यौन तथा प्रजनन्बारे खुलेरै कुरा गर्छन् महोत्तरी बर्दिवासका किशोरकिशोरी

  • Get News Alerts

महोत्तरी बर्दिवासका किशोरकिशोरीले यौन तथा प्रजनन् स्वास्थ्यबारे खुलेरै कुरा गर्न थालेका छन् । बर्दिवास अस्पतालमा २०७० सालदेखि सञ्चालित किशोरकिशोरी मैत्री यौन तथा प्रजनन् स्वास्थ्य सेवा क्लिनिकले यौन तथा प्रजनन् स्वास्थ्यबारे सचेतनामूलक कार्यक्रम अभियानका रुपमा सुरु गरेपछि यस क्षेत्रका किशोरकिशोरीले यसबारे खुलेर कुरा गर्न सक्षम भएका हुन् ।

क्लिनिकले त्यस क्षेत्रका विद्यालय, कलेजलगायतका शैक्षिक संस्थामा पढ्ने १० वर्षदेखि १९ वर्ष उमेर समूहका किशोर किशोरीलाई यौन तथा प्रजनन् स्वास्थ्यबारे सहज र सरल रुपमा जानकारी दिन थालेपछि उनीहरुले यसबारे खुलेरै कुरा गर्न थालेको क्लिनिकका परामर्शदाता शान्ता थापाले बताइन्। 

अस्पताल परिसरमै सुरक्षित र सुविधा सम्पन्न त्यस क्लिनिकले किशोरकिशोरीलाई किशोरावस्थामा आइपर्ने समस्या, चुनौतीलगायतका प्रत्येक कुराबारेमा परामर्श दिनुका साथै परिवार नियोजन, यौन, एचआइभी एड्स तथा प्रजनन् स्वास्थ्य, पोषण, सुरक्षित गर्भपतन, मेडिकल र स्वास्थ्य शिक्षा तथा सञ्चारलगायतका सेवा निरन्तर रुपमा प्रदान गरिरहेका छन् ।

विगत चार वर्षदेखि निरन्तर रुपमा सञ्चालित सो क्लिनिकमा त्यस क्षेत्रका किशोरकिशारीलाई विभिन्न स्वास्थ्य सेवा दिनुका साथै अन्य उमेर समूहका युवायुवती तथा महिला पुरुषलाई पनि सुरक्षित यौन व्यवहारका कुरा सिकाउनु र सुरक्षित यौन सम्पर्कका साधन वितरण गरिने गरिएको बर्दिवास अस्पताल प्रमुख डा विधानचन्द्र झाले बताए। 

यसैगरी क्लिनिकले यस क्षेत्रमा यौन हिंसा, जबरर्जस्ती करणी र आकस्मिक रुपमा यौन दुराचारमा परेकालाई पनि उचित परामर्श र गर्भपतनसम्मको सेवा प्रदान गर्ने गरिएको देखिएको छ ।

युएनएफपीएको आर्थिक एवम् प्राविधिक सहयोगमा निरन्तर रुपमा सञ्चालित सो क्लिनिक त्यस क्षेत्रका किशोर किशोरीका लागि निक्कै उपायोगी सावित भएको स्थानीय किशोर सनी महतोले बताए। रासस

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

लोकप्रिय

सूचनापाटी