फ्लाई दुबईलाई ‘फेरि गल्ती गरे उडान रद्द गर्ने’ चेतावनी

  • Get News Alerts

संयुक्त अरब इमिरेट्स (युएई) को राष्ट्रिय ध्वजावाहक ‘फ्लाई दुबई’ एयरलाइन्सले ‘नेपाली यात्रुमाथि विभेद गरेको’ भन्दै विमानस्थल प्रशासनले पहिलोपटकलाई सचेत गराउने निर्णय गरेको छ। 
 
दोस्रोपटक पनि यस्तो विभेद दोहोरिएको उजुरी प्राप्त भए फ्लाई दुबईको नेपाल उडान नै रद्द गरिने विमानस्थल प्रशासनले जनाएको छ।
 
‘फ्लाई दुबईले नेपाली यात्रुहरूलाई भेदभाव गरेर गल्ती गरेको छ, तर पहिलोपटक भएर हामीले सचेत मात्र गराउने निर्णय गरेका छौं,’ विमानस्थल प्रवक्ता प्रेमनाथ ठाकुरले बुधबार सेतोपाटीसँग भने, ‘त्यसपछि पनि सुधार नगरे र त्यस्तै विभेद वा गल्ती गरेको जानकारी फेरि आए फ्लाई दुबईलाई नेपाल उडान गर्न रोक लगाइनेछ।’
 
सेतोपाटीमा प्रकाशित इटाली नागरिक रिकार्डो बोल्जानले लेखेको ब्लगमा उक्त एयलाइन्सले नेपाली यात्रुमाथि भेदभाव गरेको आरोप लगाइएपछि सरकारले छानबिन थालेको थियो।
 
‘नेपाली नागरिकमाथि फ्लाई दुबईको कत्रो अत्याचार’ शीर्षकमा सेतोपाटीमा प्रकाशित लेखप्रति आफ्नो ध्यानाकर्षण भएको भन्दै मुख्यसचिव सोमलाल सुवेदीले यथाशिघ्र छानबिन गरी दोषीलाई कारबाही गरेर जानकारी दिन संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालयलाई निर्देशन दिएका थिए।
 
चैत १९ गते काठमाडौंमा फ्लाई दुबईको उडान स्थगनपछि विदेशीहरूलाई पाँचतारे होटलमा राखिएको तर नेपाली नागरिकलाई सामान्य होटल र त्यसमाथि एउटै कोठामा पाँच–छ जनालाई राखेर विभेद गरिएको उक्त ब्लगमा भनिएको छ।
 
विमानस्थलले यसबारे सत्यतथ्य पत्ता लगाउन चैत २७ गते हवाई सुरक्षा महाशाखा प्रमुख प्रकाशचन्द्र ढकालको नेतृत्वमा छानबिन समिति गठन गरेको थियो।
 
ढकालले छानबिनपछि तयार पारेको प्रतिवेदनले पनि ‘उडान स्थगित हुँदा फ्लाई दुबईले नेपाली यात्रुलाई सामान्य होटलमा राखेर विदेशी यात्रुलाई पाँचतारे होटलमा राखेको’ पुष्टि गरेको छ। यसबारे एयरलाइन्सको नेपालस्थित प्रतिनिधिसँग बयान लिँदा उनले नियतवश यस्तो गल्ती नभएको प्रस्टीकरण दिएको प्रतिवेदनमा छ।
 
अहिलेलाई पहिलोपटक भएको र एयरलाइन्सले पनि नियतवश त्यसो नगरेको बयान दिएपछि भावी दिनमा यस्तो गल्ती नगर्न सचेत गराइएको विमानस्थल प्रवक्ता ठाकुरले जानकारी दिए।
 
‘समय अबेर भइसकेकाले होटलमा पर्याप्त कोठा भएन,’ एयरलाइन्स प्रतिनिधिको बयान उद्धृत गर्दै उनले भने, ‘विदेशीहरूलाई पनि सामान्य होटलमा राख्दा नेपालको प्रतिष्ठामा नै असर पर्ने भएकाले त्यस्तो गरिएको हो।’
 
छानबिन प्रतिवेदनमा औंल्याइएका कमजोरी सच्याउन पनि विमानस्थलले फ्लाई दुबईलाई निर्देशन दिने ठाकुरले बताए।
 
‘कुनै यात्रुलाई राष्ट्रियताका आधारमै विभेद गरेको अवस्थामा उडान रद्दसम्मको कारबाही गर्न सकिने प्रावधान छ, तर एकपटकको गल्तीमै उडान बन्द गर्दा सकारात्मक सन्देश नजाने भएकाले अहिलेलाई सचेत गराउने र फेरि यस्तै गतिविधि गरे उडान बन्द गर्ने ब्यहोरोसहितको पत्र फ्लाई दुबईलाई पठाइने छ,’ ठाकुरले भने।
 
यद्यपि उक्त छानबिन प्रतिवेदन नागरिक उड्डयन प्राधिकरण हुँदै मन्त्रालयमा जाने र अन्तिम निर्णय पनि मन्त्रालयले नै गर्ने ठाकुरले बताए।

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

लोकप्रिय

सूचनापाटी