Featured - Setopati | Setopati - Nepal's Digital Newspaper

विशेष

Search news by date range:

  • प्रविणलाई प्रहरीले गोली हाने कि आफैंले?

    प्रविणलाई प्रहरीले गोली हाने कि आफैंले? सेतोपाटी संवाददाता, ललितपुर, साउन २४ - लागुऔषध कारोबारी आरोपित प्रवीण खत्री मारिएको ललितपुर, कुसुन्तीको घटनास्थल। ललितपुर, कुसुन्तीमा मारिएका प्रविण खत्रीलाई 'सादा पोसाकका प्रहरीले घरमै आएर गोली हानी हत्या गरेको' भन्दै उनको परिवारले मंगलबार उजुरी दिएको छ। प्रविणका बाबु प्रमोदले ललितपुर ...

  • खोकनामा साइकल जात्रा

    खोकनामा साइकल जात्रा तस्बिरः नारायण महर्जन, काठमाडौं, भदौ ३ -

    भुईँचालोबाट क्षतिग्रस्त काठमाडौं उपत्यकाका तीन वटा सम्पदाको पुनःनिर्माणमा बल पुर्‍याउँदै पर्यटन प्रवद्र्धनमा सघाउ पुर्‍याउन शनिबार काष्ठमण्डपदेखि खोकनासम्म साइक्लिङ गरिएको छ। सेन्टर फर कन्जरभेसन अफ नेचर, कल्चर एण्ड इथ्निसिटी टु प्रोमोट टुरिज्म इन नेपाल (कन्सेप्ट नेपाल) र खोकना पुनःनिर्माण तथा पुनःस्र्थापना समितिले आयोजना गरेको ‘राइड काष्ठमण्डप टु खोकना’मा करिब डेढ सय साइकले सहभागि भए । 

  • विश्वकै मीठा ५० पेयपदार्थमा नेपालको रक्सी पनि, कुन देशको कुन पेय स्वादिलो (हेर्नुहोस् सूची)

    विश्वकै मीठा ५० पेयपदार्थमा नेपालको रक्सी पनि, कुन देशको कुन पेय स्वादिलो (हेर्नुहोस् सूची) सेतोपाटी, काठमाडौं, भदौ ३ -

    खानेकुरामा मानिसको आवश्यकता र रुचि जति छ त्यति नै पेय पदार्थको पनि छ। जुन ठाउँमा होस्, होटल तथा रेस्टुरेन्टमा वेटरले ‘चिसो–तातो के लिनुहुन्छ?’ भनेर सोधेकै हुन्छ। र, यो प्रायः खाना अगाडि नै हुन्छ।

    देशका आधारमा तयार गरिएको उक्त सूचीमा नेपाल पनि परेको छ। स्वादिलो र लोकप्रिय पेयको सूचीको ४१ औं नम्बरमा नेपालको रक्सी परेको छ।हाम्रो छिमेकी भारतमा बनेको आँपको लस्सी पचासौं नम्बरमा छ।

  • नेपाली कसरी लेख्ने?

    नेपाली कसरी लेख्ने? शरच्चन्द्र वस्ती - नेपाली हाम्रो भाषा हो। नेपालभित्र र बाहिरका सबै नेपालीको साझा भाषा। आपसमा संवाद गर्न हामीलाई नेपाली भाषा नै चाहिन्छ। हाम्रो स्वाभाविक, प्राकृतिक अभिव्यक्ति नेपाली भाषामै हुन्छ। नेपालीमै लेखेर मात्र हामी नेपालीको मन छुन सक्छौं, बढीभन्दा बढी नेपालीसम्म...

