हिमालयन ट्राभल मार्टको राष्ट्रपतिद्वारा समुद्घाटन

SAMSUNG
  • Get News Alerts

baleno
tata

नेपाल हिमालयको प्रवेशद्वार हो भन्ने मूल सन्देश विश्व पर्यटन बजारमा प्रवाह गर्ने उद्देश्यले नेपाल पर्यटन बोर्डको आयोजनामा नेपालमा पहिलो पटक अन्तराष्ट्रिय ‘हिमालयन ट्राभल मार्ट २०१७’ सम्मेलन सुरु भएको छ।

संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयको आतिथ्यता रहेको यस मार्टको प्यासिफिक एसिया ट्राभल एसोसिएसन (पाटा) नेपाल च्याप्टर यस मार्टको कार्यकारी आयोजक रहेको छ ।

राष्ट्रपति विद्यादेवी भण्डारीले ‘नेपाल गेट वे टु दी हिमालय’ भन्ने मूल नाराका साथ आयोजित उक्त सम्मेलनको शुक्रबार आयोजित एक समारोहमा शुभारम्भ गरिन्। सम्मेलनलाई सम्बोधन गर्दै उनले नेपालको पर्यटनलाई विश्वसामु प्रवद्र्धन गर्न सम्मेलन उपयोगी हुने विश्वास व्यक्त गरिन्।

पर्यटन क्षेत्रको विकासका लागि पर्यटकीय पूर्वाधारको विकासमा जोड दिनुपर्ने बताउँदै राष्ट्रपति भण्डारीले सम्मेलनले भूकम्पपछि पनि नेपाल पर्यटकका लागि सुरक्षित छ भन्ने सन्देश दिन यस किसिमको मार्ट सहयोगी हुने बताइन्। उनले नेपाल विश्वमा पर्यटकका लागि उत्तम आकर्षण स्थल रहेको उल्लेख गरिन्।

नेपाल पर्यटन बोर्डका कार्यकारी प्रमुख श्री दीपकराज जोशीले एक सय भन्दा बढी अन्तर्राष्ट्रिय ब्लगर तथा मिडिया सहभागी यस मार्ट नेपालमा मात्र नभई यो क्षेत्रमा नै ठूलो भएको र नेपाललाई पर्यटन बजारमा स्थापित गर्न सहयोगी हुने बताए।

कार्यक्रमका मुख्य वक्ता तथा एयर इन्डियाका प्रबन्ध निर्देशक अस्विनी लोहनीले नेपालको पर्यटन पूर्वाधार विकासका लागि सूचना प्रविधि, सुरक्षा एवम् विश्वलाई जोड्ने विषयमा विशेष ध्यान दिनुपर्ने बताए।

बिहिवारदेखि सुरू मार्टमा विभिन्न ५३ देशका २५० जना प्रतिनिधि सहभागी छन्। यस मार्ट मार्फत विश्व पर्यटन बजारका महत्वपूर्ण क्रेता र बिक्रेताका बीच ब्यवसायिक सम्पर्कहरु स्थापित हुने र नेपालको पर्यटन प्रबद्र्धनका लागि विशेष सहयोग पुग्ने विश्वास नेपाल पर्यटन बोर्डले लिएकोछ ।

सम्मेलनमा पाटाका अध्यक्ष सारह म्याथुले नेपालमा सुरु भएको सम्मेलनले पर्यटन क्षेत्रमा दीर्घकालीन रुपमा सकारात्मक प्रभाव पार्ने भएकाले महत्वपूर्ण रहेको बताए। उनले मुलुकको पर्यटन क्षेत्रको प्रवद्र्धनमा सहयोग पुग्ने विश्वास व्यक्त गरे।

सो अवसरमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयका सचिव श्री शंकरप्रसाद अधिकारीले उपस्थित अन्तर्राष्ट्रिय सहभागीहरुलाई धन्यवाद दिएका थिए।

पाटा नेपाल च्याप्टरका अध्यक्ष सुमन पाण्डेले नेपाललाई विश्वसामु उपयुक्त पर्यटकीय गन्तव्यस्थल हो भन्ने सन्देश दिन खोजिएको धारणा राखे। मार्ट जेष्ठ २१ सम्म काठमाडौंमा चल्नेछ ।

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

थप समाचार

  • फुलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा बाढीपीडितहरुलाई राहत सामाग्री हस्तान्तरण

    फुलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा बाढीपीडितहरुलाई राहत सामाग्री हस्तान्तरण फुलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा सिरहाको इटारी–प्रसाहीमा बाढी पिडितहरुलाई अत्यावाश्यक राहत सामाग्रीहरु हस्तान्तरण गरेको छ। ट्रष्ट्का उपाध्यक्ष एवम् सांसद डा.वीरेन्द्र प्रसाद महतोले पीडितहरुलाई आज एक कार्यक्रमकावीच राहत सामाग्रीहरु हस्तान्त...

  • खोकनामा साइकल जात्रा

    खोकनामा साइकल जात्रा

    भुईँचालोबाट क्षतिग्रस्त काठमाडौं उपत्यकाका तीन वटा सम्पदाको पुनःनिर्माणमा बल पुर्‍याउँदै पर्यटन प्रवद्र्धनमा सघाउ पुर्‍याउन शनिबार काष्ठमण्डपदेखि खोकनासम्म साइक्लिङ गरिएको छ। सेन्टर फर कन्जरभेसन अफ नेचर, कल्चर एण्ड इथ्निसिटी टु प्रोमोट टुरिज्म इन नेपाल (कन्सेप्ट नेपाल) र खोकना पुनःनिर्माण तथा पुनःस्र्थापना समितिले आयोजना गरेको ‘राइड काष्ठमण्डप टु खोकना’मा करिब डेढ सय साइकले सहभागि भए । 

  • रसियाली शहरमा छुरी प्रहारबाट आठ घाइते

    रसियाको दुर्गम उत्तरी सहरमा भएको एक छुरी आक्रमणमा परी कम्तीमा आठ व्यक्ति घाइते भएका छन्। एक व्यक्तिले आठ जना व्यक्तिलाई छुरी प्रहार गरेको बताइएको छ। सो आक्रमणपछि प्रहरीले ती व्यक्तिलाई कारबाहीको क्रममा गोली प्रहार गरेको बताइएको छ।

  • माई खोलाले बगाएर एकको मृत्यु

    माई खोलाले बगाउँदा आज झापा गाउँपालिकाका ४५ वर्षीय यादव पोखरेलको मृत्यु भएको छ।

  • हृदयघातबाट बच्न मुटुका यस्ता उपचार हुन्छन् नेपालमा

    हृदयघातबाट बच्न मुटुका यस्ता उपचार हुन्छन् नेपालमा

    नब्बे प्रतिशतभन्दा बढी अवरोध छ भने, व्यायाम गर्दा, हिंड्दा वा भर्‍याङ चढ्दा नै छाती भारी हुने र वा स्वाँ–स्वाँ हुने हुन्छ। एकछिन आराम गर्नासाथै सामान्य हुन्छ। त्यो अबरोध बढेमा आराम गरेको बेलापनि छाती भारी वा स्वाँ– स्वाँ हुन्छ।

Hyundai

लोकप्रिय

apex

सूचनापाटी

vianetwlink