शीर्ष नेतालाई राष्ट्रपतिको प्रश्न : भारतसँग कुरा गर्न किन डराउने?

शीर्ष नेतालाई राष्ट्रपतिको प्रश्न : भारतसँग कुरा गर्न किन डराउने?

SAMSUNG
  • Get News Alerts

baleno
tata

राष्ट्रपति विद्यादेवी भण्डारीले डुबान समस्याबारे भारतसँग कुरा नगरेकामा शीर्ष नेतृत्वसँग असन्तुष्टि पोखेकी छन्। सीमा क्षेत्रमा भारतले निर्माण गरेका बाँध/तटबन्धका कारण तराई/मधेसका भूभाग डुबानमा पर्दा जनताले दुःख-कष्ट भोग्न बाध्य भएकै बेला राष्ट्रपति भण्डारीले शीर्ष नेताहरूसँग यस्तो असन्तुष्टि पोखेकी हुन्। यो खबर चिरन्जीबी ढुंगनाले आजको अन्नपूर्णमा लेखेका छन्।

आफूसँग परामर्शका लागि शनिबार बिहान शीतलनिवास आएका प्रधानमन्त्री एवं कांग्रेस सभापति शेरबहादुर देउवा, प्रमुख प्रतिपक्षी दल एमाले अध्यक्ष केपी शर्मा ओली र माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाललाई राष्ट्रपति भण्डारीले भनेकी थिइन्, ‘बाढी आउँछ, जनताले दुःख पाउँछन्, राहत बाँडेर बस्नुपर्ने बाध्यता छ। डुबान समस्याबारे भारतसँग कुरा गर्नु पर्दैन ? तथ्यसहित कुरा गर्ने प्रक्रियामा जानुहोस्।’

राष्ट्रपति भण्डारीसँगको परामर्शमा कांग्रेस वरिष्ठ नेता रामचन्द्र पौडेल, एमाले उपाध्यक्ष वामदेव गौतम र माओवादी केन्द्रका वरिष्ठ नेता नारायणकाजी श्रेष्ठ सहभागी थिए।राष्ट्रपति भण्डारीले तराई/मधेसको बाढीपहिरो, प्रधानमन्त्रीको आसन्न भारत भ्रमण, मुलुकको विद्यमान राजनीतिक अवस्थालगायत विषयमा नेताहरूसँग परामर्श गरेकी हुन्।

छिमेकीले बनाएका बाँध, तटबन्ध, नहर, सडकले नेपालको दक्षिण भूभाग डुबानमा पर्ने गरेको भन्दै आफ्नो भूभागलाई डुबानबाट बचाउने नीति तय गर्नसमेत उनले शीर्ष नेतृत्वलाई आग्रह गरेकी थिइन्। ‘भारतीय तटबन्ध एवं बाँधका कारण नेपालका दक्षिणी भूभाग बर्सेनि डुबानमा पर्ने हुँदा मैत्रीपूर्ण कूटनीतिका माध्यमबाट समाधान खोज्न, प्राकृतिक विपद्सँग जुध्न अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजना ल्याउन आग्रह गर्नुभयो’, राष्ट्रपतिलाई उद्धृत गर्दै परामर्शमा सहभागी एक नेताले भने, ‘हामी मित्र राष्ट्रहरूसँग आफ्ना समस्या राख्न किन डराइरहेका छौं ? सत्तालाई होइन राष्ट्रलाई उच्च प्राथमिकता दिनुहोस्।’

तराईको डुबान तथा पहिरो गएको क्षेत्रमा खोज, उद्धार तथा राहतलाई उच्च प्राथमिकता दिन, पीडितलाई स्थायी आवासको प्रबन्ध मिलाउन, ती क्षेत्रमा रोगको संक्रमण फैलन नदिन र क्षतिको उचित मूल्यांकन गर्दै पुनःस्थापनाका कार्यक्रम शीघ्र सञ्चालन गर्न शीर्ष नेतालाई उनले आग्रह गरेकी थिइन्। ‘बर्सेनि भोग्नुपर्ने प्राकृतिक विपद्लाई न्यूनीकरण गर्न अल्पकालीन, मध्यकालीन तथा दीर्घकालीन योजनालाई प्रभावकारी कार्यान्वयनमा ल्याउनुपर्‍यो’, राष्ट्रपतिलाई उद्धृत गर्दै कांग्रेस वरिष्ठ नेता पौडलले भने।

