देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

देउवालाई झन्डै दुई तिहाइ सांसदको समर्थन

SAMSUNG
  • Get News Alerts

baleno
tata

नयाँ प्रधानमन्त्रीका लागि नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवालाई झण्डै दुई तिहाइ सांसदले समर्थन गरेका छन्। आइतबार संघीय समाजवादी फोरम र राष्ट्रिय प्रजातन्त्र पार्टीले देउवालाई समर्थन गर्न निर्णय गरेपछि संसदमा रहेका करिब ६२ प्रतिशत सांसदले देउवाका पक्षमा मतदान गर्ने भएका हुन्। आज मात्र देउवालाई समर्थन गर्ने निर्णय गरेका फोरमका १५ र राप्रपाका ३७ सांसद छन्।

हिजोसम्म देउवालाई कांग्रेसका २०७, माओवादीका ८२, नेपाल लोकतान्त्रिक फोरमका १७, नेकपा संयुक्तका ३, अन्य साना दलका ५ र एक जना स्वतन्त्र सांसदको समर्थन थियो। फोरम र राप्रपाको पनि समर्थन भएपछि देउवाका पक्षमा ३६७ सांसद भएका छन्।

२४ जना सांसद रहेको राष्ट्रिय जनता पार्टीले पनि देउवाले समर्थन गर्ने सम्भावना छ। यद्यपी सो दलले अहिलेसम्म निर्णय गरिसकेको छैन।

अहिले संसदमा ५९३ सांसद छन्। बहुमतको सरकार बनाउन २९८ सांसदको समर्थन चाहिन्छ। देउवाको विपक्षमा एमालेका १८१ सहित १९२ जना सांसद छन्। मजदुर किसान पार्टी लगायत अन्य ८ सांसदले अझै देउवालाई समर्थन गर्ने/नगर्ने बारे निर्णय गरिसकेका छैनन्।

संसदमा शनिबार प्रधानमन्त्रीका लागि देउवाले उम्मेदवारी दर्ता गराएका छन्।

आइतबार संसदले नयाँ प्रधानमन्त्री छान्ने कार्यसूची भएपनि प्रमुख प्रतिपक्षी एमालेको अनुरोधमा संसद बैठक मंगलबारसम्म स्थगित भएको छ।

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

थप समाचार

  • बाढीपीडित किसानका निम्ति भदौ १० भित्रै विशेष राहत प्याकेज ल्याइनेछः मन्त्री यादव

    बाढीपीडित किसानका निम्ति भदौ १० भित्रै विशेष राहत प्याकेज ल्याइनेछः मन्त्री यादव

    कृषि विकासमन्त्री रामकृष्ण यादवले बाढीले कृषि क्षेत्रमा धेरै क्षति गराएको भन्दै आगामी भदौ १० भित्रै विशेष राहत प्याकेज घोषणा गर्ने बताएका छन्।

  • पत्रकार महासंघमा राजनीतिकरण भयोः एमाले अध्यक्ष ओली

    नेकपा एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेस र माओवादी केन्द्रले पत्रकार महासंघलाई राजनीतिकरण गरेको आरोप लगाएका छन्। नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनको पुर्वसन्ध्यामा प्रेस चौतारी नेपालले शनिबार राजधानीमा गरेको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन्।

  • नेता नेपाल स्वदेश फर्किए

    नेता नेपाल स्वदेश फर्किए

    नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले बैज्ञानिक आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने बताएका छन्। उत्तर कोरियाको भ्रमण सकेर शनिबार फर्किएका नेता नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै यसअघि २ सय ५ वटा निर्वाचन क्षेत्र निर्धारण गर्दाका आधारहरुलाई टेकेर बैज्ञानिक ढंगले क्षेत्र निर्धारण गर्नुपर्ने धारणा राखेका हुन्।

  • 'माया भरिएको बाल्टिन' लिएर गगन थापा बाढी प्रभावित क्षेत्रमा

    'माया भरिएको बाल्टिन' लिएर गगन थापा बाढी प्रभावित क्षेत्रमा

    बाढी प्रभावितका निम्ति राहत संकलन अभियान चलाएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य राहत वितरण गर्दै प्रभावित क्षेत्र पुगेका छन्। 'माया भरिएको बाल्टिन' अभियानमार्फत संकलन गरिएका राहत सामाग्री लिएर गगन थापाको नेतृत्वमा वितरण टोली झापा, मोरङ, सुनसरी, रौतहट, सिराहा, धनुषा गएका हुन्। 

  • भारतमा पक्राउ परेका युवकलाई रिहा गर्न नेता खनालको आग्रह

    भारतमा पक्राउ परेका युवकलाई रिहा गर्न नेता खनालको आग्रह

    आमाको उपचारमा भारत गएका नेपाली युवकलाई भारतीय प्रहरीले पक्राउ गरेपछि पूर्वप्रधानमन्त्री झलनाथ खनालले तत्काल रिहाइको माग गरेका छन्। नेकपा एमालेका वरिष्ठ नेता पूर्वप्रधानमन्त्री खनालले पक्राउ परेका इलाम सूर्योदय नगरपालिका–१० का २७ वर्षीय उदयहाङ फागो निर्दोष रहेकाले रिहाइको पहल गरिदिन भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसँग शुक्रबार टेलिफोन वार्ता गरेका खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।