संघ/प्रदेश निर्वाचन: आयोगले किन रोज्यो दुई चरण?

संघ/प्रदेश निर्वाचन: आयोगले किन रोज्यो दुई चरण?

SAMSUNG
  • Get News Alerts

baleno
tata

निर्वाचन आयोगले संघ र प्रदेशको निर्वाचन एकसाथ गर्न बिहिबार दलहरुसँग सहमति जनायो। सुरुवातमा कानुनी जटिलता र प्राविधिक कठिनाईको हुने बताइरहेको आयोग एकसाथ निर्वाचन गर्न त तयार भयो तर अर्को सर्त राख्यो - 'दुई चरणमा निर्वाचन।'

मंसिरमा निर्वाचनका लागि दलहरू तयार भए पनि आयोगले एकै चरणमा निर्वाचन किन चाहेन? किन ३१ जिल्ला मात्र मंसिर ४ भन्यो त?

सेतोपाटीको प्रश्नमा निर्वाचन आयोगका आयुक्त नरेन्द्र दाहालले शंकालु नबन्न आग्रह गरे। साथै दुई चरण रोज्नुको दुई कारण दिए। दाहालले समयको चाप पहिलो कारण भएको बताए।

'दुई चरण गर्‍यो भने आयोगलाई मतदाता नामावली छाप्नका लागि समय हुन्छ। दोस्रो चरणको पनि छाप्न र व्यवस्थापन गर्न सहज हुन्छ भनेर हो’, दाहालले भने, 'कुरो यत्ति हो। समय छोटो भयो। मंसिरमै गर्नुपर्ने अवस्था भयो।’ उनले दोस्रो कारण भने मौसमी अवस्था रहेको बताए।

'हिमाली र उच्च पहाडी जिल्ला मंसिरमा हिउँ पर्न सुरु गर्छ। त्यहाँ पहिला गर्ने तराईमा नपर्ने भएकाले ढिला गर्ने भनेको हो', दाहालले भने। ३१ जिल्ला रोज्नुको कारण पनि उच्च पहाडी र हिमाली जिल्लामा हुनु बाहेक अन्य कारण नभएको दावी उनको थियो। आयोगले बिहिबार बालुवाटारमा भएको छलफलमा मंसिर ४ गते ३१ जिल्लामा निर्वाचन गर्न सकिने बताएको थियो।

'हामीले प्रदेश भन्दा हावापानीलाई जोड दियौँ', दाहालले भने।

उनले स्थानीय निकायको निर्वाचन प्रदेशमा एकसाथ गर्नपर्ने कानुनी व्यवस्था भए पनि प्रतिनिधिसभा र प्रदेश सभाको हकमा कुनै प्रतिबन्धात्मक अवस्था नरहेको उल्लेख गरे।

सरकारले निर्वाचन क्षेत्र निर्धारण गरेर टुङ्गो छिटो नलगाए निर्वाचन मंसिरमा गर्न समय अभाव हुने दावी समेत उनले गरे।

'निर्वाचन क्षेत्र निर्धारण आयोगको प्रतिवेदन भदौ १५ गतेसम्म भनेका छौँ। १ सय ६५ क्षेत्र, अनि प्रदेशमा ३ सय ३० क्षेत्र बनाउनुपर्‍यो। नामावलीहरु त्यस अनुसार फाइलन गर्न अफ्ठेरो हुनसक्छ त्यसैले हतारिएका छौँ', दाहालले भने।

आयोगले एउटै मतपत्रबाट प्रत्यक्ष र समानुपातिक निर्वाचन गर्न जटिलता हुने बताएको भए पनि दलहरुबीच दुई मतपत्र बनाउने समझदारीसँगै जटिलता अन्त्य भएको उनले बताए।

