म्याग्दीका जेष्ठ नागरिकले सामाजिक सुरक्षा भत्ता पाएनन्

  • Get News Alerts

म्याग्दीका वृद्धवृद्धाले चालु आवको दोस्रो चौमासिकको सामाजिक सुरक्षा भत्ता अझै पाउन सकेका छैनन् ।

सरकारले प्रत्येक चार-चार महिनामा वितरण गर्ने सामाजिक सुरक्षा भत्ता निकासा हुन ढिलाइ हुँदा ज्येष्ठ नागरिकले गुनासो गरेका छन् । माघमा वितरण हुनुपर्ने सामाजिक सुरक्षा भत्ता बेनी नगरपालिकाबाहेकको स्थानीय निकायमा निकासा हुन सकेको छैन ।

भत्ता रकम समयमा नपाएका कारण वृद्धवृद्धाले गाउँपालिकाको वडा सचिवसँग हाम्रो भत्ता किन आएन भनेर दिनहुँजसो गुनासो गर्न थालेका छन् । स्थानीय तहको पुनःसंरचना अनुसार जिल्ला समन्वय समिति र गाउँपालिकाको खाता सञ्चालन गर्न ढिलाइ गर्दा लक्षित समुदाय सामाजिक सुरक्षा भत्ता पाउनबाट वञ्चित बनेका हुन् ।

गत माघ १५ गतेभित्र वितरण हुनुपर्ने सामाजिक सुरक्षा भत्ता तत्कालीन जिल्ला विकास समितिको ढिलासुस्तीका कारण अहिलेसम्म पाउन नसकेको ज्येष्ठ नागरिक समाज म्याग्दीका अध्यक्ष नैनकुमार श्रेष्ठले बताए। 

सामाजिक सुरक्षा भत्ता वितरण कार्यलाई अघि बढाउन र आसन्न निर्वाचनमा मतदान केन्द्रलाई ज्येष्ठ नागरिकमैत्री बनाउन समाजले सम्बन्धित निकायसँग माग गरेको छ । अन्नपूर्ण गाउँपालिका–१ दोवाका सचिव कुलप्रसाद आचार्यले पुनःसंरचना र नयाँ खाता सञ्चालनमा भएको ढिलाइले सामाजिक सुरक्षा भत्ता वितरण, विकास योजना र कार्यक्रमको रकम भुक्तानीको काम प्रभावित भएको बताए। 

गाउँमा जाँदा ज्येष्ठ नागरिकले शङ्का र गुनासो गरेको बताए। जिल्ला समन्वय समितिका सामाजिक सुरक्षा भत्तासम्बन्धी फोकल पर्सन राजेन्द्र आचार्यले साविकको गाविस कार्यालयको खातामा सामाजिक सुरक्षा भत्ताको रकम पठाउने तयारी भएको अवस्थामा रघुगङ्गा र धौलागिरि गाउँपालिका नागरिक आन्दोलन सङ्घर्ष समितिबाट तालाबन्दी भएपछि रोकिएको काम खाता परिवर्तनमा ढिलाइ हुँदा प्रभावित बनेको बताए। 

जिल्ला समन्वय समितिको नयाँ संरचनाअनुसारको खाता सञ्चालन भएको र गाउँपालिकाको खाता सञ्चालन भएपछि अबको केही दिनमै रकम पठाइने आचार्यले बताए। दोस्रो चौमासिकको करिब रु सात करोड सामाजिक सुरक्षा भत्ता वितरण हुँदैछ ।

म्याग्दीमा चालु आव २०७३-७४ मा सामाजिक सुरक्षा भत्ता प्राप्त गर्नेको सङ्ख्या २३ हजार ३४४ जना रहेको छ । सरकारले ज्येष्ठ नागरिक, एकल महिला, (क) र (ख) वर्गका अपाङ्ग र दलित बालबालिकालाई सामाजिक सुरक्षा भत्ता वितरण गर्दै आएको छ । रासस

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

लोकप्रिय

सूचनापाटी