जुवा खेल्नेलाई घरबाट ल्याउनेदेखि पुर्‍याउनेसम्म सुविधा

SAMSUNG
  • Get News Alerts

baleno
सिआइबीद्वारा जुवा अखडामा छापा , ८ युवतीसहित २४ जना पक्राउ
tata

ललितपुरको सानेपा खरिवोट नजिकै एउटा रातो रंगको ३ तले घर छ । झम्खिखेलबाट जादाँ टेकुतर्फ नगई कुपनडोलतर्फ मोडिदाँ चोकमै सो घर देखिन्छ। सो घरको अगाडि प्रहरीको विटसमेत छ। शुक्रबार साँझ साढे ७ बजेतिर सो घरलाई शादा पोशाक प्रहरीले घेरा हाल्छन्। प्रहरीको एउटा टोली सो घरसँगै जोडिएको अर्को घरको छतहुदैँ भित्र पस्छन्।

प्रहरीकै अर्को टोली सोही घरको तल्लो तल्लामा रहेको खाजाघरबाट मास्थिर उक्लिन्छन्। प्रहरीको टोली भित्र पुग्दा दोस्रो र तेस्रो तल्लामा जुवा खेलिरहेका मानिसहरु थिए।  मानिसहरुको वीचमा युवती बसेर जुवाँ खेलाइरहेकी थिइन्। एसपी मिरा चौधरीले आफूहरु सिआइबीबाट आएको बताएपछि उनीहरु हच्किन्छन्।

प्रहरीको अर्को टोली तेस्रो तल्लामा पुग्छ। त्यहाँ पनि युवती बीचमा बसेर जुवा खेलाइरहेकी थिइन्। करिअर डिप्लोमेन्ट नामक कार्यालय खोलेर रमेश अग्रवालले त्यहाँ जुवा खेलाएका थिए।  अग्रवाल भने त्यहाँ थिएनन्। प्रहरीले जुवा खेलाउने कपिल नागपाल र तारा शर्मा रिजालसहित २४ जनालाई पक्राउ गरेको छ।

एसपी चौधरीका अनुसार वीरगंज घर भएका अग्रवालको सोल्टी होटलमा रहेको माजोङ क्यासिनोमा समेत क्यासिनो खेल्न जान्छन्। सिसिटिभी र सुरक्षासहित अग्रवालले सो स्थानमा करिव ३ महिनादेखि जुवा खेलाउँदै आएको एसपी चौधरीले बताइन।

सिआइबीको टोलीले उनीहरुको साथबाट ६ लाख रुपैयाँ, १ सय ८६ अमेरिकी डलर र ८ हजार ३ सय ८१ वटा क्वाइन बरामद गरेको छ। पक्राउ पर्नेमा ८ जना युवती पनि छन्। दोस्रो र तेस्रो तल्ला मासिक ७० हजार भाडा लिएर अग्रवालले सो घरमा जुवा खेलाउने गरेका थिए।

अग्रवालले ७ जना कर्मचारी र युवती नै राखेर सो स्थानमा जुवा खेलाउँदै आएका थिए। क्यासिनोमा काम गर्ने युवतीहरुलाई अग्रवालले त्यहाँ ल्याएर राख्ने गरेका थिए।  अग्रवालले जुवा खेल्नेहरुलाई लिन र पुर्याउनसमेत गाडीको सुविधा दिएका थिए। सो जुवा खालमा म्यारिज २ सय प्वाइन्ट र फरासँ ५ सय प्वाइन्टमा खेल्ने गरेको पक्राउ परेकाहरुले बताएका छन्।

एक दिनमा जुवा खेलाउदाँ ५० हजारदेखि १ लाखसम्म नाफा हुने गरेको उनले बताए।  सिसिटिभी राखेर उच्च सर्तकताका साथ जुवा खेलाएको लामो समयछि प्रहरीले सो घरमा छापा मारेको हो। एसपी चौधरीले छापा मारिएको जुवा अखडा क्यासिनोभन्दा कम्तिको नभएको बताइन।

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

थप समाचार

  • अब व्यक्तिगत घरायसी लिखित कागज पनि अभिलेखालयमा राखिने

    राष्ट्रिय अभिलेखालयले राष्ट्रिय महत्वका व्यक्तिगत वा संघ संस्थाका घरायसी लिखत कागज पनि संकलन गर्ने तयारी थालेको छ ।  अभिलेखालयका प्रमुख सौभाग्य प्रधानाङ्गले पुराना घरायसी लिखित कागजातले राष्ट्रिय महत्व दर्शाउने भएकाले त्यस्ता कागजलाई संकलन गरी ...

  • सम्पादक वञ्जरालाई व्यावसायिक पत्रकारिता पुरस्कार प्रदान

    पोखरा बस व्यवसायी समितिले प्रत्येक वर्ष प्रदान गर्दै आएको सडक यातायात व्यावसायिक पत्रकारिता पुरस्कार २०७४ बाट सराङकोट साप्ताहिक पत्रिकाका प्रकाशक सम्पादक यदुनाथ वञ्जरालाई सम्मान गरिएको छ । पोखरा बस व्यवसायी समितिको २५ औँं वार्षिक साधारणसभामा पोखरा ले...

  • २७ तोला सुन लुट्न बुढानिलकण्ठमा वृद्धाको हत्या

    २७ तोला सुन लुट्न बुढानिलकण्ठमा वृद्धाको हत्या

    गत साउन १२ गते काठमाडौं बुढानिलकण्ठमा ५५ वर्षीया पार्वती ढकालको हत्या भयो । घरमा ढकालमात्र भएको अवस्थामा दिउँसै उनीमाथि आक्रमण भयो।  साँझ घर पुगेका आफन्तले ढकालको शव देखे । टाउकोमा ह्याम्बरले हानेको अवस्थामा शव थियो ।

  • फर्कियो भारत पुगेको एक सिंगे गैडा

    फर्कियो भारत पुगेको एक सिंगे गैडा

    अविरल वर्षासँगै आएको बाढीमा बग्दै भारतको बगाहा पुगेको दुर्लभ वन्यजन्तु गैंडा शुक्रबार बिहान चितवन निकुञ्ज ल्याइएको छ। मंगलबार निकुञ्जका अधिकारीहरु गैंडा लिन बगाहा गएका थिए। नवलपरासीको त्रिवेणीदेखि लगभग ४२ किलोमिटर दक्षिण पूर्वमा रहेको बगाहाबाट बिहीबार साँझ ६ बजे ट्रकमा राखेर ल्याइएको गैंडा आज बिहान साढे पाँच बजे सौराहा आइपुगेको हो।

  • भवन निर्माणका लागि रामपुर नगरपालिकाले भाडामा पायो १९ रोपनी जग्गा

    रामपुर नगरपालिका पाल्पालाई १९ रोपनी जग्गा प्राप्त भएको छ ।  मन्त्रिपरिषद्को बुधबार बसेको बैठकले रामपुर नगरपालिकाको नाममा भाडामा जग्गा प्राप्ति गर्ने निर्णय गरेपछि सो जग्गा प्राप्त भएको नगरपालिकाका कार्यकारी अधिकृत सुरथ पोखरेलले जानकारी दिए । सा...

Hyundai

लोकप्रिय

apex

सूचनापाटी

vianetwlink