बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय

SAMSUNG
  • Get News Alerts

baleno
tata

धेरै पहिला एक जनाले कुरै कुरामा भनेको सम्झिन्छु, ‘मलाई यी आत्महत्या गर्ने मान्छेप्रति पटक्कै सहानुभूति आउँदैन। जिन्दगीका अप्ठ्याराहरुसँग जुध्ने हुती नभएर लत्तो छाड्ने हुतीहारा हुन् आत्महत्या गर्ने मान्छे। त्यसैले मलाई त्यस्ता मान्छे मरे भनेर कठैबरी भन्न मन लाग्दैन।’

आत्महत्या जस्तो कठोर निर्णय कसैले किन गर्छ? कस्ता परिस्थितिहरु सिर्जना हुने होलान् जसले मानिसलाई बाँच्न भन्दा मर्न सहज लाग्ने मनस्थितिसम्म पुर्याउँछ? जीवन त्याग्ने बखत आँखा अगाडि घुम्ने प्रियजनका तस्विर र निकट सम्बन्धहरुप्रतिको दायित्व बोधले पनि किन निर्णय बदल्न बाध्य बनाउन सक्दैन?

हामीले आपसी सम्बन्ध, बालबच्चालाई दिनुपर्ने समय, राम्रो मानसिक स्वास्थ्यका लागि आवश्यक भावनाको स्वस्थ आदान प्रदान र परिवारसंग संगै बिताउनुपर्ने समयलाई कत्तिको ध्यान दिन सकेका छौं ? हाम्रो वास्तविक मनका भावना सुनेर बुझिदिने कति साथी छन् ? फेसबुकमा देखिने घुमघामका तस्विर र हाँसेर खिचेका तस्विर पछाडिको वास्तविक यथार्थ बेग्लै पो छ कि?

महाभूकम्पपछि मिडियामा आएका तस्विरहरु हेर्दा नेपालीहरु जस्तोसुकै विपतमा पनि एक अर्काप्रति सहयोगी र खुसी रहन सक्ने भनेर बुझियो। सतही रुपमा त्यो सहि लाग्न सक्छ। तर दिन प्रतिदिन घटिरहेका आत्महत्याका घटनाले त्यसो भन्दैन। बारम्बार कुनै पनि घटना दोहोरिइरहनुले त्यस घटनालाई सामान्य कुराको रुपमा चित्रित गरिरहेको हुनसक्छ तर परिवारले आफ्नो सदस्य र समाजले योग्य जनशक्ति आत्महत्याको कारणले गुमाउँदै जानु भनेको सामान्य कुरा होइन।

द हिमालयन टाइम्समा सेप्टेम्बर ११, २०१६ मा छापिएको समाचार अनुसार २०१५/१६ मा दैनिक १२ जना भन्दा बढी व्यक्तिले आत्महत्या गरेका रहेछन्। विभिन्न अध्ययनहरुले देखाए अनुसार  आत्महत्या गर्नुको पछाडि बहुविवाह, एकल महिला प्रतिको दृष्टिकोण, छाउपडी र दाइजो प्रथा जस्ता कुरीति, छोरा/छोरीबिचको भेदभाव, आर्थिक परनिर्भरता, घरेलु हिंसा, वैदेशिक रोजगारीका लागि विदेश जाने संख्यामा वृद्धिले निम्त्याएको पारिवारिक विखण्डन, आधुनिकताका नाममा देखावटीपन र विकृतिको विकास जस्ता समस्याहरु रहेछन् जुन पितृसत्ता तथा गरिबी र हाम्रै रीतिरिवाज/संस्काररुपी जरोबाट फैलिएका हाँगाहरु हुन् । यस्ता कुरीतिले गर्दा धेरै पिडित व्यक्ति डिप्रेसनको शिकार भएका छन्। यी सबै मुद्दाहरुमा आवाज नउठेको र न्युनिकरणका लागि पहल नभएको होइन तर पीडित वर्गमा नै ‘कल्चर अफ साइलेन्स’ अर्थात् मौन रहने संस्कृति भएका कारण समस्या राम्रोसंग बाहिर आउनै पाउँदैन।

