प्रधानमन्त्रीसहित शीर्ष नेतालाई राष्ट्रपतिको प्रश्न, ‘बाँधको चाबी किन भारतलाई ?’

SAMSUNG
  • Get News Alerts

baleno
tata

राष्ट्रपति विद्यादेवी भण्डारीले कोसी बाँधको सञ्चालन र नियन्त्रणको जिम्मा भारतलाई दिइएकोमा गम्भीर असन्तुष्टि जनाएकी छिन् । उनले स्वतन्त्र, सार्वभौम राष्ट्रको हैसियतमा अन्तर्राष्ट्रिय कानुनअनुसार सम्झौता पुनरावलोकनका लागि पहल गर्न प्रमुख दलका शीर्ष नेतृत्वको ध्यानाकर्षण गराएकी छिन् । यो खबर  शुरोजंग पाण्डेले आजको नयाँ पत्रिकामा लेखेका छन्।

प्रधानमन्त्री शेरबहादुर देउवासहित प्रमुख तीन दलका शीर्ष नेतालाई शनिबार शीतलनिवास बोलाएर राष्ट्रपति भण्डारीले दलैपिच्छेको परराष्ट्र नीति र व्यवहारप्रति गम्भीर असन्तुष्टि पोख्दै केही सुझाबसमेत राखेकी हुन् । उनले कोसीलगायत असमान प्रकृतिका सन्धि–सम्झौता पुनरावलोकनमा सबैलाई एकजुट बन्न गम्भीर ध्यानाकर्षण गराउँदै राष्ट्रिय नीति, डुबान र सीमा समस्यालगायत विषयमा थुप्रै प्रश्नसमेत गरेकी थिइन् । उनले राष्ट्रिय हितका मामिला सबै दल एक ठाउँमा आउन र राष्ट्रिय नीतिका आधारमा अरू देशसँग सम्बन्ध राख्नसमेत सुझाब दिइन् ।

दोषारोपणपछि राष्ट्रपतिको हस्तक्षेप

राष्ट्रिय नीतिबारे दलहरू नै विभाजित देखिएको भन्दै राष्ट्रपतिले गम्भीर असन्तुष्टि राखेपछि नेताहरूले भने आपसमा दोषारोपण गरेको स्रोतले जनाएको छ । गम्भीर असन्तुष्टिसहितका प्रश्नसहित राष्ट्रपतिले सुझाब राखेपछि प्रधानमन्त्री देउवाले सरकार गम्भीर रहेको र असंलग्न परराष्ट्र नीतिकै आधारमा चलिरहेको बताएका थिए ।

एमाले अध्यक्ष ओलीले राष्ट्रिय हितलाई ध्यान दिएरै अहिलेसम्मका सन्धि–सम्झौतालाई समयानुकूल परिवर्तनको समेत म्यान्डेट दिएर प्रबुद्ध व्यक्तिको समूह गठन गरेको भनाइ राखेका थिए । उनले त्यो समूहलाई सरकारले नै सहयोग नगरेको बताएपछि माओवादी केन्द्रका अध्यक्ष प्रचण्डले प्रतिवाद गरेका थिए । ‘तपाईंले कुरै बुझ्नु भएन,’ प्रचण्डको भनाइ थियो, ‘अर्को समूह बनाउनुपर्ने प्रेसर हुँदाहुँदै पनि मैले नै रोकेको हुँ, कसरी सहयोग भएन भन्न मिल्छ ?’

नेताहरूबीच दोषारोपण हुन थालेपछि बीचमा राष्ट्रपतिले हस्तक्षेप गरेकी थिइन् । ‘मैले भन्न खोजेकै यही थियो, तपाईंहरूबीच राष्ट्रिय नीतिमै एउटै दृष्टिकोण छैन । प्रबुद्ध व्यक्तिहरूको समूह (इपिजी) बारे तपाईंहरूको दृष्टिकोण के हो ? तपाईंहरूले नै साझा धारणा बनाएर सुझाब दिन सक्नुहुन्न भने त्यसले कसरी काम गर्न सक्छ ?’ राष्ट्रपतिको थप जिज्ञासा थियो, ‘समूहले बुझाउने प्रतिवेदनमै अहिलकैजस्तो तपाईंहरूमा विवाद देखिए के हुन्छ ?’

माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठका अनुसार राष्ट्रपतिले भारतसँग बाँधको ढोका नखोल्दा नेपालले बर्सेनि डुबानको समस्या भोग्दै आएको विषयलाई गम्भीरतापूर्वक उठाउन प्रधानमन्त्री शेरबहादुर देउवाको गम्भीर ध्यानाकर्षण गराएकी थिइन् । ‘राष्ट्रपतिज्यूले बाँधको समस्याबारे भ्रमणमा कुरा गर्न सुझाब दिनुभएको छ,’ उनले भने, ‘बाढी–पहिरोको प्रकोप नियन्त्रणका लागि दीर्घकालीन योजना बनाउन, परराष्ट्र नीतिलाई राष्ट्रिय हितविपरीत दलीयकरण नगर्न तथा प्रमुख तीन दलबीचको सहमतिमा मात्रै संविधान संशोधन गर्न पनि उहाँले सुझाब दिनुभएको छ ।’ संविधान निर्माण गर्ने शक्ति संशोधनमा विभाजित हुँदा संविधान कार्यान्वयनमा असर पर्ने भन्दै राष्ट्रपतिले गम्भीर चिन्तासमेत प्रकट गरेकी थिइन् ।

यस्ता छन् तीन मुख्य प्रश्न

१. हरेक वर्ष बाढी आउँछ, तराईका भूभाग डुबानमा पर्छन्, ठूलो धनजनको क्षति हुन्छ । भारतले बाँधको ढोका नखोल्दा यसपटक ठूलो क्षति भएको भनिन्छ । हाम्रो पानी दक्षिण (भारत) तिर बग्छ । धेरै कुरा तपाईंहरूलाई नै थाहा होला । यसमा तपाईंहरूको नीति के हो ? बाढी आएका वेलामा मात्रै चर्चा गर्ने कि दीर्घकालीन समाधान खोज्नेतिर जाने ? एउटा स्वतन्त्र सार्वभौम राष्ट्रभित्र बनेको बाँधको नियन्त्रण र सञ्चालन अर्को देशले गर्ने कुरा (सम्झौता) प्रति तपाईंहरूको के धारणा छ ?

२. नेपाल–भारतबीचका खुला सिमाना व्यवस्थित छैनन् । वैज्ञानिक नक्सांकन हुन सकेका छैनन् । उत्तरतर्फको सीमामा पनि समस्या आएका छन् । नेपाललाई नसोधीकनै भारत–चीनले लिपुलेकको बाटो प्रयोग गर्ने समझदारी गर्दा हामीले किन ‘अब्जेक्सन’ जनाउन सकेनौँ?

३. राष्ट्रिय हितका विषयमा एउटा पार्टीको सरकार हुँदा अलि बोल्ने, अर्को पार्टीको सरकारको नेतृत्व हुँदा नबोल्नेजस्तो नीति देखिनुभएन । परराष्ट्र नीति पनि पार्टीपिच्छे फरक–फरक हुन्छ ? सरकार फेरिनेबित्तिकै किन नीति फेरिन्छ ? सीमासम्बन्धी नीति के हो ? पानीसम्बन्धी नीति के हो ? सबै राष्ट्रिय नीति राष्ट्रिय हितलाई ध्यान दिएर बनाउनुपर्छ । आन्तरिक राजनीतिको मामिलामा बाह्य शक्तिको प्रभाव हुन नदिन किन तपाईंहरू एक बन्नुहुन्न ?

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

apex

ग्लोबल

vianetwlink

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस् फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस्

    मास्टर तहको पढाई विश्वविद्यालयहरुमा हुन्छ। केही पोलिटेक्निक्सले मास्टर तहको पढाई पनि सञ्चालन गर्छन तर त्यसका लागि काम गरेको अनुभव खोजिन्छ । हेलसिन्की विश्वविद्यालय, आल्टू विश्वविद्यालय विश्वकै उत्कृष्ट विश्वविद्यालयहरू हुन्। यी विश्वविद्यालयमा भर्ना निकै प्रतिस्पर्धात्मक हुन्छ। फ़िनल्याण्डमा वर्षको एक पटक विधार्थी भर्ना कार्यक्रम हुन्छ, अगस्ट -सेप्टेम्बरमा।

