संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय मधेश एकता पार्टीबीच एकीकरण

SAMSUNG
  • Get News Alerts

baleno
tata

संघीय समाजवादी फोरम नेपाल र राष्ट्रिय मधेश एकता पार्टीबीच एकीकरण भएको छ । पहिचान, अधिकार र संघीयताको सवालमा फोरम नेपाल पहिलो पार्टी भएको भन्दै राष्ट्रिय मधेश एकता पार्टी पहिचानको मुद्दामा मिसिएको छ।

शुक्रबार विराटनगरमा आयोजित पार्टी एकीकरण कार्यक्रममा संघीय समाजवादी फोरमको केन्द्रीय उपाध्यक्ष युवराज कार्कीले पहिचानको आवाजलाई अझ बुलन्द बनाउन बाबुराम कार्की अध्यक्ष रहेको एउटा सिङ्गै नयाँ पार्टीलाई स्वागत गरेर फोरम नेपालमा भित्र्याएका छन् ।

फोरम नेपाल र राष्ट्रिय मधेश एकता पार्टीको नीति, सिद्यान्त एउटै भएकोले सँगै एउटै झन्डामुनि उभिएर संघर्ष गर्न पार्टी एकता गरेको नवप्रवेशी पार्टीका अध्यक्ष बाबुराम कार्कीले प्रतिक्रिया दिए ।

पार्टी एकीकरण समारोहलाई सम्बोधन गर्दै फोरम नेपालका केन्द्रीय उपाध्यक्ष युवराज कार्कीले एमाले अध्यक्ष केपी ओली पूर्व राजा ज्ञानेन्द्रसँग मिलेर गणतन्त्र सिध्याउने खेलमा लागेको आरोप लगाएका छन् ।

देखाउनलाई बाहिर लोकतान्त्रिक देखिने एमाले जस्ता केही छद्मभेषी दलले गणतन्त्र सिध्याउन निर्वाचन हुनै नदिने षड्यन्त्र रचेपछि संघीय समाजवादी फोरम नेपालले चुनावलाई पनि संघर्षकै रुपमा लिएर निर्वाचनमा गएको स्पष्ट गरे ।

पहिचानवादीको आन्दोलनको कारण प्रचण्ड सरकारले संविधान संशोधन गर्न लाग्दा एमाले अध्यक्ष केपी ओली र ज्ञानेन्द्र मिलेर राप्रपाको १० जना सांसद बेपत्ता बनाएको उनले आरोप लगाए ।

‘ज्ञानेन्द्र एक्लै लाग्दा उनलाई जनताले झुण्ड्याउन सक्थे’– ओली र ज्ञानेन्द्रप्रति खरो विरोधमा उत्रिएका उपाध्यक्ष कार्कीले भने, ‘ओलीसमेत गणतन्त्र मास्ने खेलमा लागेपछि हामी निर्वाचनमा जान बाध्य भएका हौं ।’ ओलीको गद्दारीले गर्दा संविधान संशोधन हुन नसकेको उनको आरोप छ ।

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

थप समाचार

  • अब व्यक्तिगत घरायसी लिखित कागज पनि अभिलेखालयमा राखिने

    राष्ट्रिय अभिलेखालयले राष्ट्रिय महत्वका व्यक्तिगत वा संघ संस्थाका घरायसी लिखत कागज पनि संकलन गर्ने तयारी थालेको छ ।  अभिलेखालयका प्रमुख सौभाग्य प्रधानाङ्गले पुराना घरायसी लिखित कागजातले राष्ट्रिय महत्व दर्शाउने भएकाले त्यस्ता कागजलाई संकलन गरी ...

  • सम्पादक वञ्जरालाई व्यावसायिक पत्रकारिता पुरस्कार प्रदान

    पोखरा बस व्यवसायी समितिले प्रत्येक वर्ष प्रदान गर्दै आएको सडक यातायात व्यावसायिक पत्रकारिता पुरस्कार २०७४ बाट सराङकोट साप्ताहिक पत्रिकाका प्रकाशक सम्पादक यदुनाथ वञ्जरालाई सम्मान गरिएको छ । पोखरा बस व्यवसायी समितिको २५ औँं वार्षिक साधारणसभामा पोखरा ले...

  • २७ तोला सुन लुट्न बुढानिलकण्ठमा वृद्धाको हत्या

    २७ तोला सुन लुट्न बुढानिलकण्ठमा वृद्धाको हत्या

    गत साउन १२ गते काठमाडौं बुढानिलकण्ठमा ५५ वर्षीया पार्वती ढकालको हत्या भयो । घरमा ढकालमात्र भएको अवस्थामा दिउँसै उनीमाथि आक्रमण भयो।  साँझ घर पुगेका आफन्तले ढकालको शव देखे । टाउकोमा ह्याम्बरले हानेको अवस्थामा शव थियो ।

  • फर्कियो भारत पुगेको एक सिंगे गैडा

    फर्कियो भारत पुगेको एक सिंगे गैडा

    अविरल वर्षासँगै आएको बाढीमा बग्दै भारतको बगाहा पुगेको दुर्लभ वन्यजन्तु गैंडा शुक्रबार बिहान चितवन निकुञ्ज ल्याइएको छ। मंगलबार निकुञ्जका अधिकारीहरु गैंडा लिन बगाहा गएका थिए। नवलपरासीको त्रिवेणीदेखि लगभग ४२ किलोमिटर दक्षिण पूर्वमा रहेको बगाहाबाट बिहीबार साँझ ६ बजे ट्रकमा राखेर ल्याइएको गैंडा आज बिहान साढे पाँच बजे सौराहा आइपुगेको हो।

  • भवन निर्माणका लागि रामपुर नगरपालिकाले भाडामा पायो १९ रोपनी जग्गा

    रामपुर नगरपालिका पाल्पालाई १९ रोपनी जग्गा प्राप्त भएको छ ।  मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले रामपुर नगरपालिकाको नाममा भाडामा जग्गा प्राप्ति गर्ने निर्णय गरेपछि सो जग्गा प्राप्त भएको नगरपालिकाका कार्यकारी अधिकृत सुरथ पोखरेलले जानकारी दिए । सा...

Hyundai

लोकप्रिय

apex

सूचनापाटी

vianetwlink