  • 'माया भरिएको बाल्टिन' लिएर गगन थापा बाढी प्रभावित क्षेत्रमा

    'माया भरिएको बाल्टिन' लिएर गगन थापा बाढी प्रभावित क्षेत्रमा सेतोपाटी संवाददाता,   काठमाडौं, भदौ ३  -

    बाढी प्रभावितका निम्ति राहत संकलन अभियान चलाएका नेपाली काँग्रेसका केन्द्रीय सदस्य राहत वितरण गर्दै प्रभावित क्षेत्र पुगेका छन्। 'माया भरिएको बाल्टिन' अभियानमार्फत संकलन गरिएका राहत सामाग्री लिएर गगन थापाको नेतृत्वमा वितरण टोली झापा, मोरङ, सुनसरी, रौतहट, सिराहा, धनुषा गएका हुन्। 

  • बागमतिमा र्‍याफ्टिङ (फोटोफिचर)

    बागमतिमा र्‍याफ्टिङ (फोटोफिचर) अनिश रेग्मी, काठमाडौ, भदौ ३ -

    बाग्मती सफाई महाअभियानको २ सय २३ औं हप्ता पुगेको अवसरमा शनिबार थापालथीदेखि सुन्दरीघाटसम्म बागमती  सफाई तथा र्‌‍याफ्टिङको आयोजना गरिएको छ।

    सफाइ कार्यक्रममा पूर्वमुख्यसचिव लिलामणी पौडेल, नेपाल प्रहरी, शसस्त्र प्रहरी, विभिन्न संघसस्थामा आवद्ध व्यक्ति तथा सर्वसारधरणको उपस्थिति थियो।

    हेर्नुहोस् तस्बिरमा

  • सहमतिको आधारमा संविधान संशोधन विधेयक अघि बढाउन राष्ट्रपतिको सुझाव

    सहमतिको आधारमा संविधान संशोधन विधेयक अघि बढाउन राष्ट्रपतिको सुझाव  सेतोपाटी संवाददाता,  काठमाडौं,भदौ ३ -

    राष्ट्रपति विद्यादेवी भण्डारीले संसदमा छलफलको क्रममा रहेको संविधान संशोधन विधेयक सहमतिको आधारमा अघि बढाउन दलहरुलाई सुझाव दिएकी छन्। प्रधानमन्त्रीसहित प्रमुख तीन दलका शिर्ष नेताहरुसँग शितल निवासमा भएको भेटमा सबै दल मिलेर सहमति बनाएर संविधान संशोधन गर्न सुझाव दिएको कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेलले सेतोपाटीलाई बताए।

  • पौरख: ‘डबल डिग्री होल्डर’ कवाडी फर्निचरवाला

    पौरख: ‘डबल डिग्री होल्डर’ कवाडी फर्निचरवाला रोहित भण्डारी, काठमाडौं, भदौ ३ -

    हातमा डबल डिग्री भए पनि रामशरणले त्यो डिग्रीलाई बिर्सिदिए अनि तयार भए सेकेन्डह्यान्ड फर्निचर कारोबारको काम गर्न। करिब ३० हजार रुपैयाँमा उनले व्यवसाय सुरु गरे। रामशरणको भनाइमा महिनामा करिब ८० हजार कमाइ गर्छन्। कुनैकुनै बेला त एक लाखभन्दा बढी कमाइ हुने उनी बताउँछन्।

  • गौरीकाद्वारा सहभागी भएको सबै विधामा स्वर्ण, ५ नयाँ कीर्तिमान

    गौरीकाद्वारा सहभागी भएको सबै विधामा स्वर्ण, ५ नयाँ कीर्तिमान अनिश रेग्मी, काठमाडौं, भदौ २ - ओलम्पियन गौरिका सिंहले २० औं राष्ट्रिय पौडी च्याम्पियनसिपको अन्तिम दिन तीन नयाँ राष्ट्रिय कीर्तिमानसहित ६ स्वर्ण बनाउँदै सर्वाधिक स्वर्ण जित्ने खेलाडी बनेकी छिन्। ललितपुरस्थित अन्तर्राष्ट्रिय खेलकुद परिसरको पौडी पोखरीमा शुक्रबार भएको खेलमा उनले प्रति...

