भाषै नबुझ्ने राज्य

भाषै नबुझ्ने राज्य

SAMSUNG
  • Get News Alerts

baleno
tata

नाकाबन्दीले तेलको अभाव भएपछि काठमाडौंमा हिँडेरै काम भ्याउन थालेको दुई साता पुग्दैछ। अघि पछि पनि हिँड्न रुचाउने मान्छेलाई अहिले राजधानी अझ अनुकूल भएको छ। मौसममा विस्तारै शरदका प्रभावहरु बग्न थालेका छन्। दशैँ आएको थाहा पाउनका निम्ति वायुको स्पर्श मात्र पनि पर्याप्त हुन्छ। वातावरणमा एक खालको सुगन्ध फैलिएको छ। हल्का चिसो। तर, जाडो होइन। त्यसमाथि धुलो र धुँवा मुक्त भएपछि काठमाडौं वास्तवमै विश्वकै मनमोहक सहर बनिदिन्छ। हिँड्नेहरुका निम्ति त यो सहर अहिले स्वर्ग नै हो।

त्यसैले आज पनि हिँड्नुपर्दा कुनै गुनासो मनमा थिएन। मनमा कुनै कुराको चिन्ता थियो त केवल वीरेन्द्र कुशवाहाको।

पर्सा जिल्लाको गम्हरिया घर भएका वीरेन्द्र यतिबेला वीरगन्ज कारागारमा छन्। उनको मुद्दा केहि महिनादेखि जिल्ला अदालतमा विचाराधिन छ। घरायसी एउटा घटनामा उनी परेका हुन् जसमा घरभरिका मान्छे, टोल छिमेक सबैले उनी निर्दोष हुन् भनेर कागजै गरिसकेका छन्। तैपनि फैसला नहुन्जेल जेलमा बस्नै पर्‍यो।

यस्तोमा मंगलबार वीरेन्द्रकी वृद्धा आमाको देहावसान भयो। अन्त्येष्टीका निम्ति उनलाई गाउँ लैजानु पर्ने थियो। उनका नाता गोता बुधबार वीरगन्ज कारागार पुगे। कारागार प्रशासनले प्रहरीतर्फ देखायो।

प्रहरीलाई अहिले गाउँ जान मुश्किल छ भन्ने कुरा भनिरहनै परेन। कैलालीको घटनादेखि नै मधेसमा खटिँदै आएका प्रहरीहरु एककिसिमको मानसिक त्रासमा छन्। त्यसको प्रतिविम्व त सामान्य मुठभेडमा पनि भइरहेको अत्यधिक शक्ति प्रयोगले देखाइरहेकै छ।

‘यहाँका पुलिसहरु तपाइँहरुले बोलेको मात्र बुझ्छन्,' वीरेन्द्रका एकजना आफन्तले उतैबाट फोनगरेर भने, ‘जे जस्तो धरौटी–ग्यारेन्टी बस्नुपरे पनि व्यवस्था गरौंला। लौ न एक दिनलाई छोडिदिनको निम्ति भनिदिनुस्...'

मधेसको दिनचर्या नबुझ्नेका निम्ति यो वास्तवमै रोचक तथ्य हुनसक्छ। जसले त्यहाँ राज्यको प्रतिनिधित्व गरेर शासन गरिरहेका हुन्छन् उनीहरु मधेस र मधेसीका तौर तरिका ठ्याम्मै बुझ्दैनन्। जे जति पहाडेहरु मधेसी समूदायसँग भिजेर बस्दै आएका छन्, उनीहरुलाई त्यहाँ सामाजिक–राजनीतिक पकड सजिलै बलियो बनाउन यो एउटा महत्वपूर्ण आधार पनि हो। हो, साँच्चै नै मधेसमा त्यहाँको भाषै नबुझ्ने राज्यले युगौंदेखि शासन गर्दै आइरहेको छ।

मलाई त पहिले वीरगन्जमा को प्रहरी प्रमुख छन् र कस्ता छन् भन्ने थाहै थिएन। नागरिक दैनिकका संवाददाता रितेश त्रिपाठीसँग एसपीको नम्बर लिएँ।

त्यसपछि सुरुभयो एसपी र मेरो संवाद। कुरा गरुन्जेल मलाई आफूले गलत काम पो गरेछु कि? भन्ने पटक पटक महसुस भयो। मैले बारंबार प्रयोग गरेको ‘मानवीय' शब्दलाई उहाँले अत्यन्त हल्का रुपमा लिनुभयो।

