संसारमा किन यति धेरै सौन्दर्य छ?

  • Get News Alerts

केही समयअघि अमेरिकाको स्ट्यान्फोर्ड विश्वविद्यालयका एक भौतिकशास्त्रीले सोधेको प्रश्नले मलाई आश्चर्यमा पार्यो। उनको प्रश्न थियो- ‘संसारमा किन यति धेरै सौन्दर्य छ?’

भौतिकशास्त्री मनु प्रकाशले यस्तो प्रश्न सोध्दा संसार यति विघ्न सुन्दर छ भन्ने मलाई लागेकै थिएन। भुरा बन्ने प्रक्रियामा रहेका तारे माछाका लार्भाहरु तैरँदा समुद्रमा देखिएको सौन्दर्यले उनलाई मोहित पारेको थियो।

यही उद्धृत गर्दै मनु प्रकाशले जटिल ढंगले प्रश्न तेर्स्याएका थिए- 'संसारमा किन यति धेरै सौन्दर्य छ?'

अमेरिकाको यल विश्वविद्यालयका चराविद् तथा जीव वैज्ञानिक रिचर्ड ओ. प्रुमले उक्त प्रश्नको आंशिक जवाफ आफ्नो पुस्तकमा दिएका छन्, जसको शीर्षक छ- सुन्दरताको विकास: डार्बिनको जोडी छनौटसम्बन्धी बिर्सिएको सिद्धान्तले जनावर र हाम्रो संसारलाई कसरी निर्माण गरेको छ।

पुस्तकले रात्रिकालीन आकाश वा जल सौन्दर्यको रहस्य समेटेको छैन। अधिकांश भागमा चराबारे लेखिएको उक्त पुस्तकमा लेखकले छोटकरीमा मनु प्रकाशको प्रश्नलाई उत्तर दिएका छन्- 'पोथी चरीहरुले सौन्दर्य मन पराउँछन्।'

त्यसनिम्ति डा. प्रुमले चार्ल्स डार्बिनको क्रमिक विकासको सिद्धान्त ब्युँताएका मात्र छैनन्, त्यसलाई विस्तारसमेत गरेका छन्।

उनका अनुसार चरीहरु यौन सम्पर्कका लागि सौन्दर्यबोधका आधारमा आफ्ना जोडी छान्छन्। पन्छी संसारमा प्राय पोथीले भाले जोडी छान्छन्। सुन्दर भाले उनीहरुको रोजाइ हुने गर्छ। सुन्दरताप्रतिको त्यस्तो लगावलाई डा. प्रुमले को-इभोल्भड’ आकर्षण भनेका छन्। पन्छीमा हुने त्यस प्रकारको सौन्दर्य चाहनाले क्रमिक विकासको बाटो बदलिदिन्छ।

चराहरुले आफ्ना जोडी रोज्छन् भन्नेमा सबै जीवशास्त्री सहमत छन्। यस विषयमा मूलधारको बुझाइ भनेको पोथीले स्वस्थ र राम्रो जिन भएको उत्तम भाले छान्छन् भन्ने हो। भालेका विभिन्न रुप तथा ढाँचाले उनीहरुको तन्दुरुस्ती प्रतिविम्बित गर्ने उनीहरुको मान्यता हो। यसको अर्थ पोथीहरुको भाले रोज्न निश्चित मापदण्ड वा वस्तुगत आधार प्रयोग गर्छ।

डा. प्रुम त्यसमा सहमत छैनन्। डार्बिन र उनको विचारमा पोथीको त्यस्तो रोजाइमा सुन्दरताको भूमिका हुन्छ, जसको मूल्यांकन र आकर्षण आत्मगत हुन्छ। पोथीले भाले रोज्दा सौन्दर्य आकर्षणका आधारमा गर्छन्। प्रुमका अनुसार आफूलाई मनपर्ने यौनसाथी रोज्ने चाहना मानिसमा मात्र हुँदैन, यो पन्छीहरुको संसारमा पनि पाइन्छ।

छान्ने स्वतन्त्रता जन्तुका निम्ति महत्वपूर्ण हुन्छ,’ डा. प्रुमले उनको न्यू हेभन कार्यालय नजिकैको एक पन्छी निरीक्षण भ्रमणका क्रममा भने, ‘हामी वैज्ञानिकहरु पन्छीको त्यस्तो चाहनालाई बेवास्ता गर्ने गरेका छौं। उनीहरुको त्यस्तो आकर्षणलाई बुझ्ने र व्याख्या गर्ने प्रयास गरेका छैनौं। त्यही कुरा मेरो पुस्तकमा छ।’ 