  • ६ स्वर्ण जितेकी गौरीकाका १२ तस्बिर

    ६ स्वर्ण जितेकी गौरीकाका १२ तस्बिर अनिश रेग्मी, काठमाडौं, भदौ २ -

    कान्छी ओलम्पियन गौरीका सिंहले राष्ट्रिय पौडी प्रतियोगिताको २० औं संस्करणको दोस्रो दिन शुक्रबार थप तीन कीर्तिमान कायम राखेकी छन्। ललितपुरको सातदोबाटोस्थित अन्तर्राष्ट्रिय खेलकुद परिषदमा भएको प्रतियोगितामा उनले ५० र १०० मिटर फ्रिस्टाइलको छुट्टाछट्टै प्रतिस्पर्धामा कीर्तिमान बनाएकी हुन्। 

  • भदौ ४ छल्न पशुपति शमशेर राणा सर्वोच्चमा

    भदौ ४ छल्न पशुपति शमशेर राणा सर्वोच्चमा सेतोपाटी संवाददाता , काठमाडौँ, साउन ११ -

    केन्द्रीय सदस्य सनाखत गर्न निर्वाचन आयोगले दिएको भाका छल्न राप्रपा प्रजातान्त्रिक नेता पशुपति शमशेर राणा शुक्रबार सर्वोच्च अदालत पुगेका छन्। राणाले आफ्नो दल दर्ता गर्न निर्वाचन आयोगलाई आदेश माग गर्दै अदालतमा रिट हालेका छन्। रिटमा कमल थापा पक्षले आफ्ना केन्द्रीय सदस्यलाई हेटौँडामा लुकाएको आरोप उनले लगाएका छन्।

  • मोदीले गरे देउवालाई फोन: बाढी पीडितलाई २५ करोड सहयोगको घोषणा

    काठमाडौँ,साउन २ -

    भारतले नेपालका बाढी पीडितलाई २५ करोड सहयोगको दिने भएको छ। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री शेरबहादुर देउवालाई फोन गरेर सहयोगको प्रतिबद्धता जनाएका हुन्। 

  • बाढीले चुनाव क्षेत्र झरेका नेता

    बाढीले चुनाव क्षेत्र झरेका नेता सेतोपाटी संवाददाता, काठमाडौं, भदौ २ -

    पूर्वप्रधानमन्त्री तथा माओवादी केन्द्र अध्यक्ष पुष्पकमल दाहाल सप्तरी पुगे। आफ्नो निर्वाचन क्षेत्र हुँदा पनि थोरै मतले हारेका दाहाल आफ्ना मतदाताको दुःखमा सहयोग गर्ने भन्दै पुगेका हुन्। छोरा प्रकाशले फेसबुकमा राखेका तस्बिरमा दाहाल दुबैतिर पानी भरिएको खेतमा लठ्ठी समाउँदै चिप्लो बाटोमा हिँडिरहेका देखिन्छन्।

  • संघ/प्रदेश निर्वाचन: आयोगले किन रोज्यो दुई चरण?

    संघ/प्रदेश निर्वाचन: आयोगले किन रोज्यो दुई चरण? सेतोपाटी संवाददाता, काठमाडौं, भदौ ३ -

    निर्वाचन आयोगले संघ र प्रदेशको निर्वाचन एकसाथ गर्न बिहिबार दलहरुसँग सहमति जनायो। सुरुवातमा कानुनी जटिलता र प्राविधिक कठिनाईको हुने बताइरहेको आयोग एकसाथ निर्वाचन गर्न त तयार भयो तर अर्को सर्त राख्यो - 'दुई चरणमा निर्वाचन।'

  • राणालाई कमल थापाले भने- गाईजात्रा सकिएको निक्कै भैसक्यो

    राणालाई कमल थापाले भने- गाईजात्रा सकिएको निक्कै भैसक्यो सेतोपाटी संवाददाता, काठमाडौं, भदौ २ -

    राप्रपाका अध्यक्ष कमल थापाले पार्टी फुटाएर राप्रपा प्रजातान्त्रिक गठन गरेका पशुपति शमशेर राणालाई ट्विटरमा व्यङ्ग गरेका छन्। राणाले पार्टी दर्ता माग गर्दै सर्वोच्च अदालतमा बिहिबार रिट दायर गरेका छन्। निर्वाचन आयोगसँग ४० प्रतिशत केन्द्रीय सदस्यको संख्या पुर्याउन समय माग गरिरहेका राणाले बिहिबार अदालतमा मुद्दा दायर गरेका छन्।

  • कुनैपनि हालतमा संशोधन विधेयक पारित हुन दिदैनौं :अध्यक्ष ओली

    कुनैपनि हालतमा संशोधन विधेयक पारित हुन दिदैनौं :अध्यक्ष ओली सेतोपाटी संवाददाता, काठमाडौं, भदौं २ - प्रमुख प्रतिपक्ष दल नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले संविधान संशोधन विधेयक पारित नहुने दाबी गरेका छन् । अध्यक्ष ओलीले संविधान संशोधन विधेयक निर्णयार्थ पेश गर्ने उपयुक्त समय अहिले नभएको पनि स्पष्ट पारे । उनले राष्ट्रिय हित विपरित ल्याइएको संविधा...

