महोत्तरीमा एन्टिरेबिज सुईको अभाव

SAMSUNG
  • Get News Alerts

baleno
tata

महोत्तरी जिल्लामा केही दिनदेखि ह्वात्तै बढेको गर्मी संगै जिल्ला अस्पताल जलेश्वरमा अहिले दैनिक १० जनासम्म कुकुरले टोकेका बिरामी आउन थालेका छन् ।

जिल्ला अस्पताल जलेश्वरमा कुकुरले टोकेको बिरामीलाई लगाउने एन्टिरेबिज सुईको अभाव भएको महोत्तरी जिल्ला अस्पताल जलेश्वरले जनाएको छ । यसअघि कहिलेकाहीँ एक/दुईजना बिरामी मात्र आउने जिल्ला अस्पतालमा गर्मी बढेसँगै अहिले दैनिक आठ/दशजना कुकुरले टोकेका बिरामी आउन थालेको चिकित्सक साकेश कर्णले बताए। 

उनले अहिले बढ्दो गर्मीसँगै कुकुरको मानसिक अवस्था बिग्रने गरेकाले गर्मीको मौसममा कुकुरको सम्पर्कमा जानेलाई कुकुरले बढी टोक्ने गरेका कारण अहिले जिल्ला अस्पतालमा कुकुरले टोकेका बिरामीको चाप ह्वात्तै बढेको बताए। 

तीन नगरपालिका र १२ गाउँपालिका रहेको महोत्तरीका विभिन्न गाउँठाउँबाट कुकुरले टोकेका बिरामी आउनाका साथै जलेश्वर अस्पतालमा भारतीय बिरामीसमेत उपचारका लागि आउने गरेको चिकित्सक कर्णले बताए। तर विगत एक सातादेखि कुकुरले टोकेका बिरामीलाई लगाउने एन्टिरेबिज सुईको अभाव भएको चिकित्सक कर्णले बताए। 

कुकुरले टोकेको प्रत्येक बिरामीलाई रोगबाट बच्नका लागि प्रोफालेक्सिस नामक एन्टिरेबिज भ्याक्सिन दिइने गरिएको छ भने घाउको प्रकृति हेरी एकजनालाई तीनदेखि पाँच भाइल (डोज)सम्म भ्याक्सिन दिनु परेको जिल्ला अस्पताल जलेश्वरले जनाएको छ ।

कुकुरले टोकेका बिरामीलाई अस्पताल बाहिरबाटै सुई किनेर लगाउनुपरेको छ भने जिल्ला अस्पतालले सम्बन्धित निकायमा एन्टिरेबिजको माग गरिसकेको र दुई/चार दिनमा पुनः एन्टिरेबिज सुई उपलब्ध भइसक्ने चिकित्सक बताउँछन् । रासस

hundai
national
nic
mahindra
nic asia

प्रतिकृया दिनुहोस

थप समाचार

  • फुलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा बाढीपीडितहरुलाई राहत सामाग्री हस्तान्तरण

    फुलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा बाढीपीडितहरुलाई राहत सामाग्री हस्तान्तरण फुलकुमारी महतो मेमोरियल ट्रष्टद्वारा सिरहाको इटारी–प्रसाहीमा बाढी पिडितहरुलाई अत्यावाश्यक राहत सामाग्रीहरु हस्तान्तरण गरेको छ। ट्रष्ट्का उपाध्यक्ष एवम् सांसद डा.वीरेन्द्र प्रसाद महतोले पीडितहरुलाई आज एक कार्यक्रमकावीच राहत सामाग्रीहरु हस्तान्त...

  • खोकनामा साइकल जात्रा

    खोकनामा साइकल जात्रा

    भुईँचालोबाट क्षतिग्रस्त काठमाडौं उपत्यकाका तीन वटा सम्पदाको पुनःनिर्माणमा बल पुर्‍याउँदै पर्यटन प्रवद्र्धनमा सघाउ पुर्‍याउन शनिबार काष्ठमण्डपदेखि खोकनासम्म साइक्लिङ गरिएको छ। सेन्टर फर कन्जरभेसन अफ नेचर, कल्चर एण्ड इथ्निसिटी टु प्रोमोट टुरिज्म इन नेपाल (कन्सेप्ट नेपाल) र खोकना पुनःनिर्माण तथा पुनःस्र्थापना समितिले आयोजना गरेको ‘राइड काष्ठमण्डप टु खोकना’मा करिब डेढ सय साइकले सहभागि भए । 

  • रसियाली शहरमा छुरी प्रहारबाट आठ घाइते

    रसियाको दुर्गम उत्तरी सहरमा भएको एक छुरी आक्रमणमा परी कम्तीमा आठ व्यक्ति घाइते भएका छन्। एक व्यक्तिले आठ जना व्यक्तिलाई छुरी प्रहार गरेको बताइएको छ। सो आक्रमणपछि प्रहरीले ती व्यक्तिलाई कारबाहीको क्रममा गोली प्रहार गरेको बताइएको छ।

  • माई खोलाले बगाएर एकको मृत्यु

    माई खोलाले बगाउँदा आज झापा गाउँपालिकाका ४५ वर्षीय यादव पोखरेलको मृत्यु भएको छ।

  • हृदयघातबाट बच्न मुटुका यस्ता उपचार हुन्छन् नेपालमा

    हृदयघातबाट बच्न मुटुका यस्ता उपचार हुन्छन् नेपालमा

    नब्बे प्रतिशतभन्दा बढी अवरोध छ भने, व्यायाम गर्दा, हिंड्दा वा भर्‍याङ चढ्दा नै छाती भारी हुने र वा स्वाँ–स्वाँ हुने हुन्छ। एकछिन आराम गर्नासाथै सामान्य हुन्छ। त्यो अबरोध बढेमा आराम गरेको बेलापनि छाती भारी वा स्वाँ– स्वाँ हुन्छ।

Hyundai

लोकप्रिय

apex

सूचनापाटी

vianetwlink