पुस्तक विशुद्ध विज्ञानका विषयदेखि विभिन्न तर्क र अनौठा अन्दाजले भरिएको छ। आफ्ना सहकर्मीहरु पुस्तकमा भनिएका सबै विचारसँग सहमत हुन्छन् भन्ने पनि डा. प्रुमले अपेक्षा गर्दैनन्। कसैले उनीसँग बौद्धिक तर्क गरे भने त्यसको जवाफ दिन उनी इच्छुक छन्।

अमेरिकाको यल विश्वविद्यालयका चराविद् तथा जीव वैज्ञानिक रिचर्ड ओ. प्रुम।


मसँग कोही पूर्ण रुपले सहमत छ कि छैन थाहा छैन,’ मुस्कुराउँदै डा. प्रुम भन्छन, ‘मेरा आफ्नै विद्यार्थीहरु समेत मेरा तर्क नजिक आएका छैनन् l’

उनको कुरा बुझ्न डार्बिनको मूल सिद्धान्तलाई हेरौं। डार्बिनले प्राकृतिक छनौटका आधारमा जीवको क्रमिक विकास हुने सिद्धान्त अघि सारेका थिए, जसअनुसार सबैभन्दा सशक्त र प्रकृतिमा आफूलाई सामञ्जस्य गराउन सक्ने जीव बाँच्छन् र कमजोरहरु लोप हुँदै जान्छन्।

उक्त सिद्धान्तअनुसार लामो समय बाँच्ने जीवले बढी सन्तान जन्माउँछन् र आफ्ना गुण नयाँ पुस्तामा हस्तान्तरण गर्छन्। अर्थात्, कमजोर मृगको तुलनामा छिटो कुद्ने मृग बढी बाँच्छन् र उनीहरुका बढी सन्तान हुन्छन्। त्यसभन्दा पनि छिटो कुद्ने मृगका अझ धेरै सन्तान हुन्छन्। चाँडो कुद्न नसक्ने मृग मर्छन्। अन्तत: अत्यन्त चाँडो कुद्नु मृगको गुण हुन जान्छ।

तरउक्त तर्कमा समस्या देखिन्छ। लामो समय बाँच्नु र स्वस्थ्य रहनुले मात्र कुनै जन्तुले कतिपटक यौन सम्पर्क गर्छ वा सन्तान जन्माउँछ भनी निर्धारण नगर्ने केहीको तर्क छ। त्यसका लागि कुनै पनि जन्तुलाई उसको विपरित लिंगीले यौन सम्पर्कका लागि छनौट पनि गर्नुपर्छ। पन्छीको संसारमा त्यस्तो छनौट गर्ने काम पोथीले गर्छे।

पोथीको सौन्दर्य चेत र छनौटले रंगीबिरंगीनर्तक र रुपवान भाले चरा उत्पादन हुन्छ। उदाहरणका लागि, पोथीले लामो पुच्छर भएको भाले रोजेमा उसका सन्तानका पनि लामो पुच्छर हुन्छ। यसअनुसार सबैभन्दा लामा पुच्छर हुनेको सबैभन्दा धेरै सन्तान हुने भए।लामो समय पछि उक्त जीव लामो पुच्छर भएको जीवले चिनिन्छ।

आधारभूत प्रश्न भनेको पोथीले भालेमा के खोज्छे भन्ने हो,’ टोरोन्टो विश्वविद्यालयकी जीव वैज्ञानिक मेडिआने आन्ड्रेडा भन्छिन्, ‘कुनै चराको लामो पुच्छर छ भने त्यसले पोथीलाई केही कुरा भनिरहेको हुन्छ। छोटो पुच्छर बोकेर बाँच्ने चराभन्दा लामो पुच्छर बोकेर बाँच्ने चरा पोथीका लागि बढी आकर्षक हुन्छ।

यसको अर्थ लामो पुच्छर भएका चरा बढी बाँच्छन् र पोथीका लागि आकर्षक पनि हुन्छन् भन्ने होइन।

उदाहरणका लागि फिन्च’ चराले आफ्नो सेता अन्डा ढाक्न सेतो प्वाँख प्रयोग गर्छन्। एक परीक्षणमा फिन्च चराका पोथीले सेतो प्वाँख टाउकोमा अड्किएका भालेलाई रोजे। त्यो सौन्दर्यका आधारमा गरिएको रोजाइ थियो।

डार्बन आफैंले पनि यौनसाथी छनौट भनेको प्राकृतिक छनौटभन्दा फरक कुरा हो भन्ने मत अघि सारेका थिए। त्यसको कारण भनेको प्राकृतिक संसारमा यौनसाथी छनौट गर्ने कुरा पोथीमा बढी निर्भर हुनु हो। उक्त रोजाइको आधार भनेको उनीहरुलाई लागेको सुन्दरता होचाँडो दौडन सक्ने गुण वा शारीरिक शक्ति वा त्यस्तै वस्तुगत कारण मात्र होइन।