  • बाबुरामद्वारा देवेन्द्र पौडेलसहित १५ जनालाई पार्टीबाट निष्काशन

    बाबुरामद्वारा देवेन्द्र पौडेलसहित १५ जनालाई पार्टीबाट निष्काशन सेतोपाटी संवाददाता, काठमाडौं, भदौ २ -

    नयाँ शक्ति पार्टीले पार्टी फुटाएका १५ जनालाई पार्टीबाट निष्काशन गरेको छ। नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले विज्ञप्ति जारी गर्दै देवेन्द्र पौडेलसहित १५ जनालाई पार्टी विरोधी गतिविधि गरेको आरोप लगाउँदै साधारण सदस्य समेत नरहने गरि निष्काशन गरेका हुन्।

  • राहत वितरणमा एकद्वार प्रणाली खारेज

    राहत वितरणमा एकद्वार प्रणाली खारेज सेतोपाटी संवाददाता, काठमाडौ, भदौं २ - सरकारले बाढी पहिरो पीडितलाई राहत वितरणमा लागू गरेको एकद्वार प्रणाली सर्वोच्च अदालतले खारेज गरिदिएको छ । अधिवक्ता सुनिल रञ्जन सिंहले दायर गरेको रिटमा सुनुवाई गर्दै सर्वोच्च अदालतका न्यायाधीश ओमप्रकाश मिश्रको एकल इजलाशले शुक्रबार सरकारका नाममा अन्तरिम ...

  • २७ तोला सुन लुट्न बुढानिलकण्ठमा वृद्धाको हत्या

    २७ तोला सुन लुट्न बुढानिलकण्ठमा वृद्धाको हत्या प्रकाश ढुंगाना, काठमाडौं, भदौ २ -

    गत साउन १२ गते काठमाडौं बुढानिलकण्ठमा ५५ वर्षीया पार्वती ढकालको हत्या भयो । घरमा ढकालमात्र भएको अवस्थामा दिउँसै उनीमाथि आक्रमण भयो।  साँझ घर पुगेका आफन्तले ढकालको शव देखे । टाउकोमा ह्याम्बरले हानेको अवस्थामा शव थियो ।

  • आफ्नो दल दर्ता गराइदिन माग गर्दै पशुपति गए सर्वोच्च

    आफ्नो दल दर्ता गराइदिन माग गर्दै पशुपति गए सर्वोच्च सेतोपाटी संवाददाता , काठमाडौँ, साउन २ -

    यसअघि बुझाएको ४० प्रतिशत केन्द्रिय सदस्यको नामावलीकै आधारमा छुट्टै दल दर्ता गर्ने आदेशको माग गर्दै पशुपति शमसेर जबरा सर्वोच्च अदालत गएका छन्। राष्ट्रिय प्रजातन्त्र पार्टि फुटाएर राप्रपा (प्रजातान्त्रिक) दर्ता गर्न राणाले साउन २२ गते निर्वाचन आयोगमा ६४ सांसदको हस्ताक्षर सहित निवेदन दिएका थिए।

  • फर्कियो भारत पुगेको एक सिंगे गैडा

    फर्कियो भारत पुगेको एक सिंगे गैडा सेतोपाटी संवाददाता, चितवन, भदौ २ -

    अविरल वर्षासँगै आएको बाढीमा बग्दै भारतको बगाहा पुगेको दुर्लभ वन्यजन्तु गैंडा शुक्रबार बिहान चितवन निकुञ्ज ल्याइएको छ। मंगलबार निकुञ्जका अधिकारीहरु गैंडा लिन बगाहा गएका थिए। नवलपरासीको त्रिवेणीदेखि लगभग ४२ किलोमिटर दक्षिण पूर्वमा रहेको बगाहाबाट बिहीबार साँझ ६ बजे ट्रकमा राखेर ल्याइएको गैंडा आज बिहान साढे पाँच बजे सौराहा आइपुगेको हो।