फोन राखिसकेपछि एकछिन सोचेँ। यदि एसपीको ठाउँमा म प्रहरी अधिकृत भइदिएको भए यहि केसलाई एउटा स्वर्ण अवसरका रुपमा लिने थिएँ। यो एउटा चूनौति हुने थियो मेरा निम्ति। र, साबित गरिदिन्थेँ कि आमाको अन्तिम क्षणमा वीरेन्द्रलाई सरिक गराउनका निम्ति प्रहरीले कतिसम्म जोखिम मोल्न पुग्यो। यसले वीरेन्द्रको समाजलाई प्रहरी प्रशासनप्रति पर्न जाने प्रभाव के कस्तो हुन्थ्यो भनेर यहाँ धेरै शब्द खर्च गरिरहनु जरुरी नै छैन।

म पैदल हिँडुन्जेल बाटोभरि वीरेन्द्रलाई सम्झेर आइरहेँ। कस्तो अभागी छोरो। त्यत्रो नौ महिना कोखमा राखेर हुर्काएको आमालाई अन्तिमपटक हेर्न पनि पाएन।

वीरगन्जमै जन्मे हुर्केका हामीले सोचेजस्तो हिसाबले त्यहाँ जाने प्रहरी–प्रशासनका हाकिमहरुले किन सोचिदिँदैनन्?

त्यसो त नागरिक संवाददाता रितेशले मलाई मधेसी समुदायका प्रति एसपीको क्रुरता बारे अवगत गराएका थिए।

‘अस्ति मात्र पाँच जना प्रदर्शनकारी मारिएलगत्तै अर्को जुलुस ओमआश्रमतिरबाट आइरहेको थियो,' रितेश भन्दै थिए, ‘हाम्रो छेउमै उभिएका एक प्रहरीको वाकीटकीमा स्पष्ट आवाज सुनिएको थियो जसमा एसपीले ‘तिमीहरुलाई बन्दुक किन दिएको? पाँच मिनेटभित्र त्यो जुलुसमा सरिक सम्पूर्णलाई गोली हानेर मार' भनेर आदेश दिइरहेका थिए।' त्यो आवाज सुनेर रितेशमात्र होइन त्यहाँ रहेका अन्य पत्रकारहरु पनि स्तब्ध भएका रहेछन्।

वीरेन्द्र कुशवाहा र एसपी त मेरा निम्ति पछिल्लो उदाहरण मात्र हुन्। वीरगन्जमै जन्मे हुर्कनेका निम्ति यस्ता दृश्य र घटना त कति बगेर गए गए।

***

मधेसमा प्रहरी–प्रशासन विरुद्ध कुनै पनि आक्रोश पोखियो भने काठमाडौंमा बेग्लै तनाव उत्पन्न हुनेगर्छ। त्यहाँको सामाजिक अवस्था के कस्तो छ भन्ने तिर कसैको ध्यानै जाँदैन। जबकि सामान्य मधेसीले काठमाडौंमा जस्तो पाइलैपिच्छे उच्च सरकारी निकाय, कुटनीतिक नियोगदेखि लिएर मानवअधिकारका कार्यालयहरु देखेका हुँदैनन्। तिनको निम्ति राज्य भनेकै त्यही प्रहरी प्रशासनको स्थानीय युनिट हो। हामी आज एक्काइसौं सताब्दीमा उभिएका छौं। ठूल्ठूला शक्तिराष्ट्रले उसका निम्ति खासै महत्व नराख्ने अत्यन्त निम्छरो मुलुकमा कुटनीतिज्ञ नियुक्त गर्नुपर्‍यो भने पनि महिनौंसम्म त्यहाँको भाषा, सँस्कृति र तौरतरिका सिकाएर पठाएका हुन्छन्। तर, मैले मेरो जीवनकालमै मधेसलाई आत्मसात गरेका प्रहरी र प्रशासनका प्रमुखहरु वीरगन्ज बसुन्जेल कहिल्यै देख्न पाइँन। त्यसले गर्दा मधेसीहरु जहिल्यै हामीलाई भन्छन्, ‘लौ न। उनीहरु हाम्रो भाषै बुझ्दैनन्। तपाइँहरुले बुझाइदिनुपर्‍यो।'

