सिकर्मीको सिसाकलम

SAMSUNG
  • Get News Alerts

baleno
बालकथाः सुनौं–सुनाऔं
tata

हरेक दिन नजिकैको कारखानाबाट आउने कर्कश आवाजले म दिक्क थिएँ। त्यस साँझ पनि म पढ्न बस्दा त्यही आवाजले सतायो।

‘कस्तो डिस्टर्ब। शान्तसँग लेखपढ पनि गर्न नपाउनु!’, मनमनै उठेको रिसलाई मैले प्रकट गरेँ, ‘अरुलाई बाधा नपर्ने गरी काम गर्नु नि, आफ्नो काम भयो भन्दैमा अरुको त वास्तै छैन।’

‘सहरमा यस्तै हो बाबु, यहाँ कसलाई कसको वास्ता!’, आमाले भन्नुभयो, ‘म फर्निचर मालिकसँग कुरा गरौँला।’

मलाई आफैं गएर कुरा गरौँ जस्तो लागिरहेको थियो। ‘कति न पढ्ने भएको’ भन्ने हुन् कि भन्ने डर पनि त्यतिकै थियो। तैपनि, म फर्निचर कारखानामा गएँ।

त्यहाँ त मैले देखिरहेका काका पो हुनुहुँदो रहेछ। उहाँसँग बारम्बार भेट भइरहन्थ्यो। एक, दुई पल्ट त हाम्रै घरमा पनि आउनुभएको थियो।

उहाँ कमिज, सुरुवाल र टोपी लगाउनुहन्थ्यो। अनि उहाँको कानमा सधैं सिसाकलम सिउरिएको हुन्थ्यो। चोक र बजारमा भेट्दा पनि उहाँको कानमा सिसाकलम टुटेको हुन्नथ्यो। एकपल्ट मैले ‘काकाले किन सधैंभरि कानमा सिसाकलम सिउरनुभएको?’ भनेर सोधेको थिएँ। उहाँले ‘तिम्रो किताब–कापीजस्तै हो’ भन्दै टारिदिनुभयो।

काका काममा व्यस्त हुनुहुन्थ्यो। उहाँका चार, पाँच जना सहयोगी पनि काममा थिए। काका काठका टुक्रा नाप्दै, सिसाकलमले चिनो लगाउँदै हुनुहुन्थ्यो। सहयोगीहरू चिनो लगाएको ठाउँमा करौंतीले स्वारस्वार काटिरहेका थिए।

कारखाना ठुलो र फराकिलो भए पनि गुफाजस्तै अँध्यारो थियो। झ्याल नभएकाले त्यहाँ दिउँसै बत्ती बाल्नुपथ्र्याे। कारखानाको एउटा कुनातिर दुई जना रन्दा लगाउँदै थिए। अर्काेतिर कोही ठूलो मुढोे चिरिरहेको थियो।

केहीबेरमै आरोले ठूलो आवाज निकालेर त्यस मुढोलाई दुई फ्याक बनाइदियो। मैले सोचेँ, ‘मेरो घरमा सुनिने आवाज यसकै हुनुुपर्छ।’

त्यहाँ सबैजना आ–आफ्नै काममा ध्यानमग्न थिए। उनीहरूलाई म कारखानामा छिरेको पत्तै भएन। एक, दुई जनाले देखेथे तर वास्तै गरेनन्।

उनीहरुको व्यस्तता देखेर म छक्कै परेँ। मलाई आफू जे भन्छु भनेर गएथेँ, त्यो कुरा झिक्न पनि मन लागेन। उनीहरूले बाधा पु¥याउँछु भनेर गरेका पनि त होइनन् नि। म फर्कनै लाग्दा ढोकाको दायाँतिर फर्निचर हेर्न थालेँ।

टेबुल, पलङ्, कुर्सी, दराज, झ्याल, ढोकालगायत थुप्रै सामान त्यहाँ मिलाएर राखिएका थिए। सामान खुब बान्की मिलेका थिए। भित्तामा ठड्याइएको ढोकामा सबैभन्दा बढी कला देखिन्थ्यो। विभिन्न आकृतिमा कुँदिएका मसिना र अति सुन्दर बुट्टा हेर्दा यो यही कारखानामा बनेको होला भनेर पत्याउन मुस्किल पथ्र्याे।

त्यहाँका सामान देखेर म दङ्ग पर्दै फर्किएँ। त्यहाँ विभिन्न सामान कसरी बनाइँदा रहेछन् भन्ने उत्सुकता भने मेरो मनमा बाँकी नै थियो।

यो उत्सुकता मेट्न म भोलिपल्ट पनि फर्निचरमा गएँ। त्यस दिन पनि कसैका पनि हात खाली थिएनन्।

कानमा सिसाकलमा सिउरने काकाचाहिँ ढोकानजिकै हुनुहुन्थ्यो। उहाँ विभिन्न बुट्टाका लागि सिसाकलमले चित्र बनाइरहनुभएको थियो। अरु सिकर्मी के गर्ने, कसो गर्ने भनी छिनछिनमा उहाँलाई सोध्दै काम गरिरहेका थिए। केहीबेरपछि उहाँले मलाई देख्नुभयो।