  • फुट्यो नयाँ शक्ति, देवेन्द्र पौडेलले पनि छाडे बाबुरामको साथ

    फुट्यो नयाँ शक्ति, देवेन्द्र पौडेलले पनि छाडे बाबुरामको साथ काठमाडौं, भदौ २ (सेतोपाटी) -

    नयाँ शक्ति पार्टी विभाजित भएको छ। बाबुराम भट्टराईसँगै नयाँ शक्तिमा गएका पूर्व माओवादीहरुले नयाँ पार्टी बनाउन नयाँ शक्ति छाडेका हुन्। नयाँ शक्तिमा विगतमा संगठन विभाग प्रमुख रहेका देवेन्द्र पौडेल सहित १७ जनाले नयाँ राजनीतिक कार्यदिशा तय गर्ने र घोषणापत्र तयार गर्ने जनाएका हुन्।

  • फोटो फिचर: भोट हाल्ने फोटो खिच्न अझै चटारो

    फोटो फिचर: भोट हाल्ने फोटो खिच्न अझै चटारो मनोज सत्याल/अनिश रेग्मी, काठमाडौं, भदौ २ - १९ वर्षीय प्रतिक्षा पोखरेल बिहिबार बबरमहलस्थित जिल्ला निर्वाचन कार्यालय काठमाडौँ पुगिन्। पाल्पा घर भए पनि अध्ययनका लागि काठमाडौं रहेकी उनी झण्डै तीन घण्टा लाइन बसिन्। निर्वाचन आयोगले खटाएका कर्मचारीले उनलाई कम्युटर अगाडि बसाए। फोटो खिचे। अनि उनको औँठ...

  • काष्ठमण्डपदेखि खोकनासम्म भोलि साइक्लिङ

    काष्ठमण्डपदेखि खोकनासम्म भोलि साइक्लिङ काठमाडौं, २ भदौ (सेतोपाटी)– -

    १२ वैशाख २०७२ को भुइँचालोपछि क्षतिग्रस्त ललितपुरका खोकना र वुङमती एवं काठमाडौंको काष्ठमण्डप पुनःनिर्माणमा हातेमालो गर्दै पर्यटन विकासमा सघाउन सुरु गरिएको राइड काष्ठमण्डप टु खोकना साइक्लिङको तेस्रो संस्करण भदौ ३ गते शनिबार हुँदैछ।

  • मान्छे कुल्चिने गाडीवालाबारे प्रहरी मौन !

    मान्छे कुल्चिने गाडीवालाबारे प्रहरी मौन ! अर्जुन गिरी, पोखरा, भदौ २ - आफूलाई कुल्चिएर भागेको स्कोरपियो गाडी पहिचान हुँदासमेत प्रहरीले न्यायका लागि पहल नगरिदिएको गुनासो पीडितले गरेका छन् । घटना साउन ३१ गतेको हो । दिउँसो ४ बजे । ग १३ प १४५८ नम्बरको बुलेटमा चाउथेका अशोक पराजुली र बुटवलका समरुक परियार सवार थिए । चाउथे स्वा...

  • मेलम्चीको सुरूङमा 'ब्रेक थ्रु' हुन दुई किलोमिटर बाँकी

    सन्जिब बगाले, काठमाडौ,भदौ १ - मेलम्ची खानेपानी आयोजनाको सुरूङमा 'ब्रेक थ्रु' हुन अब दुई किलोमिटर मात्रै बाँकी रहेको छ। मेलम्चीको २६ किमि सुरूङ खन्नुपर्नेमा २४ किमि सुरूङ खनेर सकिएको छ। अहिले मेलम्चीको खन्न बाँकी दुई किमि सुरूङमा चारतिरबाट खन्ने काम भइरहेको आयोजनाका उपकार्यका...