 सतही विश्लेषण र आजको भोलि नै परिवर्तन होला जस्तो गरेर नारा लगाउँदैमा वास्तविक पिडितले राहत पाउँछ भन्ने छैन। समस्याबारे मौन बस्ने संस्कृति तब मात्र भंग हुन्छ जब आफ्नो कुरा कसैले सुनिरहेको छ र सहयोग प्राप्त हुन्छ भन्ने विश्वास हुन्छ। त्यहि विश्वासको कमिले नै निराशा जगाइदिन्छ। त्यसको कारण हामीमध्ये धेरैमा भएको "जजमेन्टल एटिट्युड" हो।

हामी कति सजिलै आफुभन्दा फरक परिवेशमा हुर्केको, आफुभन्दा फरक सोचाई भएको व्यक्ति र उसको मानसिक अवस्थाको निर्णय आफैले गरिदिन्छौं। निर्णायक भूमिकामा नै सर्वोच्चताको अनुभव गर्दछौं, समानुभुतिशील (एम्पथेटिकल) भूमिकामा होइन। आफ्नो कुरा सुनाउन जति तत्पर हुन्छौं, अरुको कुरा राम्ररी सुन्न त्यति नै अधैर्य भइदिन्छौं। कम बोल्ने व्यक्तिलाई भलाद्मीको संज्ञा दिईन्छ तर कम बोल्नुको पछाडि मानसिक तनाव र सो व्यक्त गर्न सक्ने आत्मविश्वासको कमी पनि हुनसक्छ भन्ने चाहिं सोच्दैनौं। तनावग्रस्त व्यक्ति जति सबैले आत्महत्या गर्छन् भन्ने छैन तर जसरी जीवनका भोगाईहरु व्यक्तिपीच्छे फरक हुन्छन्, त्यसरी नै ति घटनाहरुको असर र त्यसलाई लिने तरिका पनि व्यक्ति अनुसार फरक नै हुन्छ। मान्छेको मनोवैज्ञानिक एवं मानसिक अवस्था कस्तो  छ र त्यसलाई उसले कसरी सम्हाल्छ भन्ने कुरा उसको हुर्काई, सिकाई, सामाजिक वातावरण र अन्य धेरै कुराहरुले निर्धारण गर्छ। सबै व्यक्तिलाई एउटै तराजुमा राखेर मुल्यांकन गर्न मिल्दैन।

मान्छे सामाजिक प्राणी भएको हुनाले पारिवारिक र सामाजिक सम्बन्ध कसरी सन्तुलित राख्ने र मानसिक तनावबाट मुक्त हुन एक अर्कालाई आफ्नो सहारा कसरी बनाउने भनेर बाल्यकालदेखि नै सिकाइनु जरुरी छ। त्यसैगरी अनावश्यक तुलना र असफल हुँदा निरुत्साहित पार्ने संस्कृतिले हिनताबोध, आत्मविश्वासमा कमि र अरुको प्रगतिमा रिस गर्ने प्रवृत्तिको विकास गर्छ। यस्ता भावनाले मानिसलाई एक्लो बनाइरहेको हुन्छ। कुनै पनि व्यक्तिले एकदमै निरास मानसिकता बोकेको छ भने त्यस्ता व्यक्तिको पहिचान गरी उसको कुरा काट्नु र अनेक अनुमान गरेर नराम्रा संज्ञा दिनुको साटो उसका परिवारजन र निकट साथीभाईले धैर्यताका साथ उसको कुरा सुनिदिने, उसंग सकारात्मक कुराहरु गरेर आशा जगाउने, मद्दतको लागि हात बढाउने तथा मनोविमर्शकर्ताको सहयोग लिन सल्लाह दिने गर्नुपर्छ। कुनै पनि समुदाय, वर्ग, भौगोलिक स्थानमा बढी आत्महत्याका घटना हुन्छन् भने त्यस्तो किन भइरहेको छ भनेर अध्ययन गर्नु जरुरी हुन्छ। राज्य तथा नागरिक समाजले कारणहरु पहिचान गरी कसरी न्युनिकरण गर्ने भन्ने तर्फ व्यापक जनचेतना फैलाउनु आवश्यक छ।

