फोटो फिचर: भोट हाल्ने फोटो खिच्न अझै चटारो

SAMSUNG
  • Get News Alerts

baleno
tata

१९ वर्षीय प्रतिक्षा पोखरेल बिहिबार बबरमहलस्थित जिल्ला निर्वाचन कार्यालय काठमाडौँ पुगिन्। पाल्पा घर भए पनि अध्ययनका लागि काठमाडौं रहेकी उनी झण्डै तीन घण्टा लाइन बसिन्। निर्वाचन आयोगले खटाएका कर्मचारीले उनलाई कम्युटर अगाडि बसाए। फोटो खिचे। अनि उनको औँठा छाप स्क्यान गरे। पोखरेलले मतदाता नामावलीमा नाम लेखाइन्।

सरकारले प्रदेश र प्रतिनिधिसभा निर्वाचनको मिति तोक्ने तयारी गरिरहँदा देशभर मतदाता नामावली संकलन जारी छ। स्थानीय तहको निर्वाचनमा मतदान गर्नबाट बञ्चित भएका र १८ वर्ष उमेर पुगेका मतदाता नामावली संकलनमा उत्साहसाथ सहभागि भैरहेका छन्। राजधानी काठमाडौँमा राष्ट्रिय सभा गृह र जिल्ला निर्वाचन कार्यालय रहेको बबरमहलस्थित जिल्ला प्रशासन कार्यालयमा पनि मतदाता नामावली दर्ता गराउनेको भिड छ। निर्वाचन आयोगले साउन ३२ गतेसम्म मतदाता नामावली संकलन गर्ने जनाए पनि मतदाताको लाइन बढेपछि भदौ ३ गतेसम्मका लागि तन्काएको छ। मतदाता नामावली दर्ताका लागि मात्र दुई दिन बाँकी छ।

मतदाता नामावलीमा नाम दर्त गराएपछि खुसी देखिएकी पोखरेलले भनिन् - 'रेस्पोन्सिबल सिटिजन बन्नका लागि नाम लेखाएको हुँ।'

प्लस टूको अध्ययन सकेकी उनी निर्वाचनमा मतदान गर्न चाहन्छिन्। काठमाडौंबाट नाम दर्ता गराए पनि पाल्पामा भोट हाल्न चाहान्छिन्। 'आफ्नो ठाउँमा कसले काम गर्न सक्छ। विकास गर्न सक्छ उसलाई भोट दिने,' पाखरेलले भनिन्।

पोखरेल साउन ३२ गते पनि लाइन बसेकी थिइन्। तर त्यो दिन भीड भएपछि उनी फर्किइन्। फेरि नाम दर्ताका लागि लाइन बस्ने चाहाना उनको थिएन। 'ड्याडीले कर गरेपछि आएँ', उनले सेतोपाटीसँग भनिन्।

पोखरेलले जस्तै काठमाडौँ मोडल कलेजमा अध्ययनरत २० वर्षकी सुस्मीता बरालले पनि चितवनबाट भोट हाल्न काठमाडौँबाट नाम दर्ता गराइन्। कलेजको कक्षा हापेर मतदाता नामावलीमा नाम लेखाउन उनी ड्रेसमै बबरमहल पुगेकी थिइन्। तीन घण्टा लाइन बस्न उनले एक बोतल पानी समेत किन्नुपर्‍यो। बरालले मतदाता नामावलीमा नाम लेखाउन कर बल भन्दा आफ्नै 'कन्सियसनेस' बाट आएको बताइन्। 'स्थानीय तह निर्वाचनमा भोट हाल्न पाइएन। रिग्रेट भयो। मलाई थाहा छ भोट हाम्रोलाई हैन राम्रोलाई दिनुपर्छ', बरालले भनिन्।

बरालले राम्रोलाई भोट दिने इच्छा बताइरहँदा काभ्रेका ६१ वर्षिय कृष्णबहादुर श्रेष्ठसँग भने स्थानीय तहको निर्वाचनमा आफ्नै दाईलाई भोट दिन नपाएको गुनासो छ। 'दाई वडामा उम्मेद्वार उठ्दा पनि भोट हाल्न पाइएन', श्रेष्ठले भने, 'छोरा बुहारीले भोट हाले। मैले सहयोग मात्र गर्न सकेँ।'

उनी बिहान ११ बजे नै बबरमहल पुगेर लाइनमा बसेका थिए। नेपाल प्रहरीका इन्सपेक्टर आएर 'बा लाइन बस्न पर्दैन आउनुस्', भनेर उनलाई अगाडि पठाइदिए। नामावलीमा नाम दर्ता पछि भोट हाल्न पाउने भएकोमा उनी खुसी भए।

रामेछापबाट काठमाडौंको किर्तिपुर बसाँइ सरेकी ५५ बर्षिय जुनकिरी खत्रीले पनि बिहिबार नै मतदाता नामावलीमा नाम लेखाइन्। नाम लेखाउन उनी छोरी ईश्वरी र श्रीमानसँगै बबरमहल आइपुगेकी हुन्। 'मतदाता नामावलीमा नाम नभए बैंकमा पैसा पनि पाँइदैन भन्न थाले। त्यही भएर आएको हुँ', उनले भनिन्। छोरी इश्वरीले भने चुनावमा दाई हरुले भोट हाल्न पाउँदा आफूले हाल्न नपाएका कारण नाम लेखाएको बताइन्। 'मतदाता नामावलीमा नाम नभए त सिटिजन नै भँइदैन भनेर आएको', उनले कारण खुलाउँदै भनिन्,'राम्रो मान्छेलाई भोट दिएर जिताउनुपर्छ।' जुनकुरीका श्रीमान् भने अझै लाइनमै थिए।

