फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस्

फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस्

SAMSUNG
  • Get News Alerts

baleno
tata

मध्यरातमा सूर्य उदाउने देश नर्वे, गर्मी मौसममा राति १२ बजे पनि घाम क्षितिजमाथि नै हुन्छ। लगभग सोही अक्षांशमा रहेको देश हो फ़िनल्याण्ड, नर्वे जस्तै गर्मीमा लगभग अन्धकार नै हुँदैन। अनि जाडोमा मुस्किलले केही घण्टा उज्यालो हुन्छ। उत्तरी धुर्व र आर्कटिक सर्कल नजिक रहेकाले पनि यहाँ जाडोमा निकै चिसो अनि सूर्यको प्रकाश निकै कम समय रहन्छ। जाडोका कुनै दिन तापक्रम  -३० डिग्री सेल्सियससम्म पनि पुग्ने गर्छ भने गर्मिमा अधिकतम +३० डिग्री सेल्सियस सम्म।

नेपालीमाझ फ़िनल्याण्डभन्दा पनि नोकिया फोन अझै चर्चित नाम हो, नोकिया यही देशको उत्पादन हो। यसलाई नोकियाको देश भनेर चिन्ने ब्यक्ति धेरै थिए, तर नोकिया फोन अन्य स्मार्टफोनसँग प्रतिस्पर्धामा पछि परि लगभग बन्द भएर केहि वर्ष पछि पुन सानो स्तरमा निर्माण सुरू भएको छ। त्यसैले पनि नोकियाको चर्चा आजकल त्यति छैन।

यस बाहेक धेरैले बच्चा बेलामा हेर्ने गरेको मूमिन कार्टून पनि यही देशको हो। करीब ५५ लाख जनसंख्या अनि ३.५ लाख वर्ग किमि क्षेत्रफल रहेको फ़िनल्याण्ड यूरोपियन यूनियनमा सबैभन्दा कम जनघनत्व भएको देश हो। अन्य नर्डिक देश सरह फिनल्याण्ड पनि प्रतिव्यक्ति आय, भ्रस्टाचार, साक्षरता दर, प्रेस स्वतन्त्रतामा अनि मानव विकास सूचांकमा अग्रणी देश मानिन्छ। यसैगरी यहाँको विद्यालय शिक्षालाई विश्वमै नमूना शिक्षाको रुपमा चित्रण पनि गरिन्छ।  

फ़िनल्याण्डमा करिब ३००० नेपाली रहेको अनुमान छ, जसको लगभग दुई तिहाई राजधानी हेलसिन्किमा छन्। निःशुल्क अनि उत्कृष्ट शिक्षा भएका कारणले पनि मुख्यतः २००७ पछि फ़िनल्याण्डमा गत वर्षसम्म फ़िनल्याण्ड आउने नेपाली विद्यार्थीको संख्या निकै बढ़ी रह्यो। यो वर्ष फ़ी लाग्ने भएपछि नेपाली विद्यार्थीको आँकड़ा कस्तो रहन्छ त्यो भने हेर्न बाँकी छ। धेरै नेपालीहरू यहाँ रेस्टुरेन्ट व्यवसायमा पनि संलग्न छन्, विशेष गरि पछिल्ला दिनमा नेपाली रेस्टुरेन्टको संख्या निकै बढेको छ र लगभग सबै नेपाली उक्त व्यवसायमा सफल पनि भएका छन्।

फिनल्याण्डमा स्नातक तहको पढाई पोलिटेक्निक्समा र विश्वविद्यालयहरुमा हुन्छ। विश्वविद्यालयहरुमा हुने स्नातक तहको पढाई यहाँकै फिनिश भाषामा हुन्छ भने पोलिटेक्निक्सहरुमा अंग्रेजी र फिनिश दुवै भाषामा पढाई हुन्छ। त्यसैले स्नातक तह पढ्न आउने विदेशीहरू प्रायः पोलिटेक्निक्समा मात्रै आउँछन्। स्नातक तह भर्ना भएर पढ्न आउन चाहने विद्यार्थीले प्रवेश परिक्षा दिनुपर्छ जुन हरेक वर्ष अप्रिल महिना तिर हुन्छ। नेपालमा पनि प्रवेश परीक्षा दिने व्यवस्था मिलाइएको हुन्छ।