फरक प्रसंगमा राष्ट्रपति भण्डारीले साझा परराष्ट्रनीति अभावमा विश्व कूटनीतिमा नेपाल अत्यन्त कमजोर हुँदै गएकोतर्फ शीर्ष नेताको ध्यानाकर्षण गराएकी थिइन्।

सरकार परिवर्तनसँगै परराष्ट्रनीति परिवर्तन हुने अवस्थाले राष्ट्रिय हित हुन नसक्ने जनाउँदै उनले साझा पररारष्ट्र नीति अवलम्बन गर्न सुझाव दिएकी छन्।

राष्ट्रपति भण्डारीलाई उद्धृत गर्दै एक शीर्ष नेताले भने, ‘प्रजातन्त्र पुनःस्थापनापछिको २८ वर्ष र गणतन्त्र आएको ११ वर्ष बीचमा भएका सरकार परिवर्तनसँगै परराष्ट्र नीति फरक-फरक अवलम्बन हुँदा राष्ट्रिय हित हुन सकेन। तपार्इंहरूलाई म आग्रह गर्छु, सरकार परिवर्तनसँगै अलग्गै पराराष्ट्र नीति अवलम्बन होइन, साझा राष्ट्रिय पररराष्ट्र नीति अवलम्बन गर्नु अपरिहार्य छ।’

‘राष्ट्रिय हितलाई सर्वोपरी राखेर असंलग्न परराष्ट्रनीतिको सिद्धान्तका आधारमा साझा परराष्ट्रनीति अवलम्बन गर्नुपर्‍यो’, परामर्शमा भावुक हुँदै राष्ट्रपति भण्डारीले भनेकी थिइन्। ‘पार्टीको छुट्टै, सरकार फेरिएपछि छुट्टै, व्यक्तिपिच्छे छुट्टै परराष्ट्रनीति हुन्छ ? , यो सोच र प्रक्रियाले राष्ट्रिय हित हुन सक्दैन’, परामर्शमा राष्ट्रपतिले जोड दिएको माओवादी केन्द्रका नेता नारायणकाजी श्रेष्ठले बताए।

परामर्शमा प्रधानमन्त्री देउवाले तराई÷मधेसको डुबान, पहिरोपीडितको खोज, उद्धार तथा राहत वितरणमा सरकारले उच्च प्राथमिकता दिँदै संकट समाधान गर्न सरकार लागिरहेको जानकारी गराएका थिए।

शीर्ष नेताले २ नम्बर प्रदेशको आसन्न निर्वाचनमा सबै पार्टीको सहभागिताका लागि वार्ता र संवाद कार्यसमेत जारी रहेको जानकारी राष्ट्रपति भण्डारीलाई गराएका थिए।राष्ट्रपति भण्डारीले संविधान संशोधनमा सहमति जुटाउन आग्रह गरेको एमाले उपाध्यक्ष गौतमले जानकारी दिए।आफूहरूले सत्तापक्षले संशोधनका विषयमा ठोस वार्ता नगरेको राष्ट्रपतिलाई जानकारी गराएको बताए।

तर, सरकारले संसद्को आगामी बैठकबाट संशोधन प्रस्तावलाई मतदान प्रक्रियाबाट टुंग्याउने तयारी गरेको छ। ‘राष्ट्रपतिले विदेश जाँदा र विदेशीसँग भेट्दा राष्ट्रको आवाज बोल्न आग्रह गर्नुभयो’, गौतमले भने।

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

apex

ग्लोबल

vianetwlink

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस् फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस्

    मास्टर तहको पढाई विश्वविद्यालयहरुमा हुन्छ। केही पोलिटेक्निक्सले मास्टर तहको पढाई पनि सञ्चालन गर्छन तर त्यसका लागि काम गरेको अनुभव खोजिन्छ । हेलसिन्की विश्वविद्यालय, आल्टू विश्वविद्यालय विश्वकै उत्कृष्ट विश्वविद्यालयहरू हुन्। यी विश्वविद्यालयमा भर्ना निकै प्रतिस्पर्धात्मक हुन्छ। फ़िनल्याण्डमा वर्षको एक पटक विधार्थी भर्ना कार्यक्रम हुन्छ, अगस्ट -सेप्टेम्बरमा।

