सल्यानको शारदा नदी धमिलो हुन थालेपछि चिन्ता

  • Get News Alerts

samsung
tata

कालीमाटी गाउँपालिका–१ धुम्का गाउँमा बसोबास गर्ने मानिसहरु शारदा नदीको पानी वर्षात्मा धमिलो हुने भएपछि चिन्तित हुन थालेका छन् ।

वर्षौंदेखि खानेपानीको स्रोतका रुपमा नदीलाई प्रयोग गर्दै आइरहेका २५ घरपरिवार रहेका धुम्का गाउँका बासिन्दाले शारदा नदी किनारमा खाल्डो पारेर जम्मा गरेको पानी पिउनका लागि प्रयोग गरिरहेका छन् ।

वर्षायाममा नदीमा धमिलो पानी आउने र नदी किनारमा सफा पानी नहुने भएकाले समस्या पर्ने गरेको स्थानीयवासी गणेशबहादुर रेउलेले जानकारी दिए। नजिकमा पानीको स्रोत कतै नभएपछि वर्षौंदेखि समस्या भोग्दै आएको रेउलेको भनाइ छ ।

धमिलो र फोहर छ भन्ने थाहा पाउँदा पाउँदै विकल्प नभएपछि बाध्यताले खानेपानीको रुपमा प्रयोग गर्दै आएको स्थानीयवासी मीना रावतले जानकारी दिइन्। “गाग्रीमा पानी ल्याउँदा पानी धमिलो देखिन्छ, यो खाए रोग लाग्छ भन्ने पनि थाहा छ, विकल्प नै नभएपछि के गर्ने” रावतले भनिन्। नदीबाट पानी ल्याएर केही घन्टा राख्ने र बाक्लो हिलो तल बसेपछि प्रयोग गर्ने गरेको उनको भनाइ छ।

खानेपानीको समस्या भएको लामो समय बितिसक्दा पनि कसैको ध्यान नगएको स्थानीयवासी बुद्धिप्रसाद रेउलेले जानकारी दिए। “खानेपानीको समस्या लिएर जिल्लाका सबै सरोकारवाला निकायमा पुगिसक्यौँ तर कतैबाट समस्या हल भएन”, रेउलेले भने। नदीपारि एक घन्टा हिँडेर पानीको मुहान भए पनि पुल नहुँदा नदी तरेर पानी ल्याउन गाह्रो हुने गरेको उनको भनाइ छ । रासस

hundai
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

थप समाचार

  • मेलम्चीवासीबाट राहत संकलन

    तराईका जिल्लामा केही दिनअघि परेको अविरल बर्षापछि आएको बाढीबाट पीडितलाई सहयोग गर्ने उद्देश्यले मेलम्चीवासीले राहत संकलन सुरु गरेका छन् ।  रेडियो मेलम्चीको अगुवाइमा आज मेलम्ची बजारमा स्थानीयवासी, रेडियो मेलम्ची, उद्योग वाणिज्य संघ मेलम्ची, प्रगती ...

  • बिल गेट्सले दान गरे ४ अर्ब ६ करोड डलर

    बिल गेट्सले दान गरे ४ अर्ब ६ करोड डलर विश्वकै धनी व्यक्ति बिल गेट्सले ४ अर्ब ६ करोड अमेरिकी डलर बराबर सम्पत्ति दान गरेका छन्। गेट्सले आफ्नो कुल सम्पत्तिको ५ प्रतिशत बराबर माइक्रोसफ्टको ६ करोड ४० लाख सेयर दान गरेका हुन्। यसको मूल्य ४ अर्ब ६ करोड अमेरिकी डलर हुन्छ। यही वर्ष जुन ६ मा उनले य...

  • रोैतहटका बाढीपीडित चार दिनदेखि भोकै

    रोैतहटका बाढीपीडित चार दिनदेखि भोकै

    रौतहटको देवाहीगोनाहीका बाढीपीडितले भोकभोकै मर्ने अवस्था आएको बताएका छन्। दोहरटोलका करिब ३ सयभन्दा बढी मानिसले खाना नखाएको ४ दिन भइसकेको छ । करिब दुई सय पीडित देवाहीटोलमा गएर बसेका छन्।

  • डा. केसीको अनशन स्थगित, आइसियू भर्ना

    डा. केसीको अनशन स्थगित, आइसियू भर्ना

    २३ दिनदेखि अनसनरत डा. गोविन्द केसीले आफ्नो ११औँ अनशन स्थगित गरेका छन्। बाढी-पहिरोले देशमा विषम परिस्थिति निम्त्याएका बेला आफूले अनशन स्थगित गर्नु उचित देखेको बताउँदै डा. केसीले २३ दिनदेखिको अनशन अन्त्य गरेका हुन्। डा. केसीलाई अनशन स्थगित गरेलगत्तै उपचारका लागि आइसियू भर्ना गरिएको छ।

  • केसी अनसन सुखद निष्कर्षतिर

    केसी अनसन सुखद निष्कर्षतिर

    अहिलेको प्रस्तावअनुसार मंगलबार दिउँसो बस्ने मन्त्रिपरिषद बैठकले माथेमा कार्यदलको प्रतिवेदनका आधारमा विधेयक संशोधन गरी पारित गर्ने निर्णय गर्नेछ। त्यही बैठकले मुख्यसचिवको नेतृत्वमा अर्थसचिव र शिक्षसचिव रहेको कमिटी बनाउनेछ, जसले मनसायपत्र पाइसकेका र किन्न आवश्यक देखिएका मेडिकल कलेज खरिद गर्न प्रक्रिया अघि बढाउनेछ। यसले सम्बन्धित कलेजहरूको सम्पत्ति मूल्यांकन गरी नेगोसियसन सुरु गर्नेछ।

Hyundai

लोकप्रिय

apex

सूचनापाटी

vianetwlink