बाढीले चुनाव क्षेत्र झरेका नेता

बाढीले चुनाव क्षेत्र झरेका नेता

SAMSUNG
  • Get News Alerts

baleno
tata

तस्बिरः युगवाणी डटकम


शुक्रबार राति वर्षापछि आफ्नो क्षेत्रका बस्तीतिर कारण बाढी पसेको खबर सुनेलगत्तै शेखर कोइराला विराटनगर पुगे।

सेनाको हेलिकप्टरबाट उनले सुरुमै सुनसरीका बाढीग्रस्त क्षेत्र निरीक्षण गरे। बाढी अलि कम भएपछि राहत वितरणमा जुटे।

कांग्रेस नेता हुनुअघि कोइराला डाक्टर थिए। दुई दिनयता उनी फेरि हातमा 'स्टेथेस्कोप' लिएर बाढीपीडितको स्वास्थ्य उपचारमा खटेका छन्। जनता विपदमा परेका बेला उनीहरुको माझमा नगए नेता हुनुको अर्थ नहुने धारणा उनको छ।

'निरीक्षण र राहत वितरणकै क्रममा म जनताको घरदैलो पुगेँ। चिसो र फोहोर पानीका कारण केटाकेटीदेखि बृद्धासम्म विरामी छन्। अनि मैले स्वास्थ्य शिविर चलाएको हुँ,' उनले भने, 'जनता विपदमा परेको बेला उनीहरुको माझमा आउन नसक्ने नेताको कुनै ‌औचित्य नहुने भन्ने लागेर म यहाँ आएको हुँ।'

उपचार गर्न उनले छाडेका त थिएनन्, यसरी शिविरमा काम नगरेको भने ३० वर्ष भइसकेको उनले बताए। जनताको सेवा गर्न पाउँदा आफूलाई बेग्लै अनुभूति भएको उनले बताए। सुनसरी ७ का सांसद कोइराला यसअघि चुनावमा मधेसी जनाधिकार फोरमसँग थोरै मतले जित्न सफल थिए।

तस्बिरः युगवाणी डटकम


बाढी उर्लिएसँगै अरू नेताहरु पनि पीडितको सहयोगार्थ तराई जान थालेका छन्।

बुधबार, पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल सप्तरी पुगे। आफ्नो निर्वाचन क्षेत्र हुँदा पनि थोरै मतले हारेका दाहाल आफ्ना मतदाताको दुःखमा सहयोग गर्ने भन्दै पुगेका हुन्।

छोरा प्रकाशले फेसबुकमा राखेका तस्बिरमा दाहाल दुबैतिर पानी भरिएको खेतमा लठ्ठी समाउँदै चिप्लो बाटोमा हिँडिरहेका देखिन्छन्।

उनी सप्तरीबाहेक तराईका अन्य क्षेत्र पनि पुगिरहेका छन्।

बाढी प्रभावित क्षेत्र निरीक्षणपछि उनले भूकम्पका बेला तराईले सहयोग गरेको भन्दै अहिले पहाडले तराईलाई सहयोग गर्न तत्पर रहेको बताए। यसरी एकअर्कालाई दुःख परेको बेला साथ दिदैं बढे देश सुन्दर हुने दाहालले बताए।

उनले बाढी प्रभावित क्षेत्रमा राम्रो खाद्यान्न पठाउन आपूर्तिमन्त्रीलाई नै भेटेर आफूले सम्झाएको पनि सुनाए। 

बाढी प्रभावित क्षेत्रलाई संकटग्रस्त घोषणा गरेर राहतमा जुट्न सरकारलाई दबाब दिएको एमाले त झन् तराई नजाने कुरै भएन। उसले मधेसमा आफ्ना नेता कार्यकर्ता परिचालन गरेको छ।

पार्टी सचिव शंकर पोखरेल खाली खुट्टै बाढीप्रभावित ठाउँमा पुगे। राहत वितरण र बाढीपीडितका अप्ठेरोमा साथ दिन उनी दाङ जिल्लाका बस्तीबस्ती पुगेका छन्। दाङ उनको चुनाव क्षेत्र हो। तर यसअघि उनी यहाँबाट एकपटकमात्र जितेपनि पटकपटक हार बेहोर्नुपरेको छ। यसपालि भने स्थानीय चुनावमा दाङका दुई उपमहानगरै एमालेले जितेको थियो।

तस्बिरः जागरन अनलाइनबाट


केही दिनअघि प्रधानमन्त्री शेरबहादुर देउवा पनि बाढीपीडितको अवस्था बुझ्न मधेस गए। उनको साथमा गृहमन्त्री लगायत अरु सरकारी अधिकारी थिए। उनले ठाउँ-ठाउँमा खाद्यान्न बाँडे।