    प्रकाश पोखरेल

  • बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय

    आत्महत्याको घटनालाई कुनै परिवारको निजी मामला भनेर अनदेखा गर्नु भन्दा पनि एउटा सामाजिक, सांस्कृतिक, लैंगिक, आर्थिक, मानसिक र मनोवैज्ञानिक दृष्टिकोणबाट विश्लेषण गर्नु जरुरी छ। गहन विश्लेषण बिना सरल अभिव्यक्ति दिएर सामाजिक दायित्वबाट पन्छिनु चेतनशील व्यक्तिको पहिचान होइन। एक आपसमा सहयोगको भावना, मनोबैज्ञानिक तथा मानसिक समस्याबारे शिक्षा/चेतना,  सकारात्मक सोचाई, स्वस्थ प्रतिस्पर्धा र सामाजिक समस्याहरुप्रतिको संवेदनशीलतालाई प्रोत्साहन गर्ने हो भने आत्महत्याद्वारा अकाल मृत्युको घटनालाई धेरै हदसम्म न्युनिकरण गर्न सकिन्छ।

    बिभु थपलिया श्रेष्ठ

  • एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त? एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त?

    म एक स्वास्थकर्मी हुँ। मैले मुलुकका बिभिन्न जिल्लाहरुमा करिब १५ वर्षसम्म नर्सिङ सेवा प्रदान गरे। मेरो कार्यक्षेत्र दुर्गम र सुगम दुवै ठाउँमा थियो। भाग...

    सुशिला पाण्डे

साहित्यपाटी

  • पैंचो पैंचो

    दुर दराजबाट

    मैलो र फाटेको लुगामा सजिएर

    आफूलाई धकेल्दै आफैंले

    हर्केकी छोरीले ल्याइपुर्‍याएकी छ

    सिंहको गर्जन चल्ने ठाउँमा।

    सिर्जना सुवेदी

  • अजरा ब्युँझनुअघि अजरा ब्युँझनुअघि

    स्थिति सकसपूर्ण छ। अब कुरा कसरी अगाडि बढाउने साएथुरेनलाई थाहा छैन। मौनतालाई चिर्दै सेतो कार निक्कै स्पिडमा कण्डोयोकी गार्डेनको पश्चिम गेटबाट छिर्छ। उनीहरु उभिइरहेको ठाउँबाट प्रष्ट त्यो देखिन्छ। गाडी अचानक रोकिन्छ। निकै हतारमा एउटी अर्की महिला गाडीबाट ओर्लिन्छे र साएथुरेनहरु भएतिर आउँछे। उसले चोको हात समाएर तान्छे र कानेखुसीको पारामा अजराकी आमालाई भन्छे, ‘तैंले गर्दा हामीलाई पनि समस्या भएको छ। छिमेकीहरुले प्रश्न गर्छन्। पुलिसले पनि चियो गर्छ। बाहिरबाट आएका कुलाहरुलाई शरण नदिनु भनेर पुलिसले उर्दी गरेको छ। आजदेखि आफ्नो व्यवस्था आफैं गर। सबभन्दा राम्रो त तँ त्यही मस्जिदमा जा।’ चोलाई घिसार्दै महिला अघि बढ्छे।

    घिमिरे युवराज

  • सिकर्मीको सिसाकलम सिकर्मीको सिसाकलम

    काकाले आश्चर्य मान्दै मुन्टो हल्लाएर थप्नुभयो, ‘हो नि त, कति चाँडो कुरा बुझेको। जीवनमा मात्रै हैन, संसारमा नै नराम्रा चिज जति चिन्न सक्यो र फाल्न सक्यो भने त सबै राम्रैराम्रा त बाँकी हुन्छन् नि।’सिकर्मीका कुरा मलाई साहै्र घत लाग्यो। ती कुराले मलाई आँखा खुलेजस्तै भयो। उहाँ पक्कै पनि आदरणीय हुनुहुन्छ भन्ने मलाई लाग्यो। अझ उहाँले कानमा सिउरने गरेको सिसाकलम पनि मलाई महान् लाग्यो। मनमा लागेका कुरा मैले रोकिरहन सकिनँ। ‘काका, तपाईंको त्यो सिसाकलमचाहिँ मलाई दिनोस् न है।’ मैले मुख फोरिहालेँ, ‘बरु मैले भर्खरै किनेका नयाँ सिसाकलम तपाईंलाई दिन्छु, हुन्न?’ मेरा कुरा सुनेर हाँसिरहेका काकाले बिस्तारै हाँसो रोकेर भन्नुभयो, ‘यो सिसाकलम त्यस्तो विशेष केही होइन। तिम्रोजस्तै साधारण हो।’

    अनन्त वाग्ले

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

vianetwlink