प्रेम, प्लाष्टिकको फूल र बिबाह

प्रेम, प्लाष्टिकको फूल र बिबाह

SAMSUNG
  • Get News Alerts

baleno
tata

भर्खरै मात्रै एक पार्टीमा एकजना मित्रसँग भेट भयो। ‘घटिया’ भन्ने विषयमा चर्चा चलिरहेको थियो। मित्रले साथीहरुकाबिचमा भनेँ ‘जब मैले शाहिद कपुरका फोटो देख्छु तब मलाई उसप्रति दया लाग्दछ र जब म करिना कपुरको फोटो देख्छु उनिप्रति रिस उठ्छ। किन उनले शाहिदलाई धोका दिइन? कति हेण्डसम र चकलेटी अनुहारको छ यो शाहिद कपुर। आखिर सेफ अली खानमा के त्यस्तो चिज होला र उसले शाहिदलाई छोडेर शेफ अलितिर लागि ? अनि अहिले बच्चा पनि पाई? खासमा यदि सेफले करिनालाई पनि छोडिदिएको भए उनले सोच्दि हुन् प्रेमीलाई धोका दिनु कत्तिको घातक हुन्छ भन्ने कुरा?

उनीहरुको कुरा सुनेर म हल्का मुस्कुराएँ मात्र। सोच्नुहोस किन ? उसले के गलत गरी? शेफ अवश्यपनि शाहिद कपुरभन्दा उनको लागि योग्य होला ! यसकारण करिनाले शेफलाई आफ्नो बनाई। यदि शेफभन्दा पनि योग्य उनका लागि कोही मिलेको खण्डमा सायद उनले शेफलाई छोडेर अर्कोलाई पनि अपनाउने थिइन क्यारे। तर यो कुरा शेफका लागि पनि लागु हुन्छ उसले पनि करिनाभन्दा योग्य यदि कोही भेटेको खण्डमा करिनालाई छोडेर अरु कसैको जीवनमा समाहित हुन सक्थे। मेरा कुरा सुनेर साथी रनभुँल्लमा परे।

र उनले भने ‘के मतलब हो तपाईको? के जीवनभर प्रेमी बदल्नु राम्रो हो ? फेरि यसरी बदल्नुमा कसरी साँचो प्रेम झल्किन्छ ? यो त केवल वासना हो’।

मैले भने– होइन, यही नै साँचो प्रेम हो। कुनैदिन एउटा छोडेर अर्कोसँग जीवन गुजारेका कुनै युवती वा महिलासँग सोधिएको खण्डमा उनले बताउँनेछिन जो सँग प्रेम थियो त्यो पनि साँचो थियो, जो सँग प्रेम गरिरहको छु त्यो पनि साँचो हो र जो सँग गर्नेछु साँचैप्रेम गर्नेछु। यस्तो जवाफ आउनेछ। किनकी यदि करिनालाई यो कुरा सोधियो भने उनले भन्नेछिन शाहिदसँग पनि उनको प्रेम साँचो थियो र आज शेफ अलिखानसँग पनि उनको प्रेम साँचो नै छ।

सायद उनीहरुले मेरा कुरा बुझेनन् वा मेरो विचारसँग सहमत भएनन् आखिर हाम्रो कुराकानी बन्द भयो त्यहाँ। धेरैलाई यो लाग्दो पनि होला कि सहमत नहुन पनि सक्लान किनकी एकपछि अर्को प्रेमगर्नेलाई हामी सही पनि भन्न सक्दैनौ बिना बाचा गरिएको प्रेम पनि के प्रेम ? भन्ने प्रश्न उठ्छ।

मेरो मान्यता के भने बिना बाचाका साथ गरिएको प्रेम जुनसुकै होस खासगरी रोमाण्टिक प्रेम सबैभन्दा आनन्ददायक हो। जस्तै हाँगामा फक्रेको फूलको कुनै बाचा हुन्न कि ऊ सधैं हाँगामा फूलीरहोस् वा सधैं सुगन्ध दिइरहोस् यसरी नै प्रेम पनि कुनैपनि शर्तमा बाँधिएर रहन्न ताकि सधैंभरी प्रेम भइनै रहोस् भन्ने। तर दुवैको स्थिति उस्तैउस्तै हो चमत्कार स्वप्निल। यसको तुलनामा हामी प्लाष्टिकको फूलसँग गरेर हे¥यौं भने धेरै भिन्नता पाउँछौं। जो पलपल फुलीरहेको त हुन्छ तर डालीमा फूलेको फूलले जस्तै आनन्द, सुगन्ध र कहाँ दिन्छ र ?