'कतै निर्वाचन आयोगका कर्मचारी र पदाधिकारीले भत्ता र आर्थिक फाइदा हेर्दै प्रदेश र संघको निर्वाचन त चाहेका थिएनन्' भन्ने सेतोपाटीको प्रश्नमा दाहालले 'सोच अनुसारको ब्याख्या' भएको तर्क गरे।

'मान्छेको विभिन्न किसिमकको सोच र धारणा हुन्छ। सोही अनुसार ब्याख्या गर्ने हो। हामी अरुको मनमा पस्न सक्दैनौँ। चित्त बुझाउन सकिदैँन। निर्वाचन आयोगलाई सजिलो प्रतिनिधिसभा र प्रदेशको निर्वाचन छुट्टा छुट्टै गर्दा हुन्थ्यो। गर्न सहज हुन्थ्यो। टेक्निकल्ली र प्राविधिक रुपमा सहज हुन्थ्यो,' दाहालले स्पष्टिकरण दिए।

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

थप समाचार

  • बाढीपीडित किसानका निम्ति भदौ १० भित्रै विशेष राहत प्याकेज ल्याइनेछः मन्त्री यादव

    बाढीपीडित किसानका निम्ति भदौ १० भित्रै विशेष राहत प्याकेज ल्याइनेछः मन्त्री यादव

    कृषि विकासमन्त्री रामकृष्ण यादवले बाढीले कृषि क्षेत्रमा धेरै क्षति गराएको भन्दै आगामी भदौ १० भित्रै विशेष राहत प्याकेज घोषणा गर्ने बताएका छन्।

  • पत्रकार महासंघमा राजनीतिकरण भयोः एमाले अध्यक्ष ओली

    नेकपा एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेस र माओवादी केन्द्रले पत्रकार महासंघलाई राजनीतिकरण गरेको आरोप लगाएका छन्। नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनको पुर्वसन्ध्यामा प्रेस चौतारी नेपालले शनिबार राजधानीमा गरेको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन्।

  • नेता नेपाल स्वदेश फर्किए

    नेता नेपाल स्वदेश फर्किए

    नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले बैज्ञानिक आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने बताएका छन्। उत्तर कोरियाको भ्रमण सकेर शनिबार फर्किएका नेता नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै यसअघि २ सय ५ वटा निर्वाचन क्षेत्र निर्धारण गर्दाका आधारहरुलाई टेकेर बैज्ञानिक ढंगले क्षेत्र निर्धारण गर्नुपर्ने धारणा राखेका हुन्।

  • 'माया भरिएको बाल्टिन' लिएर गगन थापा बाढी प्रभावित क्षेत्रमा

    'माया भरिएको बाल्टिन' लिएर गगन थापा बाढी प्रभावित क्षेत्रमा

    बाढी प्रभावितका निम्ति राहत संकलन अभियान चलाएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य राहत वितरण गर्दै प्रभावित क्षेत्र पुगेका छन्। 'माया भरिएको बाल्टिन' अभियानमार्फत संकलन गरिएका राहत सामाग्री लिएर गगन थापाको नेतृत्वमा वितरण टोली झापा, मोरङ, सुनसरी, रौतहट, सिराहा, धनुषा गएका हुन्। 

  • भारतमा पक्राउ परेका युवकलाई रिहा गर्न नेता खनालको आग्रह

    भारतमा पक्राउ परेका युवकलाई रिहा गर्न नेता खनालको आग्रह

    आमाको उपचारमा भारत गएका नेपाली युवकलाई भारतीय प्रहरीले पक्राउ गरेपछि पूर्वप्रधानमन्त्री झलनाथ खनालले तत्काल रिहाइको माग गरेका छन्। नेकपा एमालेका वरिष्ठ नेता पूर्वप्रधानमन्त्री खनालले पक्राउ परेका इलाम सूर्योदय नगरपालिका–१० का २७ वर्षीय उदयहाङ फागो निर्दोष रहेकाले रिहाइको पहल गरिदिन भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसँग शुक्रबार टेलिफोन वार्ता गरेका खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।