राप्रपा प्रजातान्त्रिकले पुर्‍यायो केन्द्रीय सदस्य र सांसद

राप्रपा प्रजातान्त्रिकले पुर्‍यायो केन्द्रीय सदस्य र सांसद

SAMSUNG
  • Get News Alerts

baleno
tata

राष्ट्रिय प्रजातन्त्र पार्टी (प्रजातान्त्रिक) दर्ताका लागि पशुपतिशमशेर राणा समूहले आवश्यक केन्द्रीय सदस्य र सांसद संख्या पुर्‍याएको छ। राप्रपा प्रजातान्त्रिकले २२ साउनमा दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दिएको थियो। यो खबर हामीले आजको नयाँ पत्रिकाबाट लिएका हौ।

राजनीतिक दलसम्बन्धी ऐन २०७३ अनुरूप आवश्यक पर्ने ४० प्रतिशत केन्द्रीय सदस्य र सांसद संख्या आफूहरूले पुर्‍याएको राप्रपा प्रजातान्त्रिक प्रचार समिति संयोजक सुनील थापाले जानकारी दिए। ‘हामीले दल दर्ताका लागि आवश्यक पर्ने केन्द्रीय सदस्य र सांसद संख्या पुर्‍याइसक्याैँ,’ थापाले भने, ‘त्यो जानकारी आइतबार निर्वाचन आयोगमा गराउँछौँ।’

६२ केन्द्रीय सदस्य आवश्यक

निर्वाचन आयोगको अभिलेखमा राप्रपा केन्द्रीय समितिको संख्या १५६ सदस्यीय छ। त्यसको ४० प्रतिशत पुर्‍याउन ६२ सदस्य आवश्यक पर्नेमा आफूहरूसँग ६४ जना पुगिसकेको थापाको दाबी छ। आयोगले राप्रपा प्रजातान्त्रिकलाई आइतबार (आज) दल दर्ताका लागि आवश्यक पर्ने सनाखतसहित उपस्थित हुन निर्देशन दिएको छ।

आयोगका सहसचिव सुशील कोइराला सहसचिव र सहन्यायाधिवक्ता घनश्याम ओझाले ५६ केन्द्रीय सदस्यको हस्तक्षर सनाखत गरिसकेको थापाले बताए। सो सनाखत २९ साउनमा राप्रपा प्रजातान्त्रिकका महामन्त्री राजेन्द्र लिङ्देनले निर्वाचन आयोगलाई पठाएको पत्रले पुष्टि छ। त्यस्तै, सनाखत गर्न छुटेका पाँचजनाले आयोगमा आफैँ उपस्थित भएर राप्रपा प्रजातान्त्रिकको पक्षमा रहेका लिखित निवेदन दिएका छन्। विदेशमा रहेका तीन केन्द्रीय सदस्यले आयोगलाई इमेल गरेर आफूहरू राप्रपा प्रजातान्त्रिकको पक्षमा रहेको जनाएका छन्।

आयोगमा लिखित निवेदन दिने ६ जना

मोहनप्रसाद यादव, धर्मराज जोशी, रविन चाम्लिङ, रेखा थापा, गिरिधारीप्रसाद चौधरी, रामेश्वर थापा

इमेलमा सहमतिपत्र पठाउने तीनजना

रामकृष्ण भट्टराई, रामकुमार सुब्बा, आङनिमा शेर्पा

राणासँग भएका सांसद

दीपक बोहरा, विक्रम पाण्डे, सुनील थापा, रेशम लामा, बबिना मोक्तान लावती, रमेशकुमार लामा, परशुराम तामाङ, राज्यलक्ष्मी श्रेष्ठ, लक्ष्मी थापा पासवान, राजेश्वरीदेवी शाह, रामकुमार सुब्बा, आनन्दीदेवी पन्त, इस्तियाक अहमद खान, गीता सिंह, सरोज शर्मा, सीता लुइँटेल ज्ञवाली, लीलादेवी श्रेष्ठ, कमलादेवी शर्मा, विराज विष्ट

विचलित नहुन आग्रह

आकस्मिक रूपमा शनिबार बसेको राप्रपा (प्रजातान्त्रिक) को केन्द्रीय कार्यसमिति बैठकले नयाँ पार्टी गठनका लागि आवश्यक पर्ने केन्द्रीय सदस्य र सांसद पुगिसकेकाले विचलित नहुन नेता कार्यकर्तालाई आग्रह गरेको छ। विपक्षीले चलाएको भ्रममा नपर्न आग्रह गर्दै बैठकले निर्वाचन आयोगले तोकेको समयमा आफूहरूले आवश्यक सनाखत पुर्‍याउने बताएको छ। ‘अध्यक्षज्यूले पार्टी दर्ता प्रक्रिया निर्वाचन आयोगले तोकेको समयमा पूरा हुने जानकारी केन्द्रीय समितिमा गराउनुभयो,’ प्रचार समिति संयोजक थापाले भने, ‘राप्रपाका केही नेताबाट भएका मानमर्दन र तल्लोस्तरको गालीगलौजप्रति बैठकले आपत्ति जनाएको छ।’

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

apex

ग्लोबल

vianetwlink

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस् फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस्

