तेह्रथुमका दश हजार विद्यार्थीलाई छात्रवृत्ति

  • Get News Alerts

जिल्ला शिक्षा कार्यालय तेह्रथुमले १० हजार ३१७ विद्यार्थीलाई छात्रवृत्ति वितरण गरेको छ ।

जिल्लाका सामुदायिक विद्यालयमा अध्ययनरत दलित, अपाङ्ग, सीमान्तकृत, छात्रा छात्रवृत्ति र जेहेन्दार छात्रवृत्ति वितरण वितरण गरिएको जिल्ला शिक्षा अधिकारी कृष्णप्रसाद पोखरेलले जानकारी दिए।

“विद्यार्थीको शैक्षिक गतिविधिमा सुधार ल्याउन छात्रवृत्ति वितरण गरिएको हो,” उनले भने। जिल्लाभरका विद्यालयले जेठ १४ गतेदेखि १६ जेठसम्म अभियानकै रुपमा छात्रवृत्ति वितरण गरेका छन् । यस वर्ष कार्यालयले ४९ लाख तीन हजार रुपैयाँ छात्रवृत्ति स्वरुप वितरण गरेको पोखरेलले बताए। 

शिक्षा कार्यालयले दलित छात्रवृत्ति आधारभूत तहलाई चार सय, मावि तहका विद्यार्थीलाई पाँच सय, आधारभूत तह छात्रा सबैलाई चार सय र अपाङ्ग विद्यार्थीलाई एक हजार रुपैयाँका दरले दिने गरेको छ । सीमान्तकृत छात्रवृत्ति आधारभूत तहमा चार सय, माध्यमिक तहमा एक हजार ७०० र माध्यमिक शिक्षा छात्रवृत्ति एक हजार ७०० रुपैयाँका दरले वितरण गर्ने गरेको छ ।

यस वर्ष दलित छात्रवृत्तितर्फ आधारभूत तहमा २४ जना, माध्यमिक तहतर्फ २७३, छात्रा छात्रवृत्तितर्फ आधारभूत तहका सात हजार १८०, सीमान्तकृत छात्रवृत्ति आधारभूत तहतर्फ ४५, माध्यमिक तहका सात, माध्यमिक शिक्षा जेहन्दार विद्यार्थीतर्फ ६२१ तथा अपाङ्ग छात्रवृत्तितर्फ १५१ जनालाई वितरण गरिएको कार्यालयले जनाएको छ ।

सीमान्तकृत छात्रवृत्ति सबै ५२ जना माझी समुदायका विद्यार्थीलाई वितरण गरिएको छ । जिल्लामा हाल ४६ वटा माध्यमिक विद्यालय र १८३ वटा आधारभूत विद्यालय रहेका छन् । रासस

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

लोकप्रिय

सूचनापाटी