प्रेमको पनि सिधा अर्थ छ यदि कोही तपाईलाई राम्रो लाग्यो भने वा तपाईँपनि कसैलाई राम्रो लाग्यो भने प्रेम हुन्छ। यस्तो प्रेमको आधार कुनै रगतको सम्बन्ध हुँदैन। कुनै सात राउण्ड जग्गेको सम्बन्ध वा रोजगारको वाध्यता केही हुन्न। केवल इमान्दार र साँचो प्रेम मात्र हुन्छ। बिना लेनदेन प्रेमको नशा उच्चतम हुन्छ।

तर यो नशा धेरैपटक बाहिर निक्लन्छ। कहिले सातदिनमा त कहिले सात महिना र कहिलेकाँही सात वर्षमा। नशा वाहिर निक्लनुमा केवल तीन कारण हुन सक्छन्। पहिलो जुन मान्छे एकदम राम्रो थियो तर पछि गएर उसका कमि कमजोरीहरु आउन थाले जुन रुचिकर भएनन् भने दोश्रो के भने जुन प्रेम बिना बाचाकासाथ सुरुभएको थियो भने पछि बाचाको दबाब हुँदै शर्तहरु थोपार्न थालियो। जस्तै यस्तो नगर, उस्तो नगर, यस्तो नलगाऊ आदि। तेश्रो के भने विभिन्न कारणहरु जस्तै घर र समाजको दवाव, सुखी र समृद्दि जीवनको चाहना अति महात्वकाँक्ष आदि हुन्छन्।

तर कारण जे सुकै होस तर लेखको उदेश्य के भने बिना बाचाकासाथ शुरु भएको प्रेमको यात्रामा उसलाई जुनसुकै साथीको साथ जुनसुकै स्टेशनमा उत्रनु उसको हक हो। जो प्रेमिका यस जन्मको लागि नभई अर्को जन्ममा तपाईलाई पाउनका लागि भगवानसँग प्रार्थना गरिसकेकी छ र एकदिन उसले भनि की मेरो जीवनमा तपाईलाई यो जन्ममा कुनै स्थान छैन त्यसबेला केवल भन्नुपर्दछ ‘नो प्रब्लम’। अतितका जतिपनि क्षणहरु उससँग विताएका हुन्छन् जुन स्वर्णिम हुन्। जसरी मानिस मरेर जान्छ र जिउँदो बनाउन सकिँदैन त्यसरी नै प्रेम विछोड भइसकेपछि फेरि प्रेमको आशा गर्नु मरिसकेकोलाई जिउँदो बनाउनु जस्तै हो। प्रेमी पाएपनि प्रेमत्व पाइदैन।

त्यसैले अर्को एउटा बाटो छ कुनै प्रेमको फूल फूल्ने वा फुलाउने आशा गर्नु। तर हमेसा याद राख्ने कुरा के भने यी प्रेमका फूलहरु कुनैपनि बेला मुर्झाउन सक्छन्। यदि फूल मुर्झाउँछ र त्यो बेचैनबाट बच्ने उपाय केवल एउटै बाटो हो ‘बिबाह’। जुन पलाष्टिकको पूल हो जसले जिन्दगीभर साथ त दिन्छ, तर समय समयमा उसलाई धुनचाहिँ पर्दछ यो फूल सुन्दर पनि हुन्छ, स्थायी पनि हुन्छ तर यसमा त्यो सुगन्ध हुँदैन जो त्यतिबेलाको फूलको डालीमा फुलेको फुलको हुन्छ।

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

apex

ग्लोबल

vianetwlink

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस् फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस्

    मास्टर तहको पढाई विश्वविद्यालयहरुमा हुन्छ। केही पोलिटेक्निक्सले मास्टर तहको पढाई पनि सञ्चालन गर्छन तर त्यसका लागि काम गरेको अनुभव खोजिन्छ । हेलसिन्की विश्वविद्यालय, आल्टू विश्वविद्यालय विश्वकै उत्कृष्ट विश्वविद्यालयहरू हुन्। यी विश्वविद्यालयमा भर्ना निकै प्रतिस्पर्धात्मक हुन्छ। फ़िनल्याण्डमा वर्षको एक पटक विधार्थी भर्ना कार्यक्रम हुन्छ, अगस्ट -सेप्टेम्बरमा।