‘बाबु! के छ?’, मसँग सोध्नुभयो।

‘फर्निचर हेर्न आएको नि। काकाहरूले यस्ता राम्रा राम्रा सामान बनाउनुहुँदोरहेछ!’, जवाफमा मैले भनेँ।

‘काम त गर्नै प¥यो नि बाबु! तिम्रोजस्तो पढ्ने मौका पाइएन।’ काकाले गम्भीर अनुहार पार्दै भन्नुभयो।

‘तपाईं त राम्रो कलाकार हुनुहुन्छ। एउटा मामुली काठबाट यति राम्रो आकृति निकाल्न सक्नु चानचुने काम हो र! पढेकाले पनि यस्तो कहाँ जानेका हुन्छन् र?’, मैले भनेँ।

‘ती सुन्दर बुट्टा र आकृति त काठमै हुन्छन्। हामीले त ती बुट्टा र आकृति बाहेकका नराम्रा भाग जति निकालेर फाल्ने मात्र हो। अनि सबैले तिनलाई राम्रो मान्छन्।’, काकाले फेरि हाँस्दै भन्नुभयो, ‘खासमा हामीले त्यहाँ कुनै नयाँ चिज बनाउने होइन।’

‘ओहो, हो र काका? त्यसो भए त हामीले नराम्रा र अनावश्यक भाग जति निकालिदियौँ भने त सबै कुरामा रामैराम्रा मात्र त बाँकी हुन्छन् नि, हैन त?’

काकाले आश्चर्य मान्दै मुन्टो हल्लाएर थप्नुभयो, ‘हो नि त, कति चाँडो कुरा बुझेको। जीवनमा मात्रै हैन, संसारमा नै नराम्रा चिज जति चिन्न सक्यो र फाल्न सक्यो भने त सबै राम्रैराम्रा त बाँकी हुन्छन् नि।’

सिकर्मीका कुरा मलाई साहै्र घत लाग्यो। ती कुराले मलाई आँखा खुलेजस्तै भयो। उहाँ पक्कै पनि आदरणीय हुनुहुन्छ भन्ने मलाई लाग्यो। अझ उहाँले कानमा सिउरने गरेको सिसाकलम पनि मलाई महान् लाग्यो।

मनमा लागेका कुरा मैले रोकिरहन सकिनँ। ‘काका, तपाईंको त्यो सिसाकलमचाहिँ मलाई दिनोस् न है।’ मैले मुख फोरिहालेँ, ‘बरु मैले भर्खरै किनेका नयाँ सिसाकलम तपाईंलाई दिन्छु, हुन्न?’

मेरा कुरा सुनेर हाँसिरहेका काकाले बिस्तारै हाँसो रोकेर भन्नुभयो, ‘यो सिसाकलम त्यस्तो विशेष केही होइन। तिम्रोजस्तै साधारण हो।’

‘हैन काका, साधारण भए पनि तपाईंको सिसाकलम ठूलो छ। त्यस्ता राम्रा आकार खिच्ने सिसाकलम मलाई राख्न दिनोस् न, तपाईंलाई म नयाँ दिइहाल्छु नि।’

मेरो आग्रह काकाले नकारिरहन सक्नुभएन। उहाँले आफ्नो कानमा सिउरेको सिसाकलम मलाई दिनुभयो। ‘ल ठीकै छ, म मेरो सिसाकलम तिमीलाई दिन्छु तर तिम्रो मलाई दिइराख्नुपर्दैन। त्यो पनि आफैं लिएर राम्रा चित्र कोर।’, उहाँले भन्नुभयो।

‘हुन्न काका, तपाईंले पनि लिनैपर्छ।’, मैले आफ्नो खल्तीबाट नयाँ सिसाकलम झिकेँ अनि अगाडि राखिदिएर धन्यवाद दिँदै फर्किएँ।

बाटोमा मैले काकाको कलम ओल्टाइ पल्टाइ हेरेँ। साँच्चै त्यसमा असाधारण कुरा त केही थिएन। तर त्यति राम्रो आकृति कोर्ने सिसाकलम साधारण भने पक्कै होइन। मैले मनमनै भनेँ र जतन गरी त्यसलाई खल्तीमा राखेँ।

भोलिपल्ट म पनि सिकर्मी काकाले जस्तै कानमा सिसाकलम सिउरेर स्कुल गएँ। मेरो कानमा सिसाकलम देखेर मेरा साथीहरू खित्खिताउन थाले। म पनि सिकर्मी काकालाई सम्झदै मुस्कुराइ दिएँ।

[email protected]

 

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

apex

ग्लोबल

vianetwlink

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस् फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस्

    मास्टर तहको पढाई विश्वविद्यालयहरुमा हुन्छ। केही पोलिटेक्निक्सले मास्टर तहको पढाई पनि सञ्चालन गर्छन तर त्यसका लागि काम गरेको अनुभव खोजिन्छ । हेलसिन्की विश्वविद्यालय, आल्टू विश्वविद्यालय विश्वकै उत्कृष्ट विश्वविद्यालयहरू हुन्। यी विश्वविद्यालयमा भर्ना निकै प्रतिस्पर्धात्मक हुन्छ। फ़िनल्याण्डमा वर्षको एक पटक विधार्थी भर्ना कार्यक्रम हुन्छ, अगस्ट -सेप्टेम्बरमा।