    मास्टर तहको पढाई विश्वविद्यालयहरुमा हुन्छ। केही पोलिटेक्निक्सले मास्टर तहको पढाई पनि सञ्चालन गर्छन तर त्यसका लागि काम गरेको अनुभव खोजिन्छ । हेलसिन्की विश्वविद्यालय, आल्टू विश्वविद्यालय विश्वकै उत्कृष्ट विश्वविद्यालयहरू हुन्। यी विश्वविद्यालयमा भर्ना निकै प्रतिस्पर्धात्मक हुन्छ। फ़िनल्याण्डमा वर्षको एक पटक विधार्थी भर्ना कार्यक्रम हुन्छ, अगस्ट -सेप्टेम्बरमा।

    प्रकाश पोखरेल

  • बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय

    आत्महत्याको घटनालाई कुनै परिवारको निजी मामला भनेर अनदेखा गर्नु भन्दा पनि एउटा सामाजिक, सांस्कृतिक, लैंगिक, आर्थिक, मानसिक र मनोवैज्ञानिक दृष्टिकोणबाट विश्लेषण गर्नु जरुरी छ। गहन विश्लेषण बिना सरल अभिव्यक्ति दिएर सामाजिक दायित्वबाट पन्छिनु चेतनशील व्यक्तिको पहिचान होइन। एक आपसमा सहयोगको भावना, मनोबैज्ञानिक तथा मानसिक समस्याबारे शिक्षा/चेतना,  सकारात्मक सोचाई, स्वस्थ प्रतिस्पर्धा र सामाजिक समस्याहरुप्रतिको संवेदनशीलतालाई प्रोत्साहन गर्ने हो भने आत्महत्याद्वारा अकाल मृत्युको घटनालाई धेरै हदसम्म न्युनिकरण गर्न सकिन्छ।

    बिभु थपलिया श्रेष्ठ

  • एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त? एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त?

    म एक स्वास्थकर्मी हुँ। मैले मुलुकका बिभिन्न जिल्लाहरुमा करिब १५ वर्षसम्म नर्सिङ सेवा प्रदान गरे। मेरो कार्यक्षेत्र दुर्गम र सुगम दुवै ठाउँमा थियो। भाग...

    सुशिला पाण्डे

साहित्यपाटी

  • पैंचो पैंचो

    दुर दराजबाट

    मैलो र फाटेको लुगामा सजिएर

    आफूलाई धकेल्दै आफैंले

    हर्केकी छोरीले ल्याइपुर्‍याएकी छ

    सिंहको गर्जन चल्ने ठाउँमा।

    सिर्जना सुवेदी

  • अजरा ब्युँझनुअघि अजरा ब्युँझनुअघि

    स्थिति सकसपूर्ण छ। अब कुरा कसरी अगाडि बढाउने साएथुरेनलाई थाहा छैन। मौनतालाई चिर्दै सेतो कार निक्कै स्पिडमा कण्डोयोकी गार्डेनको पश्चिम गेटबाट छिर्छ। उनीहरु उभिइरहेको ठाउँबाट प्रष्ट त्यो देखिन्छ। गाडी अचानक रोकिन्छ। निकै हतारमा एउटी अर्की महिला गाडीबाट ओर्लिन्छे र साएथुरेनहरु भएतिर आउँछे। उसले चोको हात समाएर तान्छे र कानेखुसीको पारामा अजराकी आमालाई भन्छे, ‘तैंले गर्दा हामीलाई पनि समस्या भएको छ। छिमेकीहरुले प्रश्न गर्छन्। पुलिसले पनि चियो गर्छ। बाहिरबाट आएका कुलाहरुलाई शरण नदिनु भनेर पुलिसले उर्दी गरेको छ। आजदेखि आफ्नो व्यवस्था आफैं गर। सबभन्दा राम्रो त तँ त्यही मस्जिदमा जा।’ चोलाई घिसार्दै महिला अघि बढ्छे।

    घिमिरे युवराज

  • सिकर्मीको सिसाकलम सिकर्मीको सिसाकलम

    काकाले आश्चर्य मान्दै मुन्टो हल्लाएर थप्नुभयो, ‘हो नि त, कति चाँडो कुरा बुझेको। जीवनमा मात्रै हैन, संसारमा नै नराम्रा चिज जति चिन्न सक्यो र फाल्न सक्यो भने त सबै राम्रैराम्रा त बाँकी हुन्छन् नि।’सिकर्मीका कुरा मलाई साहै्र घत लाग्यो। ती कुराले मलाई आँखा खुलेजस्तै भयो। उहाँ पक्कै पनि आदरणीय हुनुहुन्छ भन्ने मलाई लाग्यो। अझ उहाँले कानमा सिउरने गरेको सिसाकलम पनि मलाई महान् लाग्यो। मनमा लागेका कुरा मैले रोकिरहन सकिनँ। ‘काका, तपाईंको त्यो सिसाकलमचाहिँ मलाई दिनोस् न है।’ मैले मुख फोरिहालेँ, ‘बरु मैले भर्खरै किनेका नयाँ सिसाकलम तपाईंलाई दिन्छु, हुन्न?’ मेरा कुरा सुनेर हाँसिरहेका काकाले बिस्तारै हाँसो रोकेर भन्नुभयो, ‘यो सिसाकलम त्यस्तो विशेष केही होइन। तिम्रोजस्तै साधारण हो।’

    अनन्त वाग्ले

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

vianetwlink