क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

  • Get News Alerts

samsung
tata

काभ्रेपलाञ्चोक, भुम्लु गाउँपालिका– ९ का हरिप्रसाद पराजुलीको क्रसर उद्योगको लापरबाहीका कारण डुबेर मृत्यु भएको स्थानीयवासीले आरोप लगाएका छन् ।

उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

उनले जथाभाबी ढुङ्गा र गिट्टी निकालेर प्रकृतिको दोहन भएको र त्यसले पहिराको जोखिमसमेत बढेको बताए। नदीजन्य पदार्थ झिकेका कारण नदी गहिरो भएको र त्यसले आसपासको जमिनलाई पनि प्रभावित गर्दा पहिरो गएको पराजुलीको भनाइ छ ।

काभ्रेपलाञ्चोकको प्रजिअ शिवप्रसाद सिंखडाले क्रसर उद्योग सिन्धुपाल्चोक जिल्लाको भएको र मृत्युको घटना काभ्रेपलाञ्चोकमा भएको उल्लेख गर्दै वास्तविकताको छानबिन गरिने बताए।

उनले ढुङगा र गिट्टी झिक्ने कामको छानबिनपछि तथ्य बाहिर आउने विश्वास व्यक्त गरे। भूम्लु गाउँपालिका– ९ का पराजुलीको शनिबार इन्द्रवती नदीमा डुबेर मृत्यु भएको थियो । स्थानीयवासीले त्यहाँ प्रयोग भएका क्रसर उद्योगको इजाजतपत्र पनि नभएको आरोप लगाएका छन्।

hundai
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

थप समाचार

  • मेलम्चीवासीबाट राहत संकलन

    तराईका जिल्लामा केही दिनअघि परेको अविरल बर्षापछि आएको बाढीबाट पीडितलाई सहयोग गर्ने उद्देश्यले मेलम्चीवासीले राहत संकलन सुरु गरेका छन् ।  रेडियो मेलम्चीको अगुवाइमा आज मेलम्ची बजारमा स्थानीयवासी, रेडियो मेलम्ची, उद्योग वाणिज्य संघ मेलम्ची, प्रगती ...

  • बिल गेट्सले दान गरे ४ अर्ब ६ करोड डलर

    बिल गेट्सले दान गरे ४ अर्ब ६ करोड डलर विश्वकै धनी व्यक्ति बिल गेट्सले ४ अर्ब ६ करोड अमेरिकी डलर बराबर सम्पत्ति दान गरेका छन्। गेट्सले आफ्नो कुल सम्पत्तिको ५ प्रतिशत बराबर माइक्रोसफ्टको ६ करोड ४० लाख सेयर दान गरेका हुन्। यसको मूल्य ४ अर्ब ६ करोड अमेरिकी डलर हुन्छ। यही वर्ष जुन ६ मा उनले य...

  • रोैतहटका बाढीपीडित चार दिनदेखि भोकै

    रोैतहटका बाढीपीडित चार दिनदेखि भोकै

    रौतहटको देवाहीगोनाहीका बाढीपीडितले भोकभोकै मर्ने अवस्था आएको बताएका छन्। दोहरटोलका करिब ३ सयभन्दा बढी मानिसले खाना नखाएको ४ दिन भइसकेको छ । करिब दुई सय पीडित देवाहीटोलमा गएर बसेका छन्।

  • डा. केसीको अनशन स्थगित, आइसियू भर्ना

    डा. केसीको अनशन स्थगित, आइसियू भर्ना

    २३ दिनदेखि अनसनरत डा. गोविन्द केसीले आफ्नो ११औँ अनशन स्थगित गरेका छन्। बाढी-पहिरोले देशमा विषम परिस्थिति निम्त्याएका बेला आफूले अनशन स्थगित गर्नु उचित देखेको बताउँदै डा. केसीले २३ दिनदेखिको अनशन अन्त्य गरेका हुन्। डा. केसीलाई अनशन स्थगित गरेलगत्तै उपचारका लागि आइसियू भर्ना गरिएको छ।

  • केसी अनसन सुखद निष्कर्षतिर

    केसी अनसन सुखद निष्कर्षतिर

    अहिलेको प्रस्तावअनुसार मंगलबार दिउँसो बस्ने मन्त्रिपरिषद बैठकले माथेमा कार्यदलको प्रतिवेदनका आधारमा विधेयक संशोधन गरी पारित गर्ने निर्णय गर्नेछ। त्यही बैठकले मुख्यसचिवको नेतृत्वमा अर्थसचिव र शिक्षसचिव रहेको कमिटी बनाउनेछ, जसले मनसायपत्र पाइसकेका र किन्न आवश्यक देखिएका मेडिकल कलेज खरिद गर्न प्रक्रिया अघि बढाउनेछ। यसले सम्बन्धित कलेजहरूको सम्पत्ति मूल्यांकन गरी नेगोसियसन सुरु गर्नेछ।

Hyundai

लोकप्रिय

apex

सूचनापाटी

vianetwlink