  • मंसिरमै चुनाव गर्न आयोगका ४ शर्त

    मंसिरमै चुनाव गर्न आयोगका ४ शर्त सेतोपाटी संवाददाता , काठमाडौँ, भदौ १ -

    प्रदेश र संघीय सभाको चुनाव एकैपटक गर्नका लागि निर्वाचन आयोगले ४ वटा शर्त राखेको छ। विहिबार साँझ भएको प्रमुख तीनदलसंगको बैठकमा आयोगले मंसिरको पहिलो हप्ता निर्वाचन गर्ने हो भने आफ्ना ४ सर्त सरकारले मान्नुपर्ने भनेको हो।

  • प्रदेश सभा र संघीय सभाको निर्वाचन मंसिर ४ गते एकैचोटी हुने (भिडियो)

    प्रदेश सभा र संघीय सभाको निर्वाचन मंसिर ४ गते एकैचोटी हुने (भिडियो) सेतोपाटी संवाददाता, काठमाडौं,भदौ १ -

    प्रधानमन्त्री निवास बालुवाटारमा बिहिबार साँझ बसेको सत्तारूण दल नेपाली कांग्रेस र माओवादी तथा प्रमुख प्रतिपक्षी नेकपा एमाले र निर्वाचन आयोगको संयुक्त बैठकले उक्त निर्णय गरेको माओवादी नेता नारायणकाजी श्रेष्ठले सेतोपाटीलाई जानकारी दिए।

  • 'प्रधानमन्त्री राहत बाँड्न अाउनु भयो रे, हामीले त हेर्न पनि पाएनौं'

    'प्रधानमन्त्री राहत बाँड्न अाउनु भयो रे, हामीले त हेर्न पनि पाएनौं' सेतोपाटी संवाददाता, काठमाडौं,भदौ १ -

    बिहीबार प्रधानमन्त्री शेरबहादुर देउवा राहत बाँड्न टीकापुर पुगे। प्रधानमन्त्रीले बाढीपीडितहरुसँग साक्षात्कार गरेर राहत वितरण गरेको प्रधानमन्त्री कार्यालयले जनाएको छ। त्यहाँ पुगेर प्रधानमन्त्रीले बाढी पीडितहरुलाई खाद्यन्न,लत्ताकपडा र उपचारमा सरकारले कुनै कसर बाँकी नराख्ने बताएका छन्। तर, उनी टिकापुरको कैलाली एयरपोर्ट ओर्लेर  सरकारी कर्मचारीहरुबाट ब्रिफिङ लिए। त्यहाँबाटै फर्किए।'प्रधानमन्त्री आएको खबर मात्रै सुनियो उहाँ हामीलाई हेर्नसमेत आउनुभएन,' दिवशले दुखेसो गरे।

  • बाढीग्रस्त क्षेत्रमा साढे १७ हजार सेना परिचालित

    बाढीग्रस्त क्षेत्रमा साढे १७ हजार सेना परिचालित सेतोपाटी संवाददाता, काठमाडौं, भदौ १ -

    बाढी पहिरोबाट पीडितहरुको उद्धार, राहत र तटबन्धका लागि साढे १७ हजार सेना खटिएका छन् ।

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

apex

ग्लोबल

vianetwlink

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस् फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस्

    मास्टर तहको पढाई विश्वविद्यालयहरुमा हुन्छ। केही पोलिटेक्निक्सले मास्टर तहको पढाई पनि सञ्चालन गर्छन तर त्यसका लागि काम गरेको अनुभव खोजिन्छ । हेलसिन्की विश्वविद्यालय, आल्टू विश्वविद्यालय विश्वकै उत्कृष्ट विश्वविद्यालयहरू हुन्। यी विश्वविद्यालयमा भर्ना निकै प्रतिस्पर्धात्मक हुन्छ। फ़िनल्याण्डमा वर्षको एक पटक विधार्थी भर्ना कार्यक्रम हुन्छ, अगस्ट -सेप्टेम्बरमा।

