सशस्त्र प्रहरी बल गुह्येश्वरी गणमा क्षयरोग शिविर

SAMSUNG
  • Get News Alerts

baleno
tata

दुवाकोटस्थित सशस्त्र प्रहरी बलको गुह्येश्वरी गणमा शुक्रबार क्षयरोगसम्बन्धी निःशुल्क खकार परीक्षण तथा क्षयरोगसम्बन्धी अभिमुखीकरण कार्यक्रम सम्पन्न भएको छ ।

नेपाल क्षयरोग निवारण संस्था भक्तपुरको आयोजनामा सम्पन्न सो शिविरमा गणका जवान तथा अधिकृतको खकार परीक्षण गरिएको थियो । जिल्लालाई क्षयरोगमुक्त बनाउन लुकेका क्षयरोगी पत्ता लगाउने उद्देश्य पूरा गर्न विभिन्न क्षेत्र र समुदायमा क्षयरोगसम्बन्धी जनचेतना जगाउने र त्यहाँ भएका क्षयरोगी पत्ता लगाई उपचारको दायरामा ल्याउने अभियानअन्तर्गत गणमा शिविर सञ्चालन गरिएको संस्थाले जनाएको छ ।

शिविरमा भक्तपुर अस्पतालका विश्वराम थापाले क्षयरोगको परिभाषा, लक्षण, क्षयरोग लाग्ने अवस्था र क्षयरोगको उपचारका बारेमा प्रशिक्षण दिएको कार्यक्रम संयोजक एवम् संस्थाका निवर्तमान सभापति बाबुकाजी श्रेष्ठले बताए। 

शिविरमा डा रोजिना श्रेष्ठ, परिचारिका राजेश्वरी शिल्पकार, प्रभा श्रेष्ठ, ल्याब टेक्निसियन सङ्गीता श्रेष्ठ, सोमबहादुर पन्थ, सुनिता धौबन्जार र स्वयम्सेविका अम्बिका श्रेष्ठ र रमिला दृष्टिलगायतको प्राविधिक टोलीले आवश्यक सहयोग गरेका थिए। रासस

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

थप समाचार

  • फुलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा बाढीपीडितहरुलाई राहत सामाग्री हस्तान्तरण

    फुलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा बाढीपीडितहरुलाई राहत सामाग्री हस्तान्तरण फुलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा सिरहाको इटारी–प्रसाहीमा बाढी पिडितहरुलाई अत्यावाश्यक राहत सामाग्रीहरु हस्तान्तरण गरेको छ। ट्रष्ट्का उपाध्यक्ष एवम् सांसद डा.वीरेन्द्र प्रसाद महतोले पीडितहरुलाई आज एक कार्यक्रमकावीच राहत सामाग्रीहरु हस्तान्त...

  • खोकनामा साइकल जात्रा

    खोकनामा साइकल जात्रा

    भुईँचालोबाट क्षतिग्रस्त काठमाडौं उपत्यकाका तीन वटा सम्पदाको पुनःनिर्माणमा बल पुर्‍याउँदै पर्यटन प्रवद्र्धनमा सघाउ पुर्‍याउन शनिबार काष्ठमण्डपदेखि खोकनासम्म साइक्लिङ गरिएको छ। सेन्टर फर कन्जरभेसन अफ नेचर, कल्चर एण्ड इथ्निसिटी टु प्रोमोट टुरिज्म इन नेपाल (कन्सेप्ट नेपाल) र खोकना पुनःनिर्माण तथा पुनःस्र्थापना समितिले आयोजना गरेको ‘राइड काष्ठमण्डप टु खोकना’मा करिब डेढ सय साइकले सहभागि भए । 

  • रसियाली शहरमा छुरी प्रहारबाट आठ घाइते

    रसियाको दुर्गम उत्तरी सहरमा भएको एक छुरी आक्रमणमा परी कम्तीमा आठ व्यक्ति घाइते भएका छन्। एक व्यक्तिले आठ जना व्यक्तिलाई छुरी प्रहार गरेको बताइएको छ। सो आक्रमणपछि प्रहरीले ती व्यक्तिलाई कारबाहीको क्रममा गोली प्रहार गरेको बताइएको छ।

  • माई खोलाले बगाएर एकको मृत्यु

    माई खोलाले बगाउँदा आज झापा गाउँपालिकाका ४५ वर्षीय यादव पोखरेलको मृत्यु भएको छ।

  • हृदयघातबाट बच्न मुटुका यस्ता उपचार हुन्छन् नेपालमा

    हृदयघातबाट बच्न मुटुका यस्ता उपचार हुन्छन् नेपालमा

    नब्बे प्रतिशतभन्दा बढी अवरोध छ भने, व्यायाम गर्दा, हिंड्दा वा भर्‍याङ चढ्दा नै छाती भारी हुने र वा स्वाँ–स्वाँ हुने हुन्छ। एकछिन आराम गर्नासाथै सामान्य हुन्छ। त्यो अबरोध बढेमा आराम गरेको बेलापनि छाती भारी वा स्वाँ– स्वाँ हुन्छ।

Hyundai

लोकप्रिय

apex

सूचनापाटी

vianetwlink