आमाले गरिन् छोरीलाई गर्भाशय दान

  • Get News Alerts

भारतमा पहिलो पटक गर्भाशय प्रत्यारोपण

भारतमा पछिलो पटक चिकित्षकहरुले गर्भासयको सफल प्रत्यारोपण गरेका छन्। पुनाको ग्यालेक्सी केयर अस्पतालमा बिहिवार उक्त प्रत्यारोपणमा गरिएको थियो। अत्यन्त जटिल मानिने उक्त प्रत्यारोपणका लागि ४४ वर्षीय आमाले २१ वर्षीय छोरीलाई गर्भाशय दान गरेकी थिइन्।

‘अहिले उहाँहरु दुबैको स्वास्थ्य सामान्य छ। अपरेशन र प्रत्यारोपण गर्न साढे ९ घण्टा समय लाग्यो,’ अस्पतालका निर्देशक सैलेश पुटम्बेकरले सञ्चार मध्यमहरुलाई बताए।

जन्मदादेखि नै छोरीमा पाठेघर नभएका कारण चिन्तित आमाले आफ्नी छोरीले पनि बच्चा जन्माउनुको अनुभूति प्राप्त गरून् भनेर पाठेघर दान दिएको संचार माध्यमहरुले बताएका छन्।

‘प्रत्यारोपणको प्रक्रिया जटिल हुन्छ किनकि त्यहाँ धेरै धमनी मात्र होइन साना तथा छोटा नशाहरू पनि जोड्नु पर्नेहुन्छ,’ डा. पुटम्बेकरले भने संचार माध्यमलाई भने , ‘प्राविधिक रुपमा यो निकै गाह्रो काम हो।’  

पाठेघर प्रत्यारोपण गरेका महिलाले ‘आइभीएफ’ प्रविधि मार्फत बच्चा जन्माउन सक्छन्। तर प्रत्यारोपण गरेको गर्भाशय नयाँ शरीरमा घुलमिल हुन् एक वर्षसम्म लाग्छ। त्यसपछि गर्भाधारण प्रक्रिया शुरु हुन्छ।

प्रत्यारोपण गरिएको गर्भबाट आजसम्म ६ जना मात्र बच्चा जन्मिएका छन्। ६ मध्ये २ जना एकै आमाबाट जन्मिएका हुन्।

स्वीडेनमा पहिलो पटक सन् २०१४ मा गर्भासय प्रत्यारोपण गरिएको थियो।

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

लोकप्रिय

सूचनापाटी