दुर्गममा चिकित्सक, उपकरण नहुँदा काममा समस्या

  • Get News Alerts

सरकारले देशका सबै प्राथमिक स्वास्थ्य केन्द्रमा कम्तीमा दुई चिकित्सक पठाइसकेको जनाएको छ । हाल देशभरका १९८ स्वास्थ्य केन्द्रमा स्थायी, अस्थायी र छात्रवृत्तिका चिकित्सक पठाइसकेको मन्त्रालयले जानकारी दिएको छ ।

स्वास्थ्य मन्त्रालयका कर्मचारी प्रशासनका शाखा अधिकृत प्रेमलाल दुवाले धेरै स्वास्थ्य केन्द्रमा चिकित्सक गइसकेको बताए। उनले भने, “चालु आवमा मन्त्रालयले मेडिकल अफिसर आठौँ तहमा २०२ र १७९ अस्थायी चिकित्सक नियुक्त गरी स्वास्थ्य केन्द्रमा पठाइसकेको छ । तर अस्थायी चिकित्सक माग गरे जति आउँदैनन् । विशेषज्ञ चिकित्सक नौ तहमा हामीले १५९ जना मागेका थियौँ, १२८ निवेदन प¥यो । त्यसमा पनि अहिलेसम्म ४० जनाले मात्र पत्र बुझी जिल्ला गएका छन् ।”

मन्त्रालयले दुर्गमका सबै स्वास्थ्य संस्थामा चिकित्सक पु¥याउने लक्ष्यअनुसार विशेषज्ञ चिकित्सक स्थायी ११औँ तह ३३, नौ तहमा ८७ र डेन्टल सर्जन आठौँ तह पाँचजना नियुक्त गरेको छ । हरेक स्वास्थ्य केन्दमा आठौँ तहका चिकित्सक र क्षेत्रीय, अञ्चल र जिल्ला भने आठौँ सोभन्दा माथिका चिकित्सक रहने व्यवस्था सरकारले गरेको छ । सरकारले एउटा स्वास्थ्य केन्द्रमा दुई चिकित्सक पठाउने लक्ष्य राखेको छ ।

छात्रवृत्तिमा पढेका चिकित्सक पनि पठाएको छ । तर अस्थायी दरबन्दीमा माग गरेअनुसार चिकित्सक आउँदैनन् । शाखा अधिकृत दुवाका अनुसार अस्थायीको अवधि एक आव मात्र हुन्छ । त्यसपछि पुनः काम खोज्न समस्या हुने भएकाले धेरै चिकित्सक भएको काम छोडर छोटो समयका लागि अस्थायीमा काम गर्न मान्दैनन् ।

स्वास्थ्यमन्त्री गगनकुमार थापाको सबै स्वास्थ्यमा चिकित्सक पु¥याउने, उपकरण र भौतिक पूर्वाधार निर्माण गर्ने विषयमा विशेष ध्यान दिएको भनाइ छ । मुगु जिल्ला अस्पतालमा स्थायी नियुक्त लिएर पुग्नुभएका डा जितेन्द्र कँडेल दुर्गममा आवश्यक स्रोतसाधनको अभाव मुख्य समस्या भएको बताए। उनले भने, “दुर्गममा मुख्य समस्या उपकरणको हो । आएका उपकरण पनि कतिपय प्रयोग नै नभएर स्टोरमा थन्किएको अवस्थामा छ । चाहिने चीजको मतलब नै धेरै परिवर्तन हुन नसकेको हो । दुर्गममा बाटोघाटो, पानी, बिजुली सबैको अभाव छ । दुर्गममा सोचभन्दा दयनीय स्थिति छ ।”

यसै वर्ष नियुक्ति लिएर जिल्ला पुगेका चिकित्सक मुख्यतयाः गर्भवतीका लागि चिकित्सक नहुँदा धेरै समस्या भोग्नु परेको अनुभव सुनाएका छन् । केशरापुर प्राथमिक स्वास्थ्य केन्द्र बैतडीमा गत फागनुमा नियुक्ति लिएर पुगेका डा जीवन कार्कीले स्वास्थ्य संस्थामा बत्ती नभएकाले उपकरण ल्याएर पनि प्रयोगमा ल्याउन गाह्रो हुने बताए। उनले भने, “दुर्गममा चिकित्सक आउन नमान्नुको मुख्य कारण उपकरण, स्रोतसाधन नभएरै हो । स्वास्थ्यसंस्थामा पनि छ वर्षपछि म आएको हुँ । यहाँ बिरामीको उपचार गर्न नसक्ने भए रिफर गर्न साधन छैन । एम्बुलेन्स नहुदाँ अझ धेरै समस्या छ । जसले गर्भवतिलाई धेरै गाह्रो भएको छ ।”

पहिला चिकित्सक बन्नुको उद्देश्य असह्य बिरामीलाई उपचार गर्नु वा समाज सेवा गर्नु भन्ने थियो ।

नेपाल चिकित्सक सङ्घका अध्यक्ष डा मुक्तिराम श्रेष्ठले अहिले समय फेरिएको छ, अब चिकित्सकको उद्देश्य पनि विस्तार भएको छ । पढ्दा लाग्ने खर्चदेखि सोही अनुसारको जीवनयापनलगायत विषयले निःस्वार्थ सेवाभन्दा पनि आर्थिक लाभ पनि यसैसँग जोडिएको उनी बताउँछन्। 

सरकारले हरेक वर्ष दुई सयको हाराहारीमा छात्रवृत्तिका एमबिबिएस चिकित्सक उत्पादन गर्छ भने निजी लगानीमा त करिब दुई हजार जति चिकित्सक उत्पादन हुन्छन् । सल्लाहकार पौडेलले स्वास्थ्य केन्द्रमा उपकरण पु¥याउनका लागि मन्त्रालयले तत्कालका लागि ९६ करोड छुट्याएर उपकरण खरिद प्रक्रिया अगाडि बढाइसकेको जानकारी दिए। 

मन्त्रालयले सबै प्राथमिक स्वास्थ्य केन्द्रमा उपकरण, औषधि र स्वास्थ्यकर्मीको व्यवस्था गर्ने प्रतिबद्वताअनुरुप आगामी चार महिनाभित्र सबै स्वास्थ्य संस्थामा उपकरण पु¥याउन रकम छुट्याएको हो । रासस

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

लोकप्रिय

सूचनापाटी