कुवेतमा १० वर्ष रोजगारी गरेर फर्किएका धादिङका ४१ वर्षिय मिठे विश्वकर्माले पनि मतदाता नामावलीमा नाम लेखाए। उनी अब सिनाङ्गलबाट मतदाता बन्नेछन्। 'जसले जिते पनि भोट राम्रो मान्छेलाई हाल्न पर्‍यो भनेर आएको', उनले नाम लेखाउन आउनुको कारण खुलाए। स्थानीय तहको निर्वाचन अघि नै नेपाल फर्किएको भएपनि नाम नभएकाले भोट हाल्न नपाएको गुनासो उनीसँग छ।

कामकै कारण भोट हाल्न नपाएका नेपाल प्रहरीका जागिरे गुल्मीका विष्णुबहादुर थापाले पनि नाम लेखाए। उनी 'डिउटीमा डिस्काउन्ट' लिएर पोशाकमै मतदाता नामावलीमा नाम लेखाउन आइपुगेका थिए। तर उनले ड्रेसलाई ज्याकेटले छोपेर नामावलीमा दर्ताका लागि फोटो खिचाए। '११ वर्ष भयो जागिर खाएको भोट हाल्ने समय र साइत नै मिलेन', उनले भने, 'बल्ल नामावलीमा नाम लेखाइयो। अब समानुपातिकमा भोट हाल्न पाइन्छ कि!' स्थानीय तहको निर्वाचनका बेला उनी ललितपुरमा सुरक्षाका लागि खटिएका थिए।

मकवानपुरका ३२ वर्षिय कुमारसिंह मोक्तानलाई भने अहिले अर्कै हिसाबको चुनाव हुने भएकाले मतदान गर्ने इच्छा छ। ३२ वर्ष पुगेका उनले समय नमिलेको र नामावदी दर्ताबारे थाहा पाएर पनि नभ्याउँदा यसअघी नाम लेखाउन सकेनन्। 'अब त अर्कै किसिमको प्रदेशको पनि निर्वाचन हुने रे स्थानीयमा हाल्न पाइएन। नाम लेखाएँ', उनले नामावली दर्तापछि सेतोपाटीसँग भने।

मतदाता नामावली संकलन अन्तिम अन्तिम समयमा पुग्दा राजधानी सहित धेरै जनसंख्या भएका स्थानहरुमा नामावलीमा नाम दर्ता गराउनेको भिड छ।

 

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

थप समाचार

  • बाढीपीडित किसानका निम्ति भदौ १० भित्रै विशेष राहत प्याकेज ल्याइनेछः मन्त्री यादव

    बाढीपीडित किसानका निम्ति भदौ १० भित्रै विशेष राहत प्याकेज ल्याइनेछः मन्त्री यादव

    कृषि विकासमन्त्री रामकृष्ण यादवले बाढीले कृषि क्षेत्रमा धेरै क्षति गराएको भन्दै आगामी भदौ १० भित्रै विशेष राहत प्याकेज घोषणा गर्ने बताएका छन्।

  • पत्रकार महासंघमा राजनीतिकरण भयोः एमाले अध्यक्ष ओली

    नेकपा एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेस र माओवादी केन्द्रले पत्रकार महासंघलाई राजनीतिकरण गरेको आरोप लगाएका छन्। नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनको पुर्वसन्ध्यामा प्रेस चौतारी नेपालले शनिबार राजधानीमा गरेको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन्।

  • नेता नेपाल स्वदेश फर्किए

    नेता नेपाल स्वदेश फर्किए

    नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले बैज्ञानिक आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने बताएका छन्। उत्तर कोरियाको भ्रमण सकेर शनिबार फर्किएका नेता नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै यसअघि २ सय ५ वटा निर्वाचन क्षेत्र निर्धारण गर्दाका आधारहरुलाई टेकेर बैज्ञानिक ढंगले क्षेत्र निर्धारण गर्नुपर्ने धारणा राखेका हुन्।

  • 'माया भरिएको बाल्टिन' लिएर गगन थापा बाढी प्रभावित क्षेत्रमा

    'माया भरिएको बाल्टिन' लिएर गगन थापा बाढी प्रभावित क्षेत्रमा

    बाढी प्रभावितका निम्ति राहत संकलन अभियान चलाएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य राहत वितरण गर्दै प्रभावित क्षेत्र पुगेका छन्। 'माया भरिएको बाल्टिन' अभियानमार्फत संकलन गरिएका राहत सामाग्री लिएर गगन थापाको नेतृत्वमा वितरण टोली झापा, मोरङ, सुनसरी, रौतहट, सिराहा, धनुषा गएका हुन्। 

  • भारतमा पक्राउ परेका युवकलाई रिहा गर्न नेता खनालको आग्रह

    भारतमा पक्राउ परेका युवकलाई रिहा गर्न नेता खनालको आग्रह

    आमाको उपचारमा भारत गएका नेपाली युवकलाई भारतीय प्रहरीले पक्राउ गरेपछि पूर्वप्रधानमन्त्री झलनाथ खनालले तत्काल रिहाइको माग गरेका छन्। नेकपा एमालेका वरिष्ठ नेता पूर्वप्रधानमन्त्री खनालले पक्राउ परेका इलाम सूर्योदय नगरपालिका–१० का २७ वर्षीय उदयहाङ फागो निर्दोष रहेकाले रिहाइको पहल गरिदिन भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसँग शुक्रबार टेलिफोन वार्ता गरेका खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।