सीमाना निर्धारण आयोगको कार्यदेश परिमार्जन हुने

सीमाना निर्धारण आयोगको कार्यदेश परिमार्जन हुने

SAMSUNG
  • Get News Alerts

baleno
tata
सरकारले स्थानीय तहको संख्या र सीमाना निर्धारण गर्न गठित आयोगको कार्यदेश परिमार्जन गर्ने  भएको छ।
 
आयोगले विभिन्न पाँच वटा मापदण्डलाई आधार मानेर स्थानीय तहको संख्या ५ सय ६५ भन्दा बढी नहुने भनेर गरेको प्रस्तावको सबैजसो दलहरुले विरोध गरेपछि सरकारले आयोगको कार्यदेश परिमार्जन गर्ने भएको हो।
 
प्रधानमन्त्री  पुष्पकमल दाहालले मंगलबार प्रमुख प्रतिपक्षी नेकपा एमाले र सत्तारुढ दलहरुको उपस्थितिमा सिंहदरबारस्थित आफ्नो सभाकक्षमा आयोगका पदाधिकारीहरुको बैठक राखी दलहरुको सहमतिका कार्यदेश परिमार्जन गर्ने जानकारी गराएका छन्। बैठकमा स्थानीय तहको सीमाना र संख्या निर्धारणका लागि जिल्लास्थित प्राविधिक समितिहरुलाई दिइएको म्याद दुई साता थप गर्ने समझदारी समेत भएको बैठकमा सहभागी नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेलले बताए।
 
बैठकमा नेपाली काँग्रेसका नेता रामचन्द्र पौडेल र नेकपा एमालेका नेता माधवकुमार नेपालले आयोगले प्रस्ताव गरेको स्थानीय तहको संख्या निकै कम भएको भन्दै प्रस्ताव गरिएको संख्या अनुसार स्थानीय तह बनाइए आमजनताले संघीयताको भावना अनुसार सरकारी सेवा सहजरुपमा पाउन नसक्ने बताए। उनीहरूले स्थानीय तहको संख्या र सीमाना निर्धारणमा जनसंख्यालाई भन्दा भूगोललाई प्राथमिकता दिइनुपर्ने बताए। बैठकमा सहभागी मधेशवादी दलका नेताहरुले आफूहरुले प्रदेशको सीमांकन हेरफेरका लागि संविधान संशोधनको माग गरेको अवस्थामा संविधान संशोधन नभएसम्मका लागि स्थानीय तहको पुनर्संरचनाको काम नै अगाडि बढाउन नहुने अडान राखेका थिए ।
 
hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

थप समाचार

  • बाढीपीडित किसानका निम्ति भदौ १० भित्रै विशेष राहत प्याकेज ल्याइनेछः मन्त्री यादव

    बाढीपीडित किसानका निम्ति भदौ १० भित्रै विशेष राहत प्याकेज ल्याइनेछः मन्त्री यादव

    कृषि विकासमन्त्री रामकृष्ण यादवले बाढीले कृषि क्षेत्रमा धेरै क्षति गराएको भन्दै आगामी भदौ १० भित्रै विशेष राहत प्याकेज घोषणा गर्ने बताएका छन्।

  • पत्रकार महासंघमा राजनीतिकरण भयोः एमाले अध्यक्ष ओली

    नेकपा एमाले अध्यक्ष केपी ओलीले नेपाली कांग्रेस र माओवादी केन्द्रले पत्रकार महासंघलाई राजनीतिकरण गरेको आरोप लगाएका छन्। नेपाल पत्रकार महासंघको २५ औं महाधिवेशनको पुर्वसन्ध्यामा प्रेस चौतारी नेपालले शनिबार राजधानीमा गरेको भेलालाई सम्बोधन गर्दै अध्यक्ष ओलीले यस्तो आरोप लगाएका हुन्।

  • नेता नेपाल स्वदेश फर्किए

    नेता नेपाल स्वदेश फर्किए

    नेकपा एमालेका वरिष्ठ नेता माधव कुमार नेपालले बैज्ञानिक आधारमा निर्वाचन क्षेत्र निर्धारण हुनुपर्ने बताएका छन्। उत्तर कोरियाको भ्रमण सकेर शनिबार फर्किएका नेता नेपालले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै यसअघि २ सय ५ वटा निर्वाचन क्षेत्र निर्धारण गर्दाका आधारहरुलाई टेकेर बैज्ञानिक ढंगले क्षेत्र निर्धारण गर्नुपर्ने धारणा राखेका हुन्।

  • 'माया भरिएको बाल्टिन' लिएर गगन थापा बाढी प्रभावित क्षेत्रमा

    'माया भरिएको बाल्टिन' लिएर गगन थापा बाढी प्रभावित क्षेत्रमा

    बाढी प्रभावितका निम्ति राहत संकलन अभियान चलाएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य राहत वितरण गर्दै प्रभावित क्षेत्र पुगेका छन्। 'माया भरिएको बाल्टिन' अभियानमार्फत संकलन गरिएका राहत सामाग्री लिएर गगन थापाको नेतृत्वमा वितरण टोली झापा, मोरङ, सुनसरी, रौतहट, सिराहा, धनुषा गएका हुन्। 

  • भारतमा पक्राउ परेका युवकलाई रिहा गर्न नेता खनालको आग्रह

    भारतमा पक्राउ परेका युवकलाई रिहा गर्न नेता खनालको आग्रह

    आमाको उपचारमा भारत गएका नेपाली युवकलाई भारतीय प्रहरीले पक्राउ गरेपछि पूर्वप्रधानमन्त्री झलनाथ खनालले तत्काल रिहाइको माग गरेका छन्। नेकपा एमालेका वरिष्ठ नेता पूर्वप्रधानमन्त्री खनालले पक्राउ परेका इलाम सूर्योदय नगरपालिका–१० का २७ वर्षीय उदयहाङ फागो निर्दोष रहेकाले रिहाइको पहल गरिदिन भारतका लागि नेपाली राजदूत दीपकुमार उपाध्यायसँग शुक्रबार टेलिफोन वार्ता गरेका खनालका स्वकीय सचिव कृष्ण भट्टराईले जानकारी दिए।