अपहरणको नाटक गर्दै छोरा र श्रीमान्सँग फिरौती माग्दा....

  • Get News Alerts

samsung
tata

जन्म दिने आमाले आफू अपहरणमा परेको नाटक गर्दै ३० लाख रुपैयाँ फिरौती माग्लिन् भन्ने कुनै छोराले कल्पनासम्म गरेको हुँदैन तर, झापामा भइदियो यस्तै। आफू अपहरणमा परेको नाटक गर्दै छोरा र श्रीमान्सँग त्यति ठूलो फिरौती रकम माग्ने झापा बिर्तामोड नगरपालिका–५ निवासी बबिता बस्नेत र हाँडीखोला–७ मकवानपुर (हाल मनोहरी गाउँपालिका–४) निवासी विष्णुबहादुर गोतामेलाई प्रहरीले बिहीबार पक्राउ गरेसँगै आमाले छोरासँग फिरौती रकम मागेको रहस्य बाहिर आएको हो।

गत जेठ ११ गते बबिता र विष्णु ११ बजे बबिताको घरबाट हिँडेका थिए। उनीहरुले विराटनगर पुगेर बबिताका दाजु कुलमणि बस्नेतलाई आफू अपहरणमा परेको भन्दै १० लाख फिरौती रकम मागेका थिए। साँझ ५ बजेर ३ मिनेट जाँदा बबिताले प्रयोग गर्ने मोबाइलबाट दाजु कुलमणि बस्नेतलाई “तेरी बहिनी मेरो कब्जामा छ, सकुशल चाहन्छस् भने १० लाख रुपैयाँ भनेको ठाउँमा ल्याइदे, नत्र बहिनी र तँ अनि तेरा छोराछोरीलाई खतरा हुन्छ” भन्दै फोन गरेको रेकर्ड प्रहरीले फेला पारेको छ। लगत्तै सोही मोबाइलबाट उनलाई सोही प्रकृतिको सन्देश पठाइएको इलाका प्रहरी कार्यालय, अनारमनीका प्रहरी नायब उपरीक्षक केशवकुमार थेवेले बताए। 

विराटनगरबाट बबिताका दाइ कुलमणिलाई फिरौतीको रकम मागेपछि भेडेटार गएर उनका श्रीमान् र छोरालाई फोन र एसएमएस गर्दै फिरौती रकम बढाएर ३० लाख पुर्‍याएको प्रहरीले जनाएको छ। “रकम दिने भए दे, नत्र तेरी श्रीमतीको लास कोसीको किनारमा भेटाउँछस्” भन्दै बबिताका श्रीमान्लाई गोतामेले बबिताकै नम्बर प्रयोग गरेर एसएमएस गरेको अनुसन्धानका क्रममा खुलेको इप्रका, अनारमनीका प्रहरी नायब उपरीक्षक थेवेले बताए। 

उनले भने– “११ गते बबिता बेपत्ता भएको भन्दै उनका श्रीमान् मेघराज चौहान र छोरा इप्रकामा आएपछि प्रहरीले अनुसन्धान अघि बढाएको थियो। बबिताको फेसबुक आइडीबाट छोरा, श्रीमान् र दाजुलाई आफू अपहरणमा परेको र आफ्नो हालत यस्तो भएको भन्दै अडियोसहितको भिडियो म्यासेज पठाएर अपहरणमा परेको नाटक गरिएको प्रहरी नायब उपरीक्षक थेवेले बताए। प्रहरी नायब उपरीक्षक थेवेका अनुसार उनका श्रीमान्ले १० लाखमात्र दिने भनेपछि पैसाको समेत फोटो खिचेर पठाउन बबिता र गोतामेले फेसबुकमार्फत नै सूचना पठाएको प्रहरीले जनाएको छ।

प्रहरी नायब उपरीक्षक थेवेले भने – “प्रहरी र उनका श्रीमान्ले नगद १० लाख रुपैयाँ बबिता सुत्ने खाटमा राखेर तस्बिर खिचेर म्यासेज बक्समा पठाएपछि उनीहरुले थप पाँच लाख रुपैयाँ मागे। सो रकमसमेत हामीले बन्दोबस्त गरेर फोटो पठाइदिएपछि पैसा लिने चाँजोपाँजो उनीहरुले मिलाए। पैसा लिन आउने गोतामेका भाञ्जा रहेछन्, अनुसन्धानका क्रममा भाञ्जाबाट उनीहरुको मोबाइल नम्बर पत्ता लगाएर उनीहरुलाई सर्लाहीको युनाइटेड होटलबाट पक्राउ गरेका हौँ।”