    प्रकाश पोखरेल

  • बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय

    आत्महत्याको घटनालाई कुनै परिवारको निजी मामला भनेर अनदेखा गर्नु भन्दा पनि एउटा सामाजिक, सांस्कृतिक, लैंगिक, आर्थिक, मानसिक र मनोवैज्ञानिक दृष्टिकोणबाट विश्लेषण गर्नु जरुरी छ। गहन विश्लेषण बिना सरल अभिव्यक्ति दिएर सामाजिक दायित्वबाट पन्छिनु चेतनशील व्यक्तिको पहिचान होइन। एक आपसमा सहयोगको भावना, मनोबैज्ञानिक तथा मानसिक समस्याबारे शिक्षा/चेतना,  सकारात्मक सोचाई, स्वस्थ प्रतिस्पर्धा र सामाजिक समस्याहरुप्रतिको संवेदनशीलतालाई प्रोत्साहन गर्ने हो भने आत्महत्याद्वारा अकाल मृत्युको घटनालाई धेरै हदसम्म न्युनिकरण गर्न सकिन्छ।

    बिभु थपलिया श्रेष्ठ

  • एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त? एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त?

    म एक स्वास्थकर्मी हुँ। मैले मुलुकका बिभिन्न जिल्लाहरुमा करिब १५ वर्षसम्म नर्सिङ सेवा प्रदान गरे। मेरो कार्यक्षेत्र दुर्गम र सुगम दुवै ठाउँमा थियो। भाग...

    सुशिला पाण्डे

साहित्यपाटी

  • पैंचो पैंचो

    दुर दराजबाट

    मैलो र फाटेको लुगामा सजिएर

    आफूलाई धकेल्दै आफैंले

    हर्केकी छोरीले ल्याइपुर्‍याएकी छ

    सिंहको गर्जन चल्ने ठाउँमा।

    सिर्जना सुवेदी

  • अजरा ब्युँझनुअघि अजरा ब्युँझनुअघि

    स्थिति सकसपूर्ण छ। अब कुरा कसरी अगाडि बढाउने साएथुरेनलाई थाहा छैन। मौनतालाई चिर्दै सेतो कार निक्कै स्पिडमा कण्डोयोकी गार्डेनको पश्चिम गेटबाट छिर्छ। उनीहरु उभिइरहेको ठाउँबाट प्रष्ट त्यो देखिन्छ। गाडी अचानक रोकिन्छ। निकै हतारमा एउटी अर्की महिला गाडीबाट ओर्लिन्छे र साएथुरेनहरु भएतिर आउँछे। उसले चोको हात समाएर तान्छे र कानेखुसीको पारामा अजराकी आमालाई भन्छे, ‘तैंले गर्दा हामीलाई पनि समस्या भएको छ। छिमेकीहरुले प्रश्न गर्छन्। पुलिसले पनि चियो गर्छ। बाहिरबाट आएका कुलाहरुलाई शरण नदिनु भनेर पुलिसले उर्दी गरेको छ। आजदेखि आफ्नो व्यवस्था आफैं गर। सबभन्दा राम्रो त तँ त्यही मस्जिदमा जा।’ चोलाई घिसार्दै महिला अघि बढ्छे।

    घिमिरे युवराज

  • सिकर्मीको सिसाकलम सिकर्मीको सिसाकलम

    काकाले आश्चर्य मान्दै मुन्टो हल्लाएर थप्नुभयो, ‘हो नि त, कति चाँडो कुरा बुझेको। जीवनमा मात्रै हैन, संसारमा नै नराम्रा चिज जति चिन्न सक्यो र फाल्न सक्यो भने त सबै राम्रैराम्रा त बाँकी हुन्छन् नि।’सिकर्मीका कुरा मलाई साहै्र घत लाग्यो। ती कुराले मलाई आँखा खुलेजस्तै भयो। उहाँ पक्कै पनि आदरणीय हुनुहुन्छ भन्ने मलाई लाग्यो। अझ उहाँले कानमा सिउरने गरेको सिसाकलम पनि मलाई महान् लाग्यो। मनमा लागेका कुरा मैले रोकिरहन सकिनँ। ‘काका, तपाईंको त्यो सिसाकलमचाहिँ मलाई दिनोस् न है।’ मैले मुख फोरिहालेँ, ‘बरु मैले भर्खरै किनेका नयाँ सिसाकलम तपाईंलाई दिन्छु, हुन्न?’ मेरा कुरा सुनेर हाँसिरहेका काकाले बिस्तारै हाँसो रोकेर भन्नुभयो, ‘यो सिसाकलम त्यस्तो विशेष केही होइन। तिम्रोजस्तै साधारण हो।’

    अनन्त वाग्ले

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

vianetwlink