भारतीय अवरोधका कारण नारायणीमा तटबन्ध आयोजना अलपत्र

SAMSUNG
  • Get News Alerts

baleno
tata

सुस्तामा भारतीय पक्षको अवरोधका कारण निमार्णाधीन नारायणी नदी तटबन्ध आयोजना दुई वर्षदेखि अलपत्र परेको छ ।

भारतीय पक्षले नेपाली भूमि रहेको नारायणी नदीको सिमानामा काम गर्न अवरोध गरिरहेको छ । सरकारको लगानीमा सुस्ता संरक्षणका लागि नारायणी छेउमा करिब एक हजार पाँच सय मिटर तटबन्ध भइसकेको छ । यद्यपि भारतीय पक्षको अवरोधका कारण नेपाली भूमिमा बाँकी करिब ६० देखि ८० मि तटबन्ध गर्ने काम बाँकी छ ।

सुस्ता संरक्षण गर्ने उद्देश्यले सरकारले गरेको तटबन्धको काममा भारतले लगाएको अवरोधप्रति सुस्तावासी निकै आक्रोशित भएका हुन् । नवलपरासी, सुस्तावासीले भारतीय पक्षले नारायणी नदीमा नेपाली भूमिसम्म तटबन्ध गर्न अवरोध गरेकाले नेपाल सरकारलाई भारतसँग सहजीकरण गर्न माग गरेका छन् ।

भारतीय पक्षको अवरोधका कारण नेपाल सिमानासम्म पनि तटबन्ध गर्न नसकिएको जनाउँदै सुस्तावासीले कूटनीतिक पहलबाट सो समस्या समाधान गर्न नेपाल सरकारलाई गुहारेका हुन् ।

जनताको तटबन्ध कार्यक्रमानुसार सरकारले सुस्ता क्षेत्रमा पानी र बाढीको समस्या समाधान गर्न तटबन्ध लगाउन थालेको हो । बाँकी नेपाली भूमिको भागमा भारतीय पक्षले तटबन्ध गर्न नदिएका कारण बाँकी केही भाग तटबन्ध गर्ने कार्य रोकिन गएको छ ।

सुस्ता क्षेत्रमा भारतीय पक्षद्वारा भएको अवरोध तत्काल हटाउन सुस्तावासीले माग गरेका छन् । नेपाली भूमिमा रहेको नारायणी नदीमा तटबन्ध निर्माणको काममा भारत पक्षद्वारा गरिएको अवरोध हटाउन भारतसमक्ष पहल गरिदिन सुस्तावासीले नेपाल सरकारसँग आग्रह गरेका हुन् ।

सुस्तामा हालसम्म करिब जनताको तटबन्ध कार्यक्रमअन्तर्गत करिब  छ करोडको लगानीमा तटबन्ध लगाउने काम भएको छ । चालु आवमा २०७३÷०७४ मा करिब दुई करोडको काम गर्न लागिएको जनताको तटबन्ध चितवन फिल्ड कार्यालयले जनाएको छ ।

सुस्ता क्षेत्रमा भारतीय पक्षले गर्दै आएको अवरोध हटाउन कूटनीतिक पहल भइरहेको सांसद देवकरणप्रसाद कलवारको भनाइ छ । साबिक त्रिवेणी सुस्ता गाविस र हालको त्रिवेणी सुस्ता गाउँपालिकामा पर्ने सुस्ता गाउँमा करिब दुई हजार पाँच नेपाली समुुदायको जनसङ्ख्या छ । रासस

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

थप समाचार

  • फुलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा बाढीपीडितहरुलाई राहत सामाग्री हस्तान्तरण

    फुलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा बाढीपीडितहरुलाई राहत सामाग्री हस्तान्तरण फुलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा सिरहाको इटारी–प्रसाहीमा बाढी पिडितहरुलाई अत्यावाश्यक राहत सामाग्रीहरु हस्तान्तरण गरेको छ। ट्रष्ट्का उपाध्यक्ष एवम् सांसद डा.वीरेन्द्र प्रसाद महतोले पीडितहरुलाई आज एक कार्यक्रमकावीच राहत सामाग्रीहरु हस्तान्त...

  • खोकनामा साइकल जात्रा

    खोकनामा साइकल जात्रा

    भुईँचालोबाट क्षतिग्रस्त काठमाडौं उपत्यकाका तीन वटा सम्पदाको पुनःनिर्माणमा बल पुर्‍याउँदै पर्यटन प्रवद्र्धनमा सघाउ पुर्‍याउन शनिबार काष्ठमण्डपदेखि खोकनासम्म साइक्लिङ गरिएको छ। सेन्टर फर कन्जरभेसन अफ नेचर, कल्चर एण्ड इथ्निसिटी टु प्रोमोट टुरिज्म इन नेपाल (कन्सेप्ट नेपाल) र खोकना पुनःनिर्माण तथा पुनःस्र्थापना समितिले आयोजना गरेको ‘राइड काष्ठमण्डप टु खोकना’मा करिब डेढ सय साइकले सहभागि भए । 

  • रसियाली शहरमा छुरी प्रहारबाट आठ घाइते

    रसियाको दुर्गम उत्तरी सहरमा भएको एक छुरी आक्रमणमा परी कम्तीमा आठ व्यक्ति घाइते भएका छन्। एक व्यक्तिले आठ जना व्यक्तिलाई छुरी प्रहार गरेको बताइएको छ। सो आक्रमणपछि प्रहरीले ती व्यक्तिलाई कारबाहीको क्रममा गोली प्रहार गरेको बताइएको छ।

  • माई खोलाले बगाएर एकको मृत्यु

    माई खोलाले बगाउँदा आज झापा गाउँपालिकाका ४५ वर्षीय यादव पोखरेलको मृत्यु भएको छ।

  • हृदयघातबाट बच्न मुटुका यस्ता उपचार हुन्छन् नेपालमा

    हृदयघातबाट बच्न मुटुका यस्ता उपचार हुन्छन् नेपालमा

    नब्बे प्रतिशतभन्दा बढी अवरोध छ भने, व्यायाम गर्दा, हिंड्दा वा भर्‍याङ चढ्दा नै छाती भारी हुने र वा स्वाँ–स्वाँ हुने हुन्छ। एकछिन आराम गर्नासाथै सामान्य हुन्छ। त्यो अबरोध बढेमा आराम गरेको बेलापनि छाती भारी वा स्वाँ– स्वाँ हुन्छ।

Hyundai

लोकप्रिय

apex

सूचनापाटी

vianetwlink