    प्रकाश पोखरेल

  • बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय

    आत्महत्याको घटनालाई कुनै परिवारको निजी मामला भनेर अनदेखा गर्नु भन्दा पनि एउटा सामाजिक, सांस्कृतिक, लैंगिक, आर्थिक, मानसिक र मनोवैज्ञानिक दृष्टिकोणबाट विश्लेषण गर्नु जरुरी छ। गहन विश्लेषण बिना सरल अभिव्यक्ति दिएर सामाजिक दायित्वबाट पन्छिनु चेतनशील व्यक्तिको पहिचान होइन। एक आपसमा सहयोगको भावना, मनोबैज्ञानिक तथा मानसिक समस्याबारे शिक्षा/चेतना,  सकारात्मक सोचाई, स्वस्थ प्रतिस्पर्धा र सामाजिक समस्याहरुप्रतिको संवेदनशीलतालाई प्रोत्साहन गर्ने हो भने आत्महत्याद्वारा अकाल मृत्युको घटनालाई धेरै हदसम्म न्युनिकरण गर्न सकिन्छ।

    बिभु थपलिया श्रेष्ठ

  • एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त? एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त?

    म एक स्वास्थकर्मी हुँ। मैले मुलुकका बिभिन्न जिल्लाहरुमा करिब १५ वर्षसम्म नर्सिङ सेवा प्रदान गरे। मेरो कार्यक्षेत्र दुर्गम र सुगम दुवै ठाउँमा थियो। भाग...

    सुशिला पाण्डे

साहित्यपाटी

  • पैंचो पैंचो

    दुर दराजबाट

    मैलो र फाटेको लुगामा सजिएर

    आफूलाई धकेल्दै आफैंले

    हर्केकी छोरीले ल्याइपुर्‍याएकी छ

    सिंहको गर्जन चल्ने ठाउँमा।

    सिर्जना सुवेदी

  • अजरा ब्युँझनुअघि अजरा ब्युँझनुअघि

    स्थिति सकसपूर्ण छ। अब कुरा कसरी अगाडि बढाउने साएथुरेनलाई थाहा छैन। मौनतालाई चिर्दै सेतो कार निक्कै स्पिडमा कण्डोयोकी गार्डेनको पश्चिम गेटबाट छिर्छ। उनीहरु उभिइरहेको ठाउँबाट प्रष्ट त्यो देखिन्छ। गाडी अचानक रोकिन्छ। निकै हतारमा एउटी अर्की महिला गाडीबाट ओर्लिन्छे र साएथुरेनहरु भएतिर आउँछे। उसले चोको हात समाएर तान्छे र कानेखुसीको पारामा अजराकी आमालाई भन्छे, ‘तैंले गर्दा हामीलाई पनि समस्या भएको छ। छिमेकीहरुले प्रश्न गर्छन्। पुलिसले पनि चियो गर्छ। बाहिरबाट आएका कुलाहरुलाई शरण नदिनु भनेर पुलिसले उर्दी गरेको छ। आजदेखि आफ्नो व्यवस्था आफैं गर। सबभन्दा राम्रो त तँ त्यही मस्जिदमा जा।’ चोलाई घिसार्दै महिला अघि बढ्छे।

    घिमिरे युवराज

  • सिकर्मीको सिसाकलम सिकर्मीको सिसाकलम

    काकाले आश्चर्य मान्दै मुन्टो हल्लाएर थप्नुभयो, ‘हो नि त, कति चाँडो कुरा बुझेको। जीवनमा मात्रै हैन, संसारमा नै नराम्रा चिज जति चिन्न सक्यो र फाल्न सक्यो भने त सबै राम्रैराम्रा त बाँकी हुन्छन् नि।’सिकर्मीका कुरा मलाई साहै्र घत लाग्यो। ती कुराले मलाई आँखा खुलेजस्तै भयो। उहाँ पक्कै पनि आदरणीय हुनुहुन्छ भन्ने मलाई लाग्यो। अझ उहाँले कानमा सिउरने गरेको सिसाकलम पनि मलाई महान् लाग्यो। मनमा लागेका कुरा मैले रोकिरहन सकिनँ। ‘काका, तपाईंको त्यो सिसाकलमचाहिँ मलाई दिनोस् न है।’ मैले मुख फोरिहालेँ, ‘बरु मैले भर्खरै किनेका नयाँ सिसाकलम तपाईंलाई दिन्छु, हुन्न?’ मेरा कुरा सुनेर हाँसिरहेका काकाले बिस्तारै हाँसो रोकेर भन्नुभयो, ‘यो सिसाकलम त्यस्तो विशेष केही होइन। तिम्रोजस्तै साधारण हो।’

    अनन्त वाग्ले

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

vianetwlink