हतियारसहित पक्राउ परेका कांग्रेस नेताको छोरालाई मुद्दा चलाउँदा धादिङका एसपी हेडक्वाटर तानिए

  • Get News Alerts

पक्राउ परेका कांग्रेस नेताका छोरालाई छोड्न नमानेपछि गृह मन्त्री विमलेन्द्र निधिको निर्देशनमा प्रहरी प्रधान कार्यालयले धादिङ जिल्लाको प्रहरी प्रमुख एसपी शरद खत्रीलाई हेडक्वाटर बोलाएको छ।

गत वैशाख २९ गते प्रहरीले खनियाँबास गाउँपालिकाको अध्यक्षका उमेद्वार रणवहादुर तामाङको छोरा युललाई नछाडेकाे भन्दै खत्रीलाई हेडक्वाटर बोलाएको हाे ।

उनलाई प्रहरीले  पेस्तोलसहित पक्राउ गरेको थियो।

'वैशाख ३० गते नै गृहमन्त्री निधिले युललाई छाड्न प्रहरी प्रहरी प्रधान कार्यालयलाई निर्देशन दिएका थिए,' हेडक्वाटरका एक उच्च प्रहरी अधिकारीले भने, 'तर छाड्न नमानेपछि एसपी खत्रीलाई गृहमन्त्रीकै ठाडो आदेशमा बोलाइएको हो।'

तामाङको साथबाट ३ राउण्ड गोली पनि बरामद भएको थियो। तामाङमाथि प्रहरीले हातहतियार तथा खरखजाना मुद्दा चलाएको थियो। प्रहरीले मुद्दा चलाएपनि तामाङलाई प्रक्रिया पुर्याएर छाड्न गृहमन्त्रीले धादिङका कार्यमुकायम सिडियो उमेश ढकाललाई निर्देशन दिएका छन्। सोधपुछका लागि एसपी खत्रीलाई हेडक्वाटर बोलाएको प्रहरी प्रवक्ता सर्वेन्द्र खनालले बताए।

यसअघि गृहमन्त्री निधिले आफू अनुकुल काम नगरेको भन्दै वीरगंजका तत्कालिन एसपी राजुबाबु श्रेष्ठ, सिराहा एसपी श्याम ज्ञवालीलाई पनि गृह मन्त्रालय झिकाएर सोधपुछ गरेका थिए। पछि चौतर्फी आलोचना भएपछि उनीहरुलाई जिल्ला पठाइएको थियो।

 

 

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

लोकप्रिय

सूचनापाटी