विषाक्त खानाले म्याग्दीका २ को मृत्यु, २ को पोखरामा उपचार हुँदै

  • Get News Alerts

म्याग्दीमा विषाक्त खानाका कारण २ जनाको ज्यान गएको छ भने २ जना गम्भीर बिरामीको पोखरामा उपचार भइरहेको छ। मृत्यु हुनेमा म्याग्दी पात्लेखर्क घर भई मंगला गाउँपालिका वडा नम्बर ५ मा छिस्बाङस्थित माईत गएकी २० वर्षिया चिना पूर्जा र उनको एक वर्षिय छोरा छन्।

गम्भीर बिरामी पर्नेमा चिनाका श्रीमान अन्दाजी २३ वर्षिय पबहादुर गुरुङ र फूपू भविकला पूर्जा रहेका छन्।

उनीहरुको पोखरास्थित कास्की सेवा अस्पतालमा उपचार भइरहेको छ। उनीहरुको अवस्था पनि नाजुक रहेको अस्पतालले जानकारी दिएको छ। शुक्रबार बिहानको खाना खाएपछि उनीहरु बिरामी भएका हुन्। भेण्टा र सिमीको तरकारीसँग ढिँडो र भात खाएका उनीहरु केही समयमै वान्ता गर्दै बेहोस् भएको र स्थानीयले थाहा पाएर म्याग्दीको दरबाङ अस्पताल पुर्‍याएका थिए ।

त्यहाँ लगेलगत्तै चिकित्सकले बेनी लैजान सुझाएपछि उनीहरु बेनी अस्पताल पुगे। बेनी अस्पतालका चिकित्सकले चिनालाई मृत घोषणा गर्‍यो भने अन्यलाई केही समयको उपचारपछि पोखरा रिफर गरेको बिरामीका आफन्त दिनेश पूर्जाले जानकारी दिए।

छोराको पोखराको गण्डकी मेडिकल कलेजमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कास्कीले जनाएको छ।

गण्डकी मेडिकल कलेज लगिएको एक वर्षिय वालकलाई भने अस्पतालले राति नै उपचारको क्रममा मृत घोषणा गरेको आफन्त दिनेशले बताए। बेहोस् रहेका उनीहरुको अवस्था ७२ घण्टासम्म केही भन्न नसकिने उपचारमा संलग्न चिकित्सक डा.सरोज पोखरेलले बताए। घटना भएको छेस्बाङ म्याग्दीको बेनीबाट गाडीमा २ घण्टाको दुरीमा रहेको छ।

चिकित्सकले विषादीयुक्त खानाका कारण नै मृत्यु र विरामी भएको बताएका छन् । चिकित्सक डा.सरोज पोखरेलले जानेर होस् वा नजानेर विषादी प्रयोग भएको खाना खाएको र त्यसको असरले ज्यानसमेत गएको बताए ।

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

लोकप्रिय

सूचनापाटी