बढ्दो आत्महत्याका घटनाले आफु बसिरहेको समाजको बारे पनि केहि भनिरहेको हुन्छ। व्यक्ति समाजको प्रतिनिधि हो। उसले लिने हरेक निर्णय सामजिक व्यवस्था र मूल्य मान्यताबाट प्रभावित हुन्छ। त्यसैगरी उसका व्यवहारहरुमा पनि समाजकै संस्कृति झल्किन्छ। तिनै व्यवहार र निर्णयहरुले फेरी यहि समाजलाई प्रत्यक्ष/अप्रत्यक्ष रुपमा असर गरिरहेको हुन्छ र कस्तो खालको समाज हो भनेर एउटा पहिचानको  स्थापना गरिरहेको हुन्छ। त्यसैले आत्महत्याको घटनालाई कुनै परिवारको निजी मामला भनेर अनदेखा गर्नु भन्दा पनि एउटा सामाजिक, सांस्कृतिक, लैंगिक, आर्थिक, मानसिक र मनोवैज्ञानिक दृष्टिकोणबाट विश्लेषण गर्नु जरुरी छ। गहन विश्लेषण बिना सरल अभिव्यक्ति दिएर सामाजिक दायित्वबाट पन्छिनु चेतनशील व्यक्तिको पहिचान होइन। एक आपसमा सहयोगको भावना, मनोबैज्ञानिक तथा मानसिक समस्याबारे शिक्षा/चेतना,  सकारात्मक सोचाई, स्वस्थ प्रतिस्पर्धा र सामाजिक समस्याहरुप्रतिको संवेदनशीलतालाई प्रोत्साहन गर्ने हो भने आत्महत्याद्वारा अकाल मृत्युको घटनालाई धेरै हदसम्म न्युनिकरण गर्न सकिन्छ।

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

apex

ग्लोबल

vianetwlink

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस् फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस्

    मास्टर तहको पढाई विश्वविद्यालयहरुमा हुन्छ। केही पोलिटेक्निक्सले मास्टर तहको पढाई पनि सञ्चालन गर्छन तर त्यसका लागि काम गरेको अनुभव खोजिन्छ । हेलसिन्की विश्वविद्यालय, आल्टू विश्वविद्यालय विश्वकै उत्कृष्ट विश्वविद्यालयहरू हुन्। यी विश्वविद्यालयमा भर्ना निकै प्रतिस्पर्धात्मक हुन्छ। फ़िनल्याण्डमा वर्षको एक पटक विधार्थी भर्ना कार्यक्रम हुन्छ, अगस्ट -सेप्टेम्बरमा।

    प्रकाश पोखरेल

  • बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय

    आत्महत्याको घटनालाई कुनै परिवारको निजी मामला भनेर अनदेखा गर्नु भन्दा पनि एउटा सामाजिक, सांस्कृतिक, लैंगिक, आर्थिक, मानसिक र मनोवैज्ञानिक दृष्टिकोणबाट विश्लेषण गर्नु जरुरी छ। गहन विश्लेषण बिना सरल अभिव्यक्ति दिएर सामाजिक दायित्वबाट पन्छिनु चेतनशील व्यक्तिको पहिचान होइन। एक आपसमा सहयोगको भावना, मनोबैज्ञानिक तथा मानसिक समस्याबारे शिक्षा/चेतना,  सकारात्मक सोचाई, स्वस्थ प्रतिस्पर्धा र सामाजिक समस्याहरुप्रतिको संवेदनशीलतालाई प्रोत्साहन गर्ने हो भने आत्महत्याद्वारा अकाल मृत्युको घटनालाई धेरै हदसम्म न्युनिकरण गर्न सकिन्छ।

    बिभु थपलिया श्रेष्ठ

  • एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त? एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त?