    प्रकाश पोखरेल

  • बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय

    आत्महत्याको घटनालाई कुनै परिवारको निजी मामला भनेर अनदेखा गर्नु भन्दा पनि एउटा सामाजिक, सांस्कृतिक, लैंगिक, आर्थिक, मानसिक र मनोवैज्ञानिक दृष्टिकोणबाट विश्लेषण गर्नु जरुरी छ। गहन विश्लेषण बिना सरल अभिव्यक्ति दिएर सामाजिक दायित्वबाट पन्छिनु चेतनशील व्यक्तिको पहिचान होइन। एक आपसमा सहयोगको भावना, मनोबैज्ञानिक तथा मानसिक समस्याबारे शिक्षा/चेतना,  सकारात्मक सोचाई, स्वस्थ प्रतिस्पर्धा र सामाजिक समस्याहरुप्रतिको संवेदनशीलतालाई प्रोत्साहन गर्ने हो भने आत्महत्याद्वारा अकाल मृत्युको घटनालाई धेरै हदसम्म न्युनिकरण गर्न सकिन्छ।

    बिभु थपलिया श्रेष्ठ

  • एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त? एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त?

    म एक स्वास्थकर्मी हुँ। मैले मुलुकका बिभिन्न जिल्लाहरुमा करिब १५ वर्षसम्म नर्सिङ सेवा प्रदान गरे। मेरो कार्यक्षेत्र दुर्गम र सुगम दुवै ठाउँमा थियो। भाग...

    सुशिला पाण्डे

साहित्यपाटी

  • पैंचो पैंचो

    दुर दराजबाट

    मैलो र फाटेको लुगामा सजिएर

    आफूलाई धकेल्दै आफैंले

    हर्केकी छोरीले ल्याइपुर्‍याएकी छ

    सिंहको गर्जन चल्ने ठाउँमा।

    सिर्जना सुवेदी

  • अजरा ब्युँझनुअघि अजरा ब्युँझनुअघि

    स्थिति सकसपूर्ण छ। अब कुरा कसरी अगाडि बढाउने साएथुरेनलाई थाहा छैन। मौनतालाई चिर्दै सेतो कार निक्कै स्पिडमा कण्डोयोकी गार्डेनको पश्चिम गेटबाट छिर्छ। उनीहरु उभिइरहेको ठाउँबाट प्रष्ट त्यो देखिन्छ। गाडी अचानक रोकिन्छ। निकै हतारमा एउटी अर्की महिला गाडीबाट ओर्लिन्छे र साएथुरेनहरु भएतिर आउँछे। उसले चोको हात समाएर तान्छे र कानेखुसीको पारामा अजराकी आमालाई भन्छे, ‘तैंले गर्दा हामीलाई पनि समस्या भएको छ। छिमेकीहरुले प्रश्न गर्छन्। पुलिसले पनि चियो गर्छ। बाहिरबाट आएका कुलाहरुलाई शरण नदिनु भनेर पुलिसले उर्दी गरेको छ। आजदेखि आफ्नो व्यवस्था आफैं गर। सबभन्दा राम्रो त तँ त्यही मस्जिदमा जा।’ चोलाई घिसार्दै महिला अघि बढ्छे।

    घिमिरे युवराज

  • सिकर्मीको सिसाकलम सिकर्मीको सिसाकलम

    काकाले आश्चर्य मान्दै मुन्टो हल्लाएर थप्नुभयो, ‘हो नि त, कति चाँडो कुरा बुझेको। जीवनमा मात्रै हैन, संसारमा नै नराम्रा चिज जति चिन्न सक्यो र फाल्न सक्यो भने त सबै राम्रैराम्रा त बाँकी हुन्छन् नि।’सिकर्मीका कुरा मलाई साहै्र घत लाग्यो। ती कुराले मलाई आँखा खुलेजस्तै भयो। उहाँ पक्कै पनि आदरणीय हुनुहुन्छ भन्ने मलाई लाग्यो। अझ उहाँले कानमा सिउरने गरेको सिसाकलम पनि मलाई महान् लाग्यो। मनमा लागेका कुरा मैले रोकिरहन सकिनँ। ‘काका, तपाईंको त्यो सिसाकलमचाहिँ मलाई दिनोस् न है।’ मैले मुख फोरिहालेँ, ‘बरु मैले भर्खरै किनेका नयाँ सिसाकलम तपाईंलाई दिन्छु, हुन्न?’ मेरा कुरा सुनेर हाँसिरहेका काकाले बिस्तारै हाँसो रोकेर भन्नुभयो, ‘यो सिसाकलम त्यस्तो विशेष केही होइन। तिम्रोजस्तै साधारण हो।’

    अनन्त वाग्ले

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

vianetwlink