चितवनमा नयाँ चरा भेटियो

  • Get News Alerts

चितवनको रत्ननगरस्थित कुमाल तालमा नयाँ चरा फेला परेको छ ।

बर्ड एजुकेसन सोसाइटी, चितवनका अनुसार ‘ठूलो धाबके हावा चिल’ (Great White Pelican) नामको नयाँ चरा पहिलोपटक जिल्लामा अभिलेख गरिएको चरा विज्ञ वासु बिँडारीले जानकारी दिए। 

मुख्यगरी यो चराले भारतको गुजरातमा बच्चा कोरल्ने गर्छ । यो बाटो बिराएर आउने आगन्तुक चरा भएको सोसाइटीका अध्यक्ष टेकबहादुर गुरुङले जानकारी दिए। यो चरा नेपालको पूर्वी भाग कोसी क्षेत्रमा १५ वर्षअघि देखिएको थियो । त्यसपछि देखिएको थिएन ।

यो चरा चितवनको कुमाल तालमा आइतराम दराईले पहिलोपटक देखेका थिए । त्यसको पुष्टि गर्न सो क्षेत्रमा जिल्लाका चरा विज्ञहरु टीका गिरी, बासु बिँडारी, टेकबहादुर गुरुङलगायतको टोली बिहीबार सो क्षेत्रमा गएका थिए । उक्त टोलीले ‘ठूलो धाबके हावा चिल’ चितवनका लागि नयाँ भएको पुष्टि गरेको हो ।

जिल्लामा योसहित कुल ६३५ प्रजातिका चरा अभिलेख गरिएको छ । नेपालमा अहिलेसम्म ८८७ प्रजातिका चरा भेटिएका छन् । नेपालमा पाइनेमध्ये अधिकांश चरा चितवनमा पाइन्छन् । त्यसकारण चितवन चरा पर्यटनमा अब्बल छ ।

चितवन राष्ट्रिय निकुञ्जको सिमसार क्षेत्र तथा पहाडी क्षेत्रमा चराको राम्रो वासस्थान रहेको चरा विज्ञ टीका गिरी बताउँछन्। 

पाँच वर्षको अन्तरालमा चितवनमा आधादर्जनभन्दा बढी नयाँ चरा फेला पारिएको जनाइएको छ । यस जिल्लामा साइबेरियालगायत क्षेत्रबाट बसाइँ सरेर र बच्चा कोरल्नका लागि पनि चरा आउँछन् । रासस 

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

लोकप्रिय

सूचनापाटी