छाडा पशु चौपायाबाट सास्ती

  • Get News Alerts

 

 

छाडा पशु चौपायाका कारण नेपालगन्ज उपमहानगरपालिका दिनप्रतिदिन कुरुप बन्दै गइरहेको छ। सवारी दुर्घटनामा समेत वृद्धि भएको छ।

नेपालगन्ज उपमहानगरपालिका घोषणा भएको करिब दुई वर्ष वित्नै लागेको छ। नगरका छाडा पशु व्यवस्थित गर्न नसक्दा सडक छेउछाउका व्यापारी, सवारी चालक, पैदल यात्रुमात्रै होइनन् रिक्सा र टाँगा चालकलाई पनि सास्ती व्यहोर्नुपरेको छ।

“छाडा पशु चौपायका कारण पैदल हिँड्न समस्या भएको छ”, नेपालगन्ज–१३ का जानकी थापाले भनिन् – “छाडा पशुका कारण नेपालगन्ज सहरकै सौन्दर्य बिग्रिरहेको छ ।”

पैदल यात्रुलाई मात्रै होइन नेपालगन्ज कोहलपुर सडकखण्डमा सवारी साधन चलाउने चालकलाईसमेत छाडा पशुले सताउने गरेका छन् । “बीचबाटोमै आएर सुत्दिन्छन्, सधैँजसो सवारी दुर्घटनाको खतरा रहन्छ,” कोहलपुर–नेपालगन्ज सडकखण्डमा माइक्रोबस चलाउँदै आएका जनक चौधरीले भने – “न प्रहरीले हटाएको देख्छु, न नगरपालिकाले नै ।”

छाडा पशु चौपायाका कारण सडक छेउमा फलफूल र तरकारी पसल सन्चालन गर्दै आएका व्यापारीले सास्ती झेल्नुपरेको छ । नेपालगन्जमा विगत छ वर्षदेखि ठेलामा तरकारी बेच्दै आउनुभएका लालुदेवी विष्ट छाडा पशुले तरकारी खाइदिँदा दैनिक घाटा व्यहोर्नु परिरहेको बताउँछिन्।

चोक–चोकमा तथा सडक छेउमा व्यापार गर्ने व्यापारी छाडा पशु चौपायाका कारण हैरानी व्यहोर्न बाध्य छन् । “नेपालगन्ज उपमहानगरपालिका भइसकेपछि हामीले थप सुन्दर होला भनेर सोचेका थियौँ”, नेपालगन्ज– १ धम्बोजीका सरिता अधिकारीले भनिन्– “पशुचौपायाका गोबरका कारण सहर दुर्गन्धित हुँदै गइरहेको छ ।”

छाडा पशु चौपायाको व्यवस्थापन गर्नका लागि सरोकारवाला निकायको तर्फबाट कानुन व्यवसायीले नेपालगन्ज उपमहानगरपालिकामा निवेदन दर्तासमेत गराएका छन् । अधिवक्ताहरु गणेशमान केसी, वसन्त गौतम र सुनिता शर्माले संयुक्त रुपमा निवेदन दर्ता गराएका थिए । तर अहिलेसम्म सुनवाई हुन नसकेको अधिवक्ता शर्माले बताइन्। 

छाडा पशु चौपाया छोड्नेलाई कारबाही गर्न नसक्नु र छाडा छोडिएका पशुलाई व्यवस्थित गर्न नसक्नु उपमहानगरपालिकाको गैरजिम्मेवार काम भएको सर्वसाधारणको आरोप छ । तर नेपालगन्ज उपमहानगरपालिकाले भने व्यवस्थापनका लागि सक्दो प्रयास गरिरहेको दाबी गरेको छ । सो उपमहानगरपालिकाका निरीक्षण उपशाखा प्रमुख पवनकुमार कनोजिया नगरमा छाडा पशु चौपाया व्यवस्थापन गर्नका लागि जिल्ला ट्राफिक प्रहरी कार्यालय, जिल्ला प्रहरी कार्यालय र नेपालगन्ज उपमहानगरपालिकाले सहकार्य गर्दैआएको बताउँछन्।

कान्जी हाउसमा राख्न ठाउँ नभएपछि नेपालगन्जदेखि १०० किलोमिटर टाढाको दाङमा पर्ने जङ्गलमा अघिल्लोपटक छवटा ट्रकमा र अहिले दुईवटा ट्रकमा छाडा पशु चौपाया लगेर छाडेको कनोजियाले बताए। “व्यवस्थापन गर्न निकै गाह्रो भएको छ,” उनले भने। रासस

प्रतिकृया दिनुहोस

थप समाचार

  • बत्तीस लाख लुटेर फरार समूह पक्राउ

    महानगरीय प्रहरी अपराध महाशाखाले गत शुक्रबार म्हैपीमा रु ३२ लाख लुटेर भाग्ने समूहलाई पक्राउ गरेको छ । महाशाखाबाट खटिएको टोलीले उपत्यकाका विभिन्न ठाउँबाट छ जनालाई पक्राउ गरेको हो ।

  • कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    कलर्स अफ नेपाल फोटो नेपाल प्रदर्शनी सुरू

    उद्घाटन कार्यक्रममा बोल्दै नेपाल पर्यटन बोर्डका प्रबन्धक जितेन्द्र भट्टराईले बोर्डले नेपालको प्रचार प्रसारमा फोटो र भिडियोहरुको बढी प्रयोग गरिरहेको र यस्ता प्रर्दशनीहरु ती प्रचार प्रसारहरुलाई सघाउने बताए। फोटोपत्रकार दिपेश श्रेष्ठले आफूले फोटो खिच्नलाई गरेको मिहेनत आई हेर्न सबैमा आग्रह गरेका छन्।

  • चीनले बनायो रेलजस्तै बस

    चीनले बनायो रेलजस्तै बस

    ३०० यात्रु बोक्ने क्षमता भएको रेलमा तीनवटा डब्बा छन्। यसको लम्बाई ३० मिटर छ। रेलमा डब्बा थप्न र घटाउन पनि मिल्छ। निर्माताले यो रेल प्रतिघन्टा ७० किलोमिटरको गतिमा गुड्ने जनाएका छन्।

  • काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    काठमाडौं उपत्यकामा थप ३४ करोड लिटर पानी आउने सुनिश्चित: मन्त्री शाही

    खानेपानी तथा सरसफाई मन्त्री जीवनबहादुर शाहीले काठमाडौं उपत्यकामा थप ४३ करोड लिटर पानी ल्याउने सुनिश्चित गरिएको बताएका छन्। आइतबार मन्त्रालयमा केही संचारकर्मीहरुसँग कुरा गर्दै मन्त्री मेलम्चीबाट आउने १७ करोड लिटर पानीले काठमाडौंको माग धान्न नसक्ने भएकाले याङ्ग्री र लार्केबाट पनि थप ३४ करोड लिटर पानी ल्याउने प्रक्रिया अघि बढाईएको जानकारी दिएका छन्।

  • क्रसरको लापरबाहीले मृत्यु भएको आरोप

    उनीहरुले इन्द्रावती नदीबाट जथाभाबी ढुङ्गा निकालेर नदीको बहाव आफू अनुकूल मोडेको जनाउँदै पीडितपरिवारलाई क्षतिपूर्ति दिन माग गरेका छन् । “क्रसरले जथाभाबी ढुङ्गा झिकेर नदीको पानीको बहाव मोडेको कारण यो घटना भएको हो, त्यसैले पीडितले क्षतिपूर्ति पाउनुपर्छ” स्थानीयवासी कृष्ण पराजुलीले भने।

लोकप्रिय

सूचनापाटी