछि प्रहरीले ती व्यक्तिलाई कारबाहीको क्रममा गोली प्रहार गरेको बताइएको छ।

  • माई खोलाले बगाएर एकको मृत्यु

    माई खोलाले बगाउँदा आज झापा गाउँपालिकाका ४५ वर्षीय यादव पोखरेलको मृत्यु भएको छ।

Hyundai

लोकप्रिय

apex

सूचनापाटी

vianetwlink