    प्रकाश पोखरेल

  • बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय

    आत्महत्याको घटनालाई कुनै परिवारको निजी मामला भनेर अनदेखा गर्नु भन्दा पनि एउटा सामाजिक, सांस्कृतिक, लैंगिक, आर्थिक, मानसिक र मनोवैज्ञानिक दृष्टिकोणबाट विश्लेषण गर्नु जरुरी छ। गहन विश्लेषण बिना सरल अभिव्यक्ति दिएर सामाजिक दायित्वबाट पन्छिनु चेतनशील व्यक्तिको पहिचान होइन। एक आपसमा सहयोगको भावना, मनोबैज्ञानिक तथा मानसिक समस्याबारे शिक्षा/चेतना,  सकारात्मक सोचाई, स्वस्थ प्रतिस्पर्धा र सामाजिक समस्याहरुप्रतिको संवेदनशीलतालाई प्रोत्साहन गर्ने हो भने आत्महत्याद्वारा अकाल मृत्युको घटनालाई धेरै हदसम्म न्युनिकरण गर्न सकिन्छ।

    बिभु थपलिया श्रेष्ठ

  • एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त? एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त?

    म एक स्वास्थकर्मी हुँ। मैले मुलुकका बिभिन्न जिल्लाहरुमा करिब १५ वर्षसम्म नर्सिङ सेवा प्रदान गरे। मेरो कार्यक्षेत्र दुर्गम र सुगम दुवै ठाउँमा थियो। भाग...

    सुशिला पाण्डे

साहित्यपाटी

  • पैंचो पैंचो

    दुर दराजबाट

    मैलो र फाटेको लुगामा सजिएर

    आफूलाई धकेल्दै आफैंले

    हर्केकी छोरीले ल्याइपुर्‍याएकी छ

    सिंहको गर्जन चल्ने ठाउँमा।

    सिर्जना सुवेदी

  • अजरा ब्युँझनुअघि अजरा ब्युँझनुअघि

    स्थिति सकसपूर्ण छ। अब कुरा कसरी अगाडि बढाउने साएथुरेनलाई थाहा छैन। मौनतालाई चिर्दै सेतो कार निक्कै स्पिडमा कण्डोयोकी गार्डेनको पश्चिम गेटबाट छिर्छ। उनीहरु उभिइरहेको ठाउँबाट प्रष्ट त्यो देखिन्छ। गाडी अचानक रोकिन्छ। निकै हतारमा एउटी अर्की महिला गाडीबाट ओर्लिन्छे र साएथुरेनहरु भएतिर आउँछे। उसले चोको हात समाएर तान्छे र कानेखुसीको पारामा अजराकी आमालाई भन्छे, ‘तैंले गर्दा हामीलाई पनि समस्या भएको छ। छिमेकीहरुले प्रश्न गर्छन्। पुलिसले पनि चियो गर्छ। बाहिरबाट आएका कुलाहरुलाई शरण नदिनु भनेर पुलिसले उर्दी गरेको छ। आजदेखि आफ्नो व्यवस्था आफैं गर। सबभन्दा राम्रो त तँ त्यही मस्जिदमा जा।’ चोलाई घिसार्दै महिला अघि बढ्छे।

    घिमिरे युवराज

  • सिकर्मीको सिसाकलम सिकर्मीको सिसाकलम

    काकाले आश्चर्य मान्दै मुन्टो हल्लाएर थप्नुभयो, ‘हो नि त, कति चाँडो कुरा बुझेको। जीवनमा मात्रै हैन, संसारमा नै नराम्रा चिज जति चिन्न सक्यो र फाल्न सक्यो भने त सबै राम्रैराम्रा त बाँकी हुन्छन् नि।’सिकर्मीका कुरा मलाई साहै्र घत लाग्यो। ती कुराले मलाई आँखा खुलेजस्तै भयो। उहाँ पक्कै पनि आदरणीय हुनुहुन्छ भन्ने मलाई लाग्यो। अझ उहाँले कानमा सिउरने गरेको सिसाकलम पनि मलाई महान् लाग्यो। मनमा लागेका कुरा मैले रोकिरहन सकिनँ। ‘काका, तपाईंको त्यो सिसाकलमचाहिँ मलाई दिनोस् न है।’ मैले मुख फोरिहालेँ, ‘बरु मैले भर्खरै किनेका नयाँ सिसाकलम तपाईंलाई दिन्छु, हुन्न?’ मेरा कुरा सुनेर हाँसिरहेका काकाले बिस्तारै हाँसो रोकेर भन्नुभयो, ‘यो सिसाकलम त्यस्तो विशेष केही होइन। तिम्रोजस्तै साधारण हो।’

    अनन्त वाग्ले

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

vianetwlink