बलात्कारको अारोपितलाई उन्मुक्ति दिन प्रहरीका हाकिम र नेताको फोन

  • Get News Alerts

आवश्यक परे नाम सार्वजनिक गर्ने केन्द्रीय बालकल्याण समितिको चेतावनी

फोटो -बिबिसी


२ वर्ष अघि डोटी जेजोमाडौंकी १३ वर्षीया बालिकालाई घर काम लगाउनुको साथै पढाइदिने आश्वासन दिएर नाता पर्ने लोकराज पाण्डेले काठमाडौं ल्याए।  बानेश्वरमा रहेको घरमा आएपछि ती वालिकाले घरमा खाना पकाउनेदेखि, लुगाधुने, सरसफाइ गर्ने सम्पूर्ण काम गर्थिन्।

पाण्डे दम्पत्तिले पढ्नका लागि स्थानीय सरकारी विद्यालयमा भर्नासमेत गरिदिए। कक्षा ७ मा भर्ना गरिदिएका ती बालिका अहिले ९ कक्षामा पढ्छिन्।

तिनै बालिका आफू सुरक्षित नभएको भन्दै बानेश्वरस्थित प्रहरीमा गइन। घर मालिक पाण्डेले आफूलाई १९ महिनादेखि बलात्कार गर्दै आएको भन्दै ती बालिकाले प्रहरीसमक्ष गएर उजुरी हालेकी हुन। प्रहरीले अहिले पाण्डेलाई पक्राउ गरेर थप अनुसन्धान अघि बढाएको छ।

तर प्रहरीमा आफूले पाण्डेविरुद्ध दिएको उजुरी फिर्ता लिन दबाब आएको उनले बताएकी छिन्। पाण्डेका आफन्तले उजुरी फिर्ता लिन केही आर्थिक प्रलोभन देखाएको उनले बताइन। 'मेरा बुबा पनि डोटीबाट काठमाडौं आउनुभएको छ,' उनले भनिन, 'हिजोदेखि त बुबाले पनि उजुरी फिर्ता लिन आग्रह गरेका छन्।" उजुरी फिर्ता लिए केश मिलाइदिने उनीहरुले वचन दिएको कुरा बाबुले आफूलाई भनेको उनले बताइन।'

बालिका बलात्कारको मुद्दा खुकुलो बनाउन प्रहरीलाई राजनीतिक दबाबसमेत आएको केन्द्रीय बालकल्याण समितिले जनाएको छ। 'बलात्कारजस्तो जघन्य अपराधको मुद्दा मिलाउन कतिपय नेता र प्रहरीका माथिल्लो तहका हाकिमहरुले हामीहरुसँग आग्रह गरेका छन्,' समितिका एक पदाधिकारीले भने।

आवश्यक परे उनीहरुकाे नाम सार्वजनिक गर्ने ती पदाधिकारीले चेतावनी दिए। अहिले ती वालिका जिल्ला बालकल्याण समितिको संरक्षणमा छिन्। प्रहरी र पीडकले बालिका अभिभावकको जिम्मा लगाउन समितिलाई भनिरहेको छ।

बाबुसँग जान बालिका पनि राजी नभएको र ती बालिकालाई कानुनी परामर्श दिनुपर्ने भएकाले अहिले नै अभिभावकको जिम्मामा सुम्पिन नहुने केन्द्रीय बालकल्याण समितिका बालअधिकार स्रोत व्यक्ति रवि गौतमले बताए।

 

 

 

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

लोकप्रिय

सूचनापाटी