प्रहरीले तेस्रो दिन मात्र थाहा पाएको गोलीकाण्ड

  • Get News Alerts

ललितपुरको मानभवनमा आइतबार राति भएको एक गोलीकाण्ड प्रहरीले तेस्रो दिन मंगलबार मात्र थाहा पाएको छ। त्यो पनि गोली लागेका व्यक्तिले पाटन अस्पतालमा उपचार गर्ने क्रममा।

गोली लागेर घाइते भएका सन्तोष खड्का क्रिश्चियन महासंघका सचिवसमेत हुन्। उनको कम्मरमुनि एउटा गोली लागेको छ। उनको पाटन अस्पतालमा उपचार भइरहेको छ।

प्रहरीका अनुसार मोटरसाइकलमा आएका युवाहरूले मानभवनमा गोली चलाएको खड्काले बयान दिएका छन्। उनी त्यतिबेला महासंघको कार्यक्रम सकेर फर्कंदै थिए।

ललितपुरका एसपी अशोक सिंहका अनुसार खड्काले घटनाबारे प्रहरीलाई यथार्थ बताएका छैनन्। ‘गोली लागेपछि तुरुन्तै प्रहरीलाई जानकारी गराउनुपर्थ्यो,’ उनले भने, ‘खड्काले घटना गुपचुप राखेकाले हामीले उनीमाथि पनि अनुसन्धान सुरु गरेका छौं।’

प्रहरीका अनुसार आइतबार गोली लागेका खड्का त्यसै दिन ललितपुरकै ताल्छीखेलमा रहेको गणेशमानसिंह अस्पताल पुगेका थिए। त्यहाँ उपचार गराइरहेका खड्का मंगलबार पाटन अस्पतालमा गोली झिक्न गएका थिए।

यसअघि मंगलबार बिहानै धोबिघाटको एजम्सन चर्चमा आगलागी भएको थियो। आगलागीमा एउटा गाडी र दुइटा मोटरसाइकलमा क्षति पुगेको थियो।

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

लोकप्रिय

सूचनापाटी