हाकिमको अवस्था यस्तो हुन्छ भने उनीहरु भन्दा तल्लो ओहदामा बसेकाहरुको व्यवहार त झनै उदेकलाग्दो हुनेगरेको छ। तल्लो दर्जाको व्यवहार र चरम विभेद यसरी मधेसीले भोग्दै आइरहेका छन्। जसबाट थोरै तिनो भएपनि ‘रहम'को आसमा मधेसीहरु अनेक यत्न लगाइरहेका हुन्छन्। इज्जत जो जोगाउनु छ। सकभर कम कष्टमा बाँच्नु जो छ।

मसँग पुरानै भए पनि अर्को अझ मार्मिक घटना छ।

०६१ सालताका म वीरगन्जमै थिएँ। बेलुकी अचानक घन्टाघर छेउका अमलाप्रसाद कलवार अंकल प्रहरी खोरमा थुनिनुभएको जानकारी पाएँ। उहाँ असाध्यै गौ प्राणी हुनुहुन्थ्यो। एक त ७५ पनि नाघेका वृद्ध त्यसमाथि कतैबाट पनि खोरमा पुग्नुपर्ने अवस्थै नदेखिने। त्यतिबेलाका परिचित जिल्ला प्रहरी प्रमुख विजयलाल कायस्थलाई कारण सोधेँ।

‘एआइजी साहेबलाई नै यसले ठगी गरेको आरोप लागेको छ,' प्रहरी प्रमुख कायस्थको कथन थियो, ‘छोड्न मिल्दैन।'

कुन एआइजीलाई कसरी र किन ठगे थाहै नपाएका यी वृद्ध मान्छेलाई यसरी थुन्नु उचित थिएन। मैले असहमति प्रकट गरेँ।

‘एउटै उपाय छ,' कायस्थको भनाइ थियो, ‘आफैँले काठमाडौं हनुमानढोका पुर्‍याउनु हुन्छ भने तपाइँको जिम्मामा छोड्न सक्छु।'

मैले जिम्मा लिएँ र भोलीपल्ट नै बयोबृद्ध अमला अंकललाई उहाँका जेठा छोरा मणि भैयासहित लिएर काठमाडौं आएँ। कहिल्यै मुद्दा मामिलामा नपरेका दुवैजना बाटोभरि काँपिरहेका थिए।

हनुमान ढोकामा दुई दिनसम्म यताबाट उता झुलाए। राम्ररी उभिन पनि नसक्ने अमला अंकललाई हाकिमको कोठामा बस्ने अनुमतिसमेत दिएनन्।

आफैले नबुझेको ‘अपराध' आइलागेपछि अमला अंकलको अनुहार असाध्यै निन्याउँरो भएको थियो। उहाँ राम्ररी हिँड्न पनि सकिरहनुभएको थिएन। ‘यो मदिसे बुढोले के गर्‍यो?' जसले पनि पहिलो प्रश्न गर्थे र एआइजीले समात्न लगाएको भन्ने थाहा पाउने बित्तिकै भन्थे, ‘सब मदिसे ठग हुन्। जाक्नु पर्छ।'

तेश्रो दिन मुद्दा फाँटका प्रहरीले अमला अंकलको फोटो र त्यहाँ भएको फोटो मिलाएर हेर्दा अर्कै ब्यक्ति देखिए। बाबु बाजेको नाम पनि बेग्लै।

‘ए...अर्कै बुढो पो परेछ...'

भएछ के भने वीरगन्जको एउटै वडामा एउटै नाम भएका दुईजना अमलाप्रसाद रहेछन्।

मलाइ सहि नसक्नु भयो। ‘यस्तो बुढो मान्छेलाई व्यर्थै यसरी यातना दिने?' मैले भनेँ, ‘तपाइँहरुले माफी माग्नुपर्छ।'

त्यत्तिकैमा एउटा इन्सपेक्टर कड्किएर अगाडि आए र चर्को स्वरमा मलाइ थुन्ने धम्की दिन थाले। ‘कति पैसा लिएर आएका हौ यो बुढोसँग,' उनीहरु भनिरहेका थिए, ‘हेर हाम्रै नेपाली दाजुभाइ भएर पनि मधिसेको दलाली गरेर हिँड्छन्।'

मलाइँ असह्य भयो। सबैले थामथुम पारेर निकाले।

म त्यतिबेला कान्तिपुर दैनिकसँग आवद्ध थिएँ। त्यहाँ जुन स्तरका मानसिकता राख्ने प्रहरीहरु थिए, तिनका अघिल्तिर परिचय दिनु आवश्यक ठानेको थिइँन। तर, यो सब लेख्न त सक्थेँ। जातको आधारमा कसैलाई हेप्ने यिनको निच कर्मको नाङ्गेझार पारिदिन सक्थेँ।

‘भैगो बबुआ। मेरो जति इज्जत जानु थियो गइसक्यो,' अमला अंकलले कण्ठ अवरुद्ध पार्दै भन्नुभयो, ‘अब पत्रिकामा पनि यो कुरा निस्कियो भने मेरो नाता पटिदारीमा झनै बेइज्जत हुन्छ। छोडिदेउ...'

