विद्युत प्राधिकरणका बुटवल प्रमुख निवासमै घाइते अवस्थामा फेला

  • Get News Alerts

नेपाल विद्युत प्राधिकरण बुटवल राजमार्ग चौराह ग्रिड कार्यालयका प्रमुख नारायण कुमार प्रसाई गम्भीर घाईते अवस्थामा आफ्नै निवासमा फेला परेका छन् । कार्यालयसँगै रहेको निवासमा घाँटीमा निलडाम र खुट्टामा गम्भीर चोट लागेको अवस्थामा भेटिएका प्रसाईको अहिले मणिग्रामस्थित क्रिमसन अस्पतालमा उपचार भईरहेको छ ।

करिब २ वर्षदेखि बुटवल ग्रिड कार्यालयका प्रमुखको रुपमा रहेका प्रसाई बहान कार्यालयको कामले फिल्डमा गएर फर्किएपछि साढे ११ बजे घाईते अवस्थामा आफ्नै निवासमा फेला परेका हुन् ।

प्रहरीले घटनाको बारेमा प्रसाईको निवास र विद्युत कार्यालयमा अनुसन्धान शुरु गरेको छ। ईलाका प्रहरी कार्यालय बुटवलका प्रमुख प्रहरी नायब उपरीक्षक मुकुन्द मरासिनीले घाईते बेहोस र गम्भिर अवस्थामा रहेकोले उनीसँग  थप सोधपुछ भन्दा पनि अन्य कर्मचारीसँग सोधपुछ र घटनास्थलको अनुसन्धान शुरू गरिएको जानकारी दिए ।

घटनास्थलमा कोठाभित्र सिलिङमा केबल तार टाँगिएको, शिशाको टेबल फुटेको र फ्रिज सधै रहने स्थानभन्दा केही पर सारिएको अवस्थामा फेला परेको मरासिनीले सेतोपाटीलाई जानकारी दिए ।

मरासिनीले घाईतेको खुट्टामा लागेको चोट कोठामै फुटेको अवस्थामा रहेको शिशाले काटेको हुनसक्ने भन्दै घटना कसरी भयो भन्ने अनुसन्धान भईरहेको बताए ।

साँझ बिहान खाना पकाउने एक जना सहयोगी रहे पनि निवासमा एक्लै बस्दै आएका प्रसाई बिहीबार साँझमात्र परिवारसँग भेट गरी काठमाडौंबाट बुटवल फर्किएको चालक बाबुराम ज्ञवालीले जानकारी दिए ।

‘बिहीबार साँझ मात्र भैरहवा विमानस्थलबाट कोठामा लगी छोडेको थिएँ,’ उनले भने,‘मलाई सरले फोन गरी बोलाएपछि जाँदा घाईते अवस्थामा भेटिनु भएको थियो।

उनले आफूलाई बिहान साढे ११ बजे तिर प्रसाईले फोन गरी कार्यालयको अगाडिको गेटबाट नभई पछाडिको गेटबाट आउन भनेको र निवासमा पुग्दा भुईभरी रगतै रगत भएको अवस्थामा फेला पारेको बताए।

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

लोकप्रिय

सूचनापाटी