रोजगारी दिने नाममा मानवअङ्ग बेचबिखन

  • Get News Alerts

पछिल्लो समय विभिन्न स्वास्थ्य शिविरमार्फत मानवअङ्ग झिक्नका लागि आधार तयार गर्ने गरेको पाइएको छ ।

आज राजधानीमा जनअधिकार संरक्षण मञ्च नेपालले आयोजना गरेको ‘नेपालमा मिर्गौला बेचबिखन’ विषयक अन्तक्र्रियामा हालका वैदेशिक रोजगारीको आवरणमा हुने बेचबिखन तथा मानवअङ्ग झिक्न गरिने बेचबिखनका नयाँ स्वरुपका रुपमा देखा परेको जानकारी दिइयो ।

प्रहरी उपरीक्षक किरण बज्राचार्यले आपराधिक गिरोहले गाउँघरमा निःशुल्क स्वास्थ्य शिविर सञ्चालन गर्ने, निःशुल्क रक्तपरीक्षण गर्ने बहानामा व्यक्तिको विवरण तयार पारी फेरि अर्को समूहमार्फत मिर्गौला बिक्रीका लागि सहमत गराउने गरेको अनुसन्धानले देखाएको बताए ।

नेपाल प्रहरीमा आव २०७१/७२ मा १८१ मानव बेचबिखनको मुद्दा दर्ता गरिएकामा आव २०७२/७३ मा वृद्धि भई २१८ पुगेको जानकारी दिएको थियो ।

उनले काभ्रेपलाञ्चोक, नुवाकोट, रामेछाप, मकवानपुरलगायत विभिन्न प्रलोभनमा परी बेचबिखनमा परेको जानकारी दिए। 

भूकम्प प्रभावित क्षेत्रका मानिस रोजगारीका लागि बाहिर गएकामा महिला बढी जोखिममा परेको भए पनि सोहीअनुसार प्रहरीमा उजुरी नपरेको बज्राचार्यले बताए। 

नेपालले ११० मुलुकमा श्रमका लागि जान स्वीकृति दिनसक्ने व्यवस्थाका कारण बेचबिखनका गिरोहले नयाँ नयाँ देशका लागि नयाँ बाटोमार्फत लैजाने गरेको पाइएको छ ।

प्रहरीले दर्ता परेका आधारमा अनुसन्धान गरी अदालतमा मुद्दा चलाउने गरेको भए पनि यसका मुख्य एजेन्ट फेला नपर्दा नियन्त्रण गर्न नसकिएको बताइएको छ ।

यस्तो कसुर गरेमा प्रचलित कानुनबाहेक १० वर्ष कैद र २० हजार देखि ५० हजार रुपैयाँसम्म जरिवाना, पीडितलाई कसुरदार भएको जरिमानाको ५० प्रतिशत रकम नकट्ने गरी क्षतिपूर्ति र कसुरदारको आर्थिक अवस्था कमजोर भएको खण्डमा अदालतले राज्यको पुनःस्थापना कोषबाट पीडितलाई क्षतिपूर्ति भराइदिन सक्ने कानुनी प्रावधान रहेको छ ।

जनअधिकार संरक्षण मञ्च नेपालका निर्देशक सतिश शर्माले काभ्रेपलाञ्चोकसहित नौ जिल्लामा गरेको अनुसन्धानअनुसार ३६ जना गाउँलेको मिर्गौला बिक्री भएको बताए। 

‘‘धेरै व्यक्तिले आर्थिक अभाव, दुव्र्यसनी, समुन्नत जीवनको चाहना, ललाइफकाइमा परेर, स्वस्थ रहन एउटै मिर्गौला भए पनि हुन्छ भन्ने मानसिकता, फेरि मिर्गौला पलाउँछ भन्ने भ्रम र घरजग्गा पाउने आशामा धेरैले आफ्नो मिर्गौला बेचेको बताएका थिए’’ – उनले बताए। 

अहिलेसम्म मिर्गौला बेचबिखनका पीडितको यकिन तथ्याङ्क नभए पनि काभ्रेपलाञ्चोकमा मात्रै ३०० भन्दा बढी पीडित रहेको अनुमान छ । सिन्धुपाल्चोक, काठमाडौँ, गोरखालगायतका जिल्लामा पनि पीडित रहेको प्रहरीको भनाइ छ ।

शर्माका अनुसार उनीहरूलाई तीन लाखदेखि पाँच लाखसम्मको लोभ देखाइएको भए पनि ५० हजारदेखि एक लाखसम्म उपलब्ध गराइएको छ ।

लामो समयदेखि मानव बेचबिखनका विषयमा लेखिरहनुभएका पत्रकार दिनेश रेग्मीले मिर्गौला बेचबिखनमा परेका पीडितहरु धेरैले दिने भनिएको रकम पनि नपाउने र उनीलाई स्वास्थ्य, मानसिक, आर्थिक र समाजबाट अवहेलनाको सामना गर्नुपरेको बताए । रासस

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

लोकप्रिय

सूचनापाटी