केहि वर्ष भयो अमला अंकल दिवंगत हुनुभएको। तर, अहिले पनि सोच्छु, के मधेसीहरुलाई मान्छे नगन्ने त्यो मानशिकता प्रहरीमा बदलिएको छ? अनि त्यो कुण्ठा जब थुप्रिँदै गएर ज्वारभाटाको रुप लिन्छ त्यसलाई मात्रै हेरेर हामीले एकपक्षीय निर्क्यौल निकाल्न मिल्छ?

***

म अहिले पनि ग्यारेन्टीका साथ भन्छु, यतिबेला वीरगन्जमा जे जति मान्छेहरु जुलुस र प्रदर्शनमा लागिरहेका छन् उनीहरु सबैलाई यो आन्दोलनका माँगहरु के हुन् भन्ने थाहै छैन। तै पनि हिँडेका छन्। कारण एउटै छ, दलहरुले उठाएका माँगको केस्रा केलाउन नजाने पनि त्यसभित्र उनीहरुको युगौंदेखि दबिएर बसेको आत्मसम्मानको प्रश्न लुकेको छ भन्ने कुरा ति प्रत्येकले बुझेका छन्।

त्यो आत्मसम्मान सहरमा हो भने सिडियो र एसपीमार्फत् लुटिएका हुन्छन्। गाउँमा हो भने असइ र सुब्बाले लुटिरहेका हुन्छन्। 

अमलाप्रसाद कलवारको पुस्ता त इज्जतको चिन्ता गरेरै बित्यो। तर, अस्ति भर्खर जन्मेका तन्नेरीहरुले त प्रजातन्त्रदेखि लिएर लोकतन्त्रसम्मका शब्दहरु सुन्दै हुर्केका छन्। अझ, त्यसको निम्ति झण्डा बोक्दै आएका पनि छन्। हो, तिनै तन्नेरीहरुको पुस्ताका आँखामा भने अमलाप्रसाद अंकलको जस्तो इज्जत होइन आगोको झिल्का सल्किरहेको छ। मधेसी दलहरुले उठाएका मुद्दाहरु त केवल त्यो झिल्को उचाल्ने बहाना मात्र बनिरहेको छ।

वीरगन्जमै अस्ति जुलुसमा हिँडेर फर्केकाहरुलाई मैले कारण सोध्दा जवाफ दिन सकिरहेका थिएनन्। मात्र आक्रोस व्यक्त गरिरहेका थिए। के त्यो आक्रोसका पछिल्तिर रहेका कारणहरु हामीले खोजी गरेका छौँ?

केहि दिनअघि वीरगन्ज ह्वार ह्वार बलेको दृश्य देखियो। त्यसरी आगो हुनुपर्ने कारण के थियो? किन त्यति धेरै तन्नेरीहरुले ज्यान गुमाए? के मधेसवादी दलहरुको गढ हो वीरगन्ज?

‘अन्धो दमनको हद त वीरगन्ज अस्पतालमा प्रहरीले गोली चलाउँदा पुरै नाघेको थियो,' त्यतिबेला अस्पतालमै उपस्थित प्रत्यक्षदर्शी रविन्द्र कोइरी भन्छन्, ‘दुईवटा ट्रक आयो। प्रहरीहरु बन्दुक बोकेर ओर्लिए र शान्त अवस्थामा रहेको अस्पताल परिसरभित्रै धमाधम गोली चलाउन थाले।'

त्यसको प्रतिफल त हामीले काठमाडौं बसेरै सुनिसकेका थियौं। ‘अस्पताल आक्रमणकारीहरुलाई रोक्न प्रहरीले चलाएको गोली लागेर एक चिकित्सक, एक विरामी, एक कुरुवा र एक खूद सादा पोशाकका प्रहरी घाइते।' भनेपछि प्रदर्शनकारी ख्वै?

