अन्तर्राष्ट्रिय चिडियाखानाका लागि सहयोग

  • Get News Alerts

युनाइटेड क्लब पोखराले अन्तर्राष्ट्रिय चिडियाखाना निर्माणका लागि बिहीबार १० लाख ८५ हजार ३२० रुपैयाँ हस्तान्तरण गरेको छ।

पोखरा–लेखनाथ महानगरपालिकाको वडा नं ३१ पचभैयामा निर्माणाधीन चिडियाखाना निर्माण समितिका संयोजक हिमालय बख्रेललाई क्लबका अध्यक्ष शुकबहादुर गुरुङ र नेपाल पत्रकार महासङ्घ, कास्कीका अध्यक्ष दीपेन्द्र श्रेष्ठले संयुक्तरुपमा सो रकम बराबरको चेक हस्तान्तरण गरेका थिए। 

दुई वर्षअघिदेखि निर्माण सुरु भएको सो चिडियाखानाका लागि क्लबले हालसम्म३५ लाख ८५ हजार ३२० रुपैयाँ सहयोग गरिसकेको क्लबका अध्यक्ष गुरुङले जानकारी दिए। 

सो ठाउँको १३४ हेक्टर क्षेत्रफलका तीनवटा सामुदायिक वनलाई समेटेर निर्माण गरिन लागेको सो चिडियाखानामा हाल अजिङ्गर, निलगाई, मृग, जङ्गली बिरालो, हुचिल, चिल, रतुवा मृगलगायत जङ्गली जनावर राखिएको छ ।

क्लबले पोखरा–लेखनाथ महानगरपालिकाको घार्मीमा रहेको महेन्द्र माविमा एक लाख रुपैयाँको अक्षयकोषसमेत स्थापना गरेको छ ।

अक्षयकोषबाट प्राप्त ब्याजवाट आर्थिक अवस्था कमजोर भएका विद्यार्थीलाई छात्रवृत्ति वितरण गरिने कार्यक्रम छ ।

गत वर्षको पुस २९ देखि माघ १० गतेसम्म अमरसिंह उच्च माविको चौरमा सञ्चालित सातौँ पोखरा महोत्सवबाट सङ्कलित रकमबाट ती दुवै ठाउँमा सहयोग गरिएको बताइएको छ । रासस

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

लोकप्रिय

सूचनापाटी