बाढीपीडित किसानका निम्ति भदौ १० भित्रै विशेष राहत प्याकेज ल्याइनेछः मन्त्री यादव

SAMSUNG
  • Get News Alerts

baleno
tata

कृषि विकासमन्त्री रामकृष्ण यादवले बाढीले कृषि क्षेत्रमा धेरै क्षति गराएको भन्दै आगामी भदौ १० भित्रै विशेष राहत प्याकेज घोषणा गर्ने बताएका छन्।

शनिबार रिपोर्टर्स क्लब नेपालले गरेको साक्षात्कारमा बोल्दै मन्त्री यादवले भने, ‘बाढीले कृषिमा धेरै अपुरणीय क्षति गराएको छ। धान खेत नष्ट भएका छन्, माछापालनदेखि अन्य कृषिजन्य संरचनाहरु नै ध्वस्त भएका छन्।’

सरकारले राहत तथा उद्धारको लागि मृतकका परिवारलाई २ लाख र घर मर्मत गर्न २५ हजारका साथै दैनिक खाजा खर्चस्वरुप ७० रुपैयाँ दिने निर्णय गरेको जानकारी पनि दिए।

त्यस्तै उनले आफ्नो मन्त्रालय मातहतका करिब ७५ सय कर्मचारीहरुबाट संकलित एक करोड २० लाख रुपैयाँ केही दिनभित्रै प्रधानमन्त्री राहत कोषमा जम्मा गरिनेपनि जनाए।

क्षति कति भएको र कति राहत दिने भन्नेबारे उच्चस्तरीय समिति गठन भएकोले यही भदौ १० गतेभित्रै विशेष राहत प्याकेज घोषणा गरिने उनले दावी गरे। उनले भने, ‘पीडितका लागि हामी विशेष राहत घोषणा गर्दैछौं। बैंकमा ऋण लिएका किसानलाई कति छुट दिने, मिनाहा गर्न सकिने भए गर्ने। यी सबैबारे अहिले समितिले काम गरिरहेको छ। के हुन्छ हामी चाँडै घोषणा गर्छौं।’

त्यस्तै नष्ट भएका बाली पुनः रोप्न चाहनेलाई निःशुल्क वा छुटमा बीउ र माछाका भुरा उपलब्ध गराउने मन्त्रालयको तयारी रहेको पनि उनले जानकारी दिए।

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

थप समाचार

  • पत्रकार महासंघमा राजनीतिकरण भयोः एमाले अध्यक्ष ओली

    नेकपा एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेस र माओवादी केन्द्रले पत्रकार महासंघलाई राजनीतिकरण गरेको आरोप लगाएका छन्। नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनको पुर्वसन्ध्यामा प्रेस चौतारी नेपालले शनिबार राजधानीमा गरेको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन्।

  • नेता नेपाल स्वदेश फर्किए

    नेता नेपाल स्वदेश फर्किए

    नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले बैज्ञानिक आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने बताएका छन्। उत्तर कोरियाको भ्रमण सकेर शनिबार फर्किएका नेता नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै यसअघि २ सय ५ वटा निर्वाचन क्षेत्र निर्धारण गर्दाका आधारहरुलाई टेकेर बैज्ञानिक ढंगले क्षेत्र निर्धारण गर्नुपर्ने धारणा राखेका हुन्।

  • 'माया भरिएको बाल्टिन' लिएर गगन थापा बाढी प्रभावित क्षेत्रमा

    'माया भरिएको बाल्टिन' लिएर गगन थापा बाढी प्रभावित क्षेत्रमा

    बाढी प्रभावितका निम्ति राहत संकलन अभियान चलाएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य राहत वितरण गर्दै प्रभावित क्षेत्र पुगेका छन्। 'माया भरिएको बाल्टिन' अभियानमार्फत संकलन गरिएका राहत सामाग्री लिएर गगन थापाको नेतृत्वमा वितरण टोली झापा, मोरङ, सुनसरी, रौतहट, सिराहा, धनुषा गएका हुन्। 

  • भारतमा पक्राउ परेका युवकलाई रिहा गर्न नेता खनालको आग्रह

    भारतमा पक्राउ परेका युवकलाई रिहा गर्न नेता खनालको आग्रह

    आमाको उपचारमा भारत गएका नेपाली युवकलाई भारतीय प्रहरीले पक्राउ गरेपछि पूर्वप्रधानमन्त्री झलनाथ खनालले तत्काल रिहाइको माग गरेका छन्। नेकपा एमालेका वरिष्ठ नेता पूर्वप्रधानमन्त्री खनालले पक्राउ परेका इलाम सूर्योदय नगरपालिका–१० का २७ वर्षीय उदयहाङ फागो निर्दोष रहेकाले रिहाइको पहल गरिदिन भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसँग शुक्रबार टेलिफोन वार्ता गरेका खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।

  • सहमतिको आधारमा संविधान संशोधन विधेयक अघि बढाउन राष्ट्रपतिको सुझाव

    सहमतिको आधारमा संविधान संशोधन विधेयक अघि बढाउन राष्ट्रपतिको सुझाव

    राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा छलफलको क्रममा रहेको संविधान संशोधन विधेयक सहमतिको आधारमा अघि बढाउन दलहरुलाई सुझाव दिएकी छन्। प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शिर्ष नेताहरुसँग शितल निवासमा भएको भेटमा सबै दल मिलेर सहमति बनाएर संविधान संशोधन गर्न सुझाव दिएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सेतोपाटीलाई बताए।