    म एक स्वास्थकर्मी हुँ। मैले मुलुकका बिभिन्न जिल्लाहरुमा करिब १५ वर्षसम्म नर्सिङ सेवा प्रदान गरे। मेरो कार्यक्षेत्र दुर्गम र सुगम दुवै ठाउँमा थियो। भाग...

    सुशिला पाण्डे

साहित्यपाटी

  • पैंचो पैंचो

    दुर दराजबाट

    मैलो र फाटेको लुगामा सजिएर

    आफूलाई धकेल्दै आफैंले

    हर्केकी छोरीले ल्याइपुर्‍याएकी छ

    सिंहको गर्जन चल्ने ठाउँमा।

    सिर्जना सुवेदी

  • अजरा ब्युँझनुअघि अजरा ब्युँझनुअघि

    स्थिति सकसपूर्ण छ। अब कुरा कसरी अगाडि बढाउने साएथुरेनलाई थाहा छैन। मौनतालाई चिर्दै सेतो कार निक्कै स्पिडमा कण्डोयोकी गार्डेनको पश्चिम गेटबाट छिर्छ। उनीहरु उभिइरहेको ठाउँबाट प्रष्ट त्यो देखिन्छ। गाडी अचानक रोकिन्छ। निकै हतारमा एउटी अर्की महिला गाडीबाट ओर्लिन्छे र साएथुरेनहरु भएतिर आउँछे। उसले चोको हात समाएर तान्छे र कानेखुसीको पारामा अजराकी आमालाई भन्छे, ‘तैंले गर्दा हामीलाई पनि समस्या भएको छ। छिमेकीहरुले प्रश्न गर्छन्। पुलिसले पनि चियो गर्छ। बाहिरबाट आएका कुलाहरुलाई शरण नदिनु भनेर पुलिसले उर्दी गरेको छ। आजदेखि आफ्नो व्यवस्था आफैं गर। सबभन्दा राम्रो त तँ त्यही मस्जिदमा जा।’ चोलाई घिसार्दै महिला अघि बढ्छे।

    घिमिरे युवराज

  • सिकर्मीको सिसाकलम सिकर्मीको सिसाकलम

    काकाले आश्चर्य मान्दै मुन्टो हल्लाएर थप्नुभयो, ‘हो नि त, कति चाँडो कुरा बुझेको। जीवनमा मात्रै हैन, संसारमा नै नराम्रा चिज जति चिन्न सक्यो र फाल्न सक्यो भने त सबै राम्रैराम्रा त बाँकी हुन्छन् नि।’सिकर्मीका कुरा मलाई साहै्र घत लाग्यो। ती कुराले मलाई आँखा खुलेजस्तै भयो। उहाँ पक्कै पनि आदरणीय हुनुहुन्छ भन्ने मलाई लाग्यो। अझ उहाँले कानमा सिउरने गरेको सिसाकलम पनि मलाई महान् लाग्यो। मनमा लागेका कुरा मैले रोकिरहन सकिनँ। ‘काका, तपाईंको त्यो सिसाकलमचाहिँ मलाई दिनोस् न है।’ मैले मुख फोरिहालेँ, ‘बरु मैले भर्खरै किनेका नयाँ सिसाकलम तपाईंलाई दिन्छु, हुन्न?’ मेरा कुरा सुनेर हाँसिरहेका काकाले बिस्तारै हाँसो रोकेर भन्नुभयो, ‘यो सिसाकलम त्यस्तो विशेष केही होइन। तिम्रोजस्तै साधारण हो।’

    अनन्त वाग्ले

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

vianetwlink