मुलुकै ठप्प भएपछि यतिबेला काठमाडौंमा ठूला ठूला बहसहरु भइरहेका छन्। एउटा पक्षलाई पेलेरै संविधान जारी गरियो। दुई तिहाइका नाममा पहिलो मधेस आन्दोलन थामथुम पार्न गरिएका सम्झौताहरुलाई खुलेआम लंगौटी लगाइयो। यस्तो स्थितीमा बहसको पलडा कतातिर भारी भइरहेको छ भन्ने बुझ्दै गएपछि त्यसको दमन गर्न अहिले सजिलो बाटो निकालिएको छ ‘राष्ट्रवाद'। त्यहाँमाथि यहि बेला भारतले पनि उसका गतिविधिमार्फत् यो ‘राष्ट्रवाद'को आगोमा आँधि हुरी बगाउन पर्याप्त अवसर प्रदान गरिदिएको छ।

दुई देश बीचको सम्बन्धका मर्यादाहरुलाई आफ्ना स्वार्थका अघिल्तिर लाखौंपटक किचलफाँडो गरेका तिनै दलहरु यतिबेला यो ‘राष्ट्रवाद'को आगोमा अहिले मधेस आन्दोलनले चिसो भएको हात सेक्न बसिरहेका छन्। मानौँ यो मुलुकमा कालो वर्णको हुनु नै अराष्ट्रिय हुनु हो। यसरी दिन प्रतिदिन ‘राष्ट्रवाद' दन्दनी बलिरहेको छ। दलहरुकै कारण हामी सबैजना सबैजनाबाट असुरक्षित बनाइँदै गइरहेका छौं। म राजनीतिक विश्लेषक होइन। मैले जाने बुझेको र देख्दै आएको त वीरेन्द्र कुशवाहाहरुका पीडा मात्र हुन्। जसले बुधवार दिउँसो तिलावे नदीको किनारमा गएर आमाको अन्त्येष्टी गर्न पनि पाएनन्।

वीरेन्द्रकी आमाको आत्मालाई शान्ति मिलोस्। 

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

बिज्ञापन

mahindra

विचार

Hyundai

किनमेल

apex

ग्लोबल

vianetwlink

कला

अंग्रेजी संस्करणबाट

ब्लग

  • फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस् फिनल्याण्ड आउँदै हुनुहुन्छ यसो गर्नुहोस्

    मास्टर तहको पढाई विश्वविद्यालयहरुमा हुन्छ। केही पोलिटेक्निक्सले मास्टर तहको पढाई पनि सञ्चालन गर्छन तर त्यसका लागि काम गरेको अनुभव खोजिन्छ । हेलसिन्की विश्वविद्यालय, आल्टू विश्वविद्यालय विश्वकै उत्कृष्ट विश्वविद्यालयहरू हुन्। यी विश्वविद्यालयमा भर्ना निकै प्रतिस्पर्धात्मक हुन्छ। फ़िनल्याण्डमा वर्षको एक पटक विधार्थी भर्ना कार्यक्रम हुन्छ, अगस्ट -सेप्टेम्बरमा।

    प्रकाश पोखरेल

  • बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय बढ्दो आत्महत्या सामाजिक सरोकारको विषय

    आत्महत्याको घटनालाई कुनै परिवारको निजी मामला भनेर अनदेखा गर्नु भन्दा पनि एउटा सामाजिक, सांस्कृतिक, लैंगिक, आर्थिक, मानसिक र मनोवैज्ञानिक दृष्टिकोणबाट विश्लेषण गर्नु जरुरी छ। गहन विश्लेषण बिना सरल अभिव्यक्ति दिएर सामाजिक दायित्वबाट पन्छिनु चेतनशील व्यक्तिको पहिचान होइन। एक आपसमा सहयोगको भावना, मनोबैज्ञानिक तथा मानसिक समस्याबारे शिक्षा/चेतना,  सकारात्मक सोचाई, स्वस्थ प्रतिस्पर्धा र सामाजिक समस्याहरुप्रतिको संवेदनशीलतालाई प्रोत्साहन गर्ने हो भने आत्महत्याद्वारा अकाल मृत्युको घटनालाई धेरै हदसम्म न्युनिकरण गर्न सकिन्छ।

    बिभु थपलिया श्रेष्ठ

  • एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त? एउटा नर्सको स्विकारोक्ती: के डा. केसी राष्ट्रद्रोही नै हुन् त?