गोतामे र बबिता भागेर कसैले थाहा नपाओस् भनी फिरौती रकम माग्दै स्थान परिवर्तन गर्दै बसे। प्रहरी नायब उपरीक्षक थेवेका अनुसार भागेको दिन विराटनगरबाट भेडेटार, १२ गते धरान चतारा हुँदै झुम्का, १३ गते वीरगन्ज, १४ गते सर्लाही, १५ र १६ गते पुनः वीरगन्जमा बसेका थिए। “जेठ १७ गते सर्लाहीको लालबन्दीको होटलमा रहेका बेला उनीहरुलाई हामीले पक्राउ गर्न सफल भयौँ” – थेवेले भने। बबिताका १८ वर्षका छोरा रहेको बताइएको छ।

उता गोतामेका श्रीमतीसहित दुई छोरी र एक छोरा छन्। गोतामे र बबिताले सहमतिमा भागेर विवाह गर्ने निर्णय गरेको र जेठी श्रीमतीलाई मिलाउन आफूले यो नाटक गरेको पक्राउ परेका गोतामेले प्रहरीसमक्ष स्वीकारेको बताइएको छ। पक्राउ परेका गोतामे वैदेशिक रोजगार कम्पनी चलाउने व्यवसायी भएको बताइन्छ। उनले भारतको सिलगढीमा बबितासँग मिलेर कार्यालय खोल्न लागेको समेत बताइएको छ।

अपहरणमा परेको नाटक गर्दै फिरौती रकम माग्ने बस्नेत र गोतामेलाई प्रहरीले थप अनुसन्धानका लागि इप्रका, अनारमनीमा राखेको प्रहरी निरीक्षक ज्ञानबहादुर विष्टले बताए। रासस

hundai
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

थप समाचार

  • मेलम्चीवासीबाट राहत संकलन

    तराईका जिल्लामा केही दिनअघि परेको अविरल बर्षापछि आएको बाढीबाट पीडितलाई सहयोग गर्ने उद्देश्यले मेलम्चीवासीले राहत संकलन सुरु गरेका छन् ।  रेडियो मेलम्चीको अगुवाइमा आज मेलम्ची बजारमा स्थानीयवासी, रेडियो मेलम्ची, उद्योग वाणिज्य संघ मेलम्ची, प्रगती ...

  • बिल गेट्सले दान गरे ४ अर्ब ६ करोड डलर

    बिल गेट्सले दान गरे ४ अर्ब ६ करोड डलर विश्वकै धनी व्यक्ति बिल गेट्सले ४ अर्ब ६ करोड अमेरिकी डलर बराबर सम्पत्ति दान गरेका छन्। गेट्सले आफ्नो कुल सम्पत्तिको ५ प्रतिशत बराबर माइक्रोसफ्टको ६ करोड ४० लाख सेयर दान गरेका हुन्। यसको मूल्य ४ अर्ब ६ करोड अमेरिकी डलर हुन्छ। यही वर्ष जुन ६ मा उनले य...

  • रोैतहटका बाढीपीडित चार दिनदेखि भोकै

    रोैतहटका बाढीपीडित चार दिनदेखि भोकै

    रौतहटको देवाहीगोनाहीका बाढीपीडितले भोकभोकै मर्ने अवस्था आएको बताएका छन्। दोहरटोलका करिब ३ सयभन्दा बढी मानिसले खाना नखाएको ४ दिन भइसकेको छ । करिब दुई सय पीडित देवाहीटोलमा गएर बसेका छन्।

  • डा. केसीको अनशन स्थगित, आइसियू भर्ना

    डा. केसीको अनशन स्थगित, आइसियू भर्ना

    २३ दिनदेखि अनसनरत डा. गोविन्द केसीले आफ्नो ११औँ अनशन स्थगित गरेका छन्। बाढी-पहिरोले देशमा विषम परिस्थिति निम्त्याएका बेला आफूले अनशन स्थगित गर्नु उचित देखेको बताउँदै डा. केसीले २३ दिनदेखिको अनशन अन्त्य गरेका हुन्। डा. केसीलाई अनशन स्थगित गरेलगत्तै उपचारका लागि आइसियू भर्ना गरिएको छ।

  • केसी अनसन सुखद निष्कर्षतिर

    केसी अनसन सुखद निष्कर्षतिर

    अहिलेको प्रस्तावअनुसार मंगलबार दिउँसो बस्ने मन्त्रिपरिषद बैठकले माथेमा कार्यदलको प्रतिवेदनका आधारमा विधेयक संशोधन गरी पारित गर्ने निर्णय गर्नेछ। त्यही बैठकले मुख्यसचिवको नेतृत्वमा अर्थसचिव र शिक्षसचिव रहेको कमिटी बनाउनेछ, जसले मनसायपत्र पाइसकेका र किन्न आवश्यक देखिएका मेडिकल कलेज खरिद गर्न प्रक्रिया अघि बढाउनेछ। यसले सम्बन्धित कलेजहरूको सम्पत्ति मूल्यांकन गरी नेगोसियसन सुरु गर्नेछ।

Hyundai

लोकप्रिय

apex

सूचनापाटी

vianetwlink