जनता विपदमा परेको बेला उनीहरुमाझ पुग्नुपर्छ भन्दै राजनीतिक दलका नेताहरु बाढीपीडितको घरदैलोसम्म पुगेका हुन्।

 

नजिकिँदै गरेको चुनावका कारण विपत्ति परेका बेला आफ्नो आँगनमा आएको जनताले बिर्सिदैंनन् भन्ने हेक्का राख्ने नेतालाई त्यहाँ पुग्नुपर्ने दबाब छ।

एमाले स्थायी समिति सदस्य पोखरेलले आफू जनताको साथमा हामी छौँ भन्ने बुझाउन यहाँ आएको बताए।

'कतिपय ठाउँमा स्थानीय तहमा जनताका प्रतिनिधि छन्। त्यसैले हामीले पहिलेजस्तो सबै काम गर्नुपर्दैन तर जनता का समस्या कस्ता छन् र नीतिगत तहमा हामीले के गर्न सकिन्छ भन्ने जान्न पनि यहाँ आएका हौँ,' उनले भने।

कोइरालाले चुनावका बेलामात्र नभएर जनता साँच्चै विपतमा परेका बेला नेता उनीहरुको साथमा हुनुपर्ने बताए।

'यसबेला पनि त्यहाँ गइन भने मेरो राजनीति के का लागि र किन भन्ने मनमा आयो र म यहाँ आएको हुँ,' उनले भने।

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

थप समाचार

  • बाढीपीडित किसानका निम्ति भदौ १० भित्रै विशेष राहत प्याकेज ल्याइनेछः मन्त्री यादव

    बाढीपीडित किसानका निम्ति भदौ १० भित्रै विशेष राहत प्याकेज ल्याइनेछः मन्त्री यादव

    कृषि विकासमन्त्री रामकृष्ण यादवले बाढीले कृषि क्षेत्रमा धेरै क्षति गराएको भन्दै आगामी भदौ १० भित्रै विशेष राहत प्याकेज घोषणा गर्ने बताएका छन्।

  • पत्रकार महासंघमा राजनीतिकरण भयोः एमाले अध्यक्ष ओली

    नेकपा एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेस र माओवादी केन्द्रले पत्रकार महासंघलाई राजनीतिकरण गरेको आरोप लगाएका छन्। नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनको पुर्वसन्ध्यामा प्रेस चौतारी नेपालले शनिबार राजधानीमा गरेको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन्।

  • नेता नेपाल स्वदेश फर्किए

    नेता नेपाल स्वदेश फर्किए

    नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले बैज्ञानिक आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने बताएका छन्। उत्तर कोरियाको भ्रमण सकेर शनिबार फर्किएका नेता नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै यसअघि २ सय ५ वटा निर्वाचन क्षेत्र निर्धारण गर्दाका आधारहरुलाई टेकेर बैज्ञानिक ढंगले क्षेत्र निर्धारण गर्नुपर्ने धारणा राखेका हुन्।

  • 'माया भरिएको बाल्टिन' लिएर गगन थापा बाढी प्रभावित क्षेत्रमा

    'माया भरिएको बाल्टिन' लिएर गगन थापा बाढी प्रभावित क्षेत्रमा

    बाढी प्रभावितका निम्ति राहत संकलन अभियान चलाएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य राहत वितरण गर्दै प्रभावित क्षेत्र पुगेका छन्। 'माया भरिएको बाल्टिन' अभियानमार्फत संकलन गरिएका राहत सामाग्री लिएर गगन थापाको नेतृत्वमा वितरण टोली झापा, मोरङ, सुनसरी, रौतहट, सिराहा, धनुषा गएका हुन्। 

  • भारतमा पक्राउ परेका युवकलाई रिहा गर्न नेता खनालको आग्रह

    भारतमा पक्राउ परेका युवकलाई रिहा गर्न नेता खनालको आग्रह

    आमाको उपचारमा भारत गएका नेपाली युवकलाई भारतीय प्रहरीले पक्राउ गरेपछि पूर्वप्रधानमन्त्री झलनाथ खनालले तत्काल रिहाइको माग गरेका छन्। नेकपा एमालेका वरिष्ठ नेता पूर्वप्रधानमन्त्री खनालले पक्राउ परेका इलाम सूर्योदय नगरपालिका–१० का २७ वर्षीय उदयहाङ फागो निर्दोष रहेकाले रिहाइको पहल गरिदिन भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसँग शुक्रबार टेलिफोन वार्ता गरेका खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।