मास्टर तहको पढाई विश्वविद्यालयहरुमा हुन्छ। केही पोलिटेक्निक्सले मास्टर तहको पढाई पनि सञ्चालन गर्छन तर त्यसका लागि काम गरेको अनुभव खोजिन्छ । हेलसिन्की विश्वविद्यालय, आल्टू विश्वविद्यालय विश्वकै उत्कृष्ट विश्वविद्यालयहरू हुन्। यी विश्वविद्यालयमा भर्ना निकै प्रतिस्पर्धात्मक हुन्छ। फ़िनल्याण्डमा वर्षको एक पटक विधार्थी भर्ना कार्यक्रम हुन्छ, अगस्ट -सेप्टेम्बरमा।

यसको लागि भर्ना प्रक्रिया डिसेम्बर-जेनुअरीबाट सुरु हुन्छ। केही थोरै पोलीटेक्निक्समा भने जेनुअरीबाट पनि नयाँ शैक्षिक सत्र सुरु हुन्छ र त्यसको भर्ना प्रक्रिया भने  सेप्टेम्बरबाट सुरु हुन्छ।

धेरै नेपाली विद्यार्थीलाई चासो लाग्ने विषय पार्ट टाइम काम कै हो। यहाँ पढ़ाई सञ्चालन हुँदा हप्तामा २५ घण्टा अनि बिदाको बेला फूलटाइम काम गर्न पाइन्छ।

यदि काम आफ्नो पढ़ाईसँग सम्बन्धित क्षेत्रको भए कलेज पढाईको दौरान पनि फूल टाइम काम गर्ने अनुमति छ। पार्ट टाइम काम हेलसिन्कि क्षेत्रमा पाउने सम्भावना बढ़ी रहन्छ भने अन्य सहरहरु तुरकु, ताम्पेरे, ओउलू, युवास्कुला, कोपीओमा सहजै पाउन ग़ारहो हुन सक्छ, यसबाहेक अन्य साना शहरहरुमा झनै कठिन। त्यसैले कलेज छनौट गर्ने बेलामा विचार गर्नु उत्तम हुन्छ।

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

apex

ग्लोबल

vianetwlink

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस् फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस्

    मास्टर तहको पढाई विश्वविद्यालयहरुमा हुन्छ। केही पोलिटेक्निक्सले मास्टर तहको पढाई पनि सञ्चालन गर्छन तर त्यसका लागि काम गरेको अनुभव खोजिन्छ । हेलसिन्की विश्वविद्यालय, आल्टू विश्वविद्यालय विश्वकै उत्कृष्ट विश्वविद्यालयहरू हुन्। यी विश्वविद्यालयमा भर्ना निकै प्रतिस्पर्धात्मक हुन्छ। फ़िनल्याण्डमा वर्षको एक पटक विधार्थी भर्ना कार्यक्रम हुन्छ, अगस्ट -सेप्टेम्बरमा।

    प्रकाश पोखरेल

  • बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय

    आत्महत्याको घटनालाई कुनै परिवारको निजी मामला भनेर अनदेखा गर्नु भन्दा पनि एउटा सामाजिक, सांस्कृतिक, लैंगिक, आर्थिक, मानसिक र मनोवैज्ञानिक दृष्टिकोणबाट विश्लेषण गर्नु जरुरी छ। गहन विश्लेषण बिना सरल अभिव्यक्ति दिएर सामाजिक दायित्वबाट पन्छिनु चेतनशील व्यक्तिको पहिचान होइन। एक आपसमा सहयोगको भावना, मनोबैज्ञानिक तथा मानसिक समस्याबारे शिक्षा/चेतना,  सकारात्मक सोचाई, स्वस्थ प्रतिस्पर्धा र सामाजिक समस्याहरुप्रतिको संवेदनशीलतालाई प्रोत्साहन गर्ने हो भने आत्महत्याद्वारा अकाल मृत्युको घटनालाई धेरै हदसम्म न्युनिकरण गर्न सकिन्छ।

    बिभु थपलिया श्रेष्ठ

  • एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त? एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त?

