कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

  • Get News Alerts

नेपाल पर्यटन बोर्डको आयोजनामा प्रत्येक अंग्रेजी महिनाको पहिलो शुक्रबारबाट हुने मासिक फोटो नेपाल आजबाट सुरु भएको छ। नेपाल रिपब्लिक मिडीयाको नागरीक र रिपब्लिका दैनिकमा आवद्ध फोटोपत्रकार दिपेश श्रेष्ठले खिचेका ३५ तस्बिरहरु जेष्ठ १९ देखि २१ गते सम्म नेपाल पर्यटन बोर्डमा प्रदर्शनीमा राखिनेछ। नेपालको आन्तरिक तथा बाह्य पर्यटन प्रबद्र्धन गर्ने उद्धेश्का साथ #PHOTONEPAL अभियान  गत फेब्रुअरी २०१६ मा टोनी हेगेनका फोटो प्रदर्शनी सँगै सुरु भएको हो।

उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

निःशुल्क अवलोकल गर्न सकिने यो प्रर्दशनीको सह-आयोजक फोटोपत्रकार क्लब रहेको छ भने इमेज नेपाल पत्रिकाले फोटो छपाइमा सहयोग गरेको छ।

फोटो नेपालमा जेठ २१ गते वल्र्ड प्रेस फोटो मास्टर क्लासको नोमिनेशन कमिटीका प्रतिनिधि समेत रहेका फिलिपीन्सका प्रशिक्षक जिम्मी डोमिङो सँग अन्तरक्रिया कार्यक्रम राखिएको आयोजक नेपाल पर्यटन बोर्डले जनाएको छ।

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

  • हिमालयन ट्राभल मार्टको राष्ट्रपतिद्वारा समुद्घाटन

    हिमालयन ट्राभल मार्टको राष्ट्रपतिद्वारा समुद्घाटन

    नेपाल हिमालयको प्रवेशद्वार हो भन्ने मूल सन्देश विश्व पर्यटन बजारमा प्रवाह गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डको आयोजनामा नेपालमा पहिलो पटक अन्तराष्ट्रिय ‘हिमालयन ट्राभल मार्ट २०१७’ सम्मेलन सुरु भएको छ।

लोकप्रिय

सूचनापाटी