    म एक स्वास्थकर्मी हुँ। मैले मुलुकका बिभिन्न जिल्लाहरुमा करिब १५ वर्षसम्म नर्सिङ सेवा प्रदान गरे। मेरो कार्यक्षेत्र दुर्गम र सुगम दुवै ठाउँमा थियो। भाग...

    सुशिला पाण्डे

साहित्यपाटी

  • पैंचो पैंचो

    दुर दराजबाट

    मैलो र फाटेको लुगामा सजिएर

    आफूलाई धकेल्दै आफैंले

    हर्केकी छोरीले ल्याइपुर्‍याएकी छ

    सिंहको गर्जन चल्ने ठाउँमा।

    सिर्जना सुवेदी

  • अजरा ब्युँझनुअघि अजरा ब्युँझनुअघि

    स्थिति सकसपूर्ण छ। अब कुरा कसरी अगाडि बढाउने साएथुरेनलाई थाहा छैन। मौनतालाई चिर्दै सेतो कार निक्कै स्पिडमा कण्डोयोकी गार्डेनको पश्चिम गेटबाट छिर्छ। उनीहरु उभिइरहेको ठाउँबाट प्रष्ट त्यो देखिन्छ। गाडी अचानक रोकिन्छ। निकै हतारमा एउटी अर्की महिला गाडीबाट ओर्लिन्छे र साएथुरेनहरु भएतिर आउँछे। उसले चोको हात समाएर तान्छे र कानेखुसीको पारामा अजराकी आमालाई भन्छे, ‘तैंले गर्दा हामीलाई पनि समस्या भएको छ। छिमेकीहरुले प्रश्न गर्छन्। पुलिसले पनि चियो गर्छ। बाहिरबाट आएका कुलाहरुलाई शरण नदिनु भनेर पुलिसले उर्दी गरेको छ। आजदेखि आफ्नो व्यवस्था आफैं गर। सबभन्दा राम्रो त तँ त्यही मस्जिदमा जा।’ चोलाई घिसार्दै महिला अघि बढ्छे।

    घिमिरे युवराज

  • सिकर्मीको सिसाकलम सिकर्मीको सिसाकलम

    काकाले आश्चर्य मान्दै मुन्टो हल्लाएर थप्नुभयो, ‘हो नि त, कति चाँडो कुरा बुझेको। जीवनमा मात्रै हैन, संसारमा नै नराम्रा चिज जति चिन्न सक्यो र फाल्न सक्यो भने त सबै राम्रैराम्रा त बाँकी हुन्छन् नि।’सिकर्मीका कुरा मलाई साहै्र घत लाग्यो। ती कुराले मलाई आँखा खुलेजस्तै भयो। उहाँ पक्कै पनि आदरणीय हुनुहुन्छ भन्ने मलाई लाग्यो। अझ उहाँले कानमा सिउरने गरेको सिसाकलम पनि मलाई महान् लाग्यो। मनमा लागेका कुरा मैले रोकिरहन सकिनँ। ‘काका, तपाईंको त्यो सिसाकलमचाहिँ मलाई दिनोस् न है।’ मैले मुख फोरिहालेँ, ‘बरु मैले भर्खरै किनेका नयाँ सिसाकलम तपाईंलाई दिन्छु, हुन्न?’ मेरा कुरा सुनेर हाँसिरहेका काकाले बिस्तारै हाँसो रोकेर भन्नुभयो, ‘यो सिसाकलम त्यस्तो विशेष केही होइन। तिम्रोजस्तै साधारण हो।’

    अनन्त वाग्ले

पाठक विचार

  • राजीनामाले उज्यालियो दाहालको छवि

    लोडसेडिङ अन्त्य, ओबरमा हस्ताक्षर, फास्ट ट्रयाक लगायतका राम्रा काम दाहाल नेतृत्वको सरकारले अघि बढाएको छ। तिनको सह्राना गर्न कन्जुस्याईं गर्न हुँदैन। मुख्य कुरा यदि दाहालको राजीनामाभित्र कुनै भित्री खेलहरु सम्मिलित छैनन् भने उहाँको यो कदम अत्यन्त प्रशंसनीय छ। साथै दाहालले आफ्नो कद उँचो गर्ने अवसर सहर्ष सदुपयोग गर्नुभएको छ। वचनमा ढुक्क बन्न नसकिने मानिस भनेर चिनिने उहाँको छवि उजिल्याएको छ।

    कल्पना भट्टराई

लोकप्रिय

सिफारिस

सूचनापाटी

छापाबाट

vianetwlink