पोथीलाई अत्यन्त धेरै महत्व दिइएको डार्बिनको उक्त सिद्धान्तलाई त्यस समयका वैज्ञानिकले मन पराएनन्। डार्बिनलाई समर्थन गर्ने कतिपय जीव वैज्ञानिकले समेत उक्त सिद्धान्तको आलोचना गरे।

क्रमिक विकास सिद्धान्त सुरु भएदेखि नै जन्तुहरुले कसरी यौनसाथी रोज्छन् भन्ने अनुसन्धान हुँदै आएको हो। सन् १९८० को दशकमा डा. प्रुम मिचेगन विश्वविद्यालयमा विद्यार्थी हुँदा यौनसाथी छनौटको विषयमा मूलधारे सोचमा निकै ठूलो परिवर्तन आयो।

रंगीविरंगी प्वाँख वा पुच्छरजस्ता कुराले चराहरु शारीरिक रुपले कति तन्दुरुस्त र पोथीका लागि कति आकर्षक हुन्छन् भन्ने प्रस्ट बनाउँछ भन्ने तर्क बलियो भयो।

सबैभन्दा बढी रुपरंगी भाले जिन र शारीरिक रुपमा सबैभन्दा उत्तम भाले हुन् भन्ने कुरा आयो,’ अउबर्न विश्वविद्यालयका प्राध्यापक जेफ्री हिल भन्छन्, ‘अनेष्ट सिग्नालिंग’ भनिने उक्त सिद्धान्तले सुन्दरताको पुरानो सिद्धान्तलाई लगभग जित्यो।

त्यस समय डा. हिल र डा. प्रुम मिचेगन विश्वविद्यालयमा सहपाठी थिए। सुरुका दिनमा अनेष्ट सिग्नालिंग’ लाई पत्याएका डा. हिलले आफ्नो धारणा पुनर्विचार गरेका छन्। ‘अनेस्ट सिग्नालिंगका आधारमा तपाईंले मयुरको प्वाँखलाई व्याख्या गर्न सक्नुहुन्न,’ उनको भनाइ छ।

डा. प्रुमले आफ्नो पुस्तकमा सौन्दर्यको सिद्धान्तलाई तन्काएको र केही बहकिएको डा. हिलको धारणा छ।

डा. प्रुम भने आफ्नो विचारप्रति दृढ र उत्साही छन्। यसअघि पनि उनी विज्ञानका क्षेत्रमा सीमान्तकृत मानिएका तर्कका पक्षमा उभिएका थिए र तर्क जितेका थिए।

उनले पुस्तकमा धेरै चाखलाग्दा कुरा प्रस्तुत गरेका छन्। उदाहरणका लागि, मानिसका पुर्खामा समलैंगिक आकर्षण हुनुको कारण यौनका लागि पुरुषको दबाब महिलाले नकार्नु हो भन्ने उनको तर्क छ।

जीवजन्तुका रुपरंग वा गुणहरु शारीरिक तन्दुरुस्ती वा जीवन सहज बनाउन बनेका हुन्छन् र आवश्यकताअनुसार परिवर्तनशील हुन्छन् भन्ने विज्ञानको मूलधारे तर्कसँग पनि उनी असहमत छन्।

उदाहरणका लागि, कुनै माछा नीलो रंगको छ भने त्यसको निश्चित कारण हुनुपर्छ भन्ने मूलधारे वैज्ञानिकले तर्क गर्छन्। उक्त रंगले माछालाई शिकारी जन्तुबाट बच्न वा शिकार गर्न सहयोग गरेको हुनसक्छ। त्यस्ता गुण वस्तुस्थितिअनुसार परिवर्तन हुँदै जान्छन् भन्ने सोचाइ बलियो छ।

डा. प्रुम भने यसमा सहमत छैनन्। उनको विचारमा जीवजन्तुमा निश्चित गुण छन् जसको काम सौन्दर्य पनि हो। जीवजन्तुमा सुन्दर कुरा रोज्ने चाहना हुन्छ।

भौतिकशास्त्री मनु प्रकाशले संसारमा किन सौन्दर्य छ भन्ने प्रश्न सोधेका थिए। त्यसको आंशिक जवाफ डा. प्रुमले पन्छीहरु किन सुन्दर हुन्छन् भन्ने प्रश्नको जवाफबाट दिएका छन्।

पन्छीहरु सुन्दर हुन्छन्, किनकि पन्छीहरु सुन्दरताका पारखी हुन्छन्,’ उनको जवाफ छ।

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

लोकप्रिय

सूचनापाटी