    म एक स्वास्थकर्मी हुँ। मैले मुलुकका बिभिन्न जिल्लाहरुमा करिब १५ वर्षसम्म नर्सिङ सेवा प्रदान गरे। मेरो कार्यक्षेत्र दुर्गम र सुगम दुवै ठाउँमा थियो। भाग...

    सुशिला पाण्डे

साहित्यपाटी

  • पैंचो पैंचो

    दुर दराजबाट

    मैलो र फाटेको लुगामा सजिएर

    आफूलाई धकेल्दै आफैंले

    हर्केकी छोरीले ल्याइपुर्‍याएकी छ

    सिंहको गर्जन चल्ने ठाउँमा।

    सिर्जना सुवेदी

  • अजरा ब्युँझनुअघि अजरा ब्युँझनुअघि

    स्थिति सकसपूर्ण छ। अब कुरा कसरी अगाडि बढाउने साएथुरेनलाई थाहा छैन। मौनतालाई चिर्दै सेतो कार निक्कै स्पिडमा कण्डोयोकी गार्डेनको पश्चिम गेटबाट छिर्छ। उनीहरु उभिइरहेको ठाउँबाट प्रष्ट त्यो देखिन्छ। गाडी अचानक रोकिन्छ। निकै हतारमा एउटी अर्की महिला गाडीबाट ओर्लिन्छे र साएथुरेनहरु भएतिर आउँछे। उसले चोको हात समाएर तान्छे र कानेखुसीको पारामा अजराकी आमालाई भन्छे, ‘तैंले गर्दा हामीलाई पनि समस्या भएको छ। छिमेकीहरुले प्रश्न गर्छन्। पुलिसले पनि चियो गर्छ। बाहिरबाट आएका कुलाहरुलाई शरण नदिनु भनेर पुलिसले उर्दी गरेको छ। आजदेखि आफ्नो व्यवस्था आफैं गर। सबभन्दा राम्रो त तँ त्यही मस्जिदमा जा।’ चोलाई घिसार्दै महिला अघि बढ्छे।

    घिमिरे युवराज

  • सिकर्मीको सिसाकलम सिकर्मीको सिसाकलम

    काकाले आश्चर्य मान्दै मुन्टो हल्लाएर थप्नुभयो, ‘हो नि त, कति चाँडो कुरा बुझेको। जीवनमा मात्रै हैन, संसारमा नै नराम्रा चिज जति चिन्न सक्यो र फाल्न सक्यो भने त सबै राम्रैराम्रा त बाँकी हुन्छन् नि।’सिकर्मीका कुरा मलाई साहै्र घत लाग्यो। ती कुराले मलाई आँखा खुलेजस्तै भयो। उहाँ पक्कै पनि आदरणीय हुनुहुन्छ भन्ने मलाई लाग्यो। अझ उहाँले कानमा सिउरने गरेको सिसाकलम पनि मलाई महान् लाग्यो। मनमा लागेका कुरा मैले रोकिरहन सकिनँ। ‘काका, तपाईंको त्यो सिसाकलमचाहिँ मलाई दिनोस् न है।’ मैले मुख फोरिहालेँ, ‘बरु मैले भर्खरै किनेका नयाँ सिसाकलम तपाईंलाई दिन्छु, हुन्न?’ मेरा कुरा सुनेर हाँसिरहेका काकाले बिस्तारै हाँसो रोकेर भन्नुभयो, ‘यो सिसाकलम त्यस्तो विशेष केही होइन। तिम्रोजस्तै साधारण हो।’

    अनन